यस्तो थियो २०७४ को नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाम गठबन्धनको चुनावी साझा प्रतिवद्धता पत्र

२०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले गठबन्धन भएको थियो । प्रतक्ष्यतर्फको निर्वाचन प्रणाली र मानुपातिक निर्वाचन प्रणालीतर्फ दुवै पार्टीका आ–आफ्ना पार्टीका उम्मेदवार भएकाले नेकपा (एमाले)का समर्थकहरुले पार्टीको चुनाव चिन्ह सूर्य र नेकपा (माओवादी केन्द्र)का समर्थकहरुले पार्टीको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गरी आ–आफ्ना पार्टीको उम्मेदवारलाई विजयी गराउन हुनसमेत अनुरोध गरेको थिए । पार्टी एकता र स्थायी शान्तिसतिको एजेण्डासहित निर्वाचनमा जादा जनता पनि उत्साहित नै थियो । तर हाल त्यति उत्साह आउन सकेको छैन । २०७४ सालको निर्वाचनमा रोल्पाली बाम गठबन्धनको तर्फबाट अगाडि लिएको निर्वाचनमा प्रतिवद्धता पत्र जस्ताको तस्तै पढ्नुहोस् ।

साझा प्रतिबद्धता–पत्र

शान्ति, समानता र स्वाभिमान !
समृद्ध रोल्पा र सुखी रोल्पाली–हाम्रो अभियान !!
आदरणीय जनसमुदायहरु,
विभिन्न कालखण्डका आन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धीहरुलाई नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालगायतका क्रान्तिका राजनीतिक उपलब्धीहरु संस्थागत गरेको नयाँ संविधान कार्यान्वयनको अन्तिम चरणमा छ । संविधान कार्यान्वयनको अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकसाथ हुँदैछन् । निर्वाचनलाई नेपाली जनताले एउटा महान् उत्सवको रुपमा लिएका छन् । र, आफ्नो रुचाएको उम्मेदवार र पार्टीलाई मतदान गर्न आतुर छन् ।
नेपाली क्रान्तिमा रोल्पा र रोल्पालीले पु¥याएको योगदान उच्च छ । जनयुद्ध लगायतका क्रान्तिमा ज्यान गुमाउनुभएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । बेपत्ता हुनुभएकाहरुको सम्झना गर्दै घाईते हुनुभएकाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौँ । राजनीतिक क्रान्तिमा उच्च योगदान पु¥याउने सबै रोल्पाली दिदी–बहिनी तथा दाजुभाईहरुमा उच्च सम्मानका साथ धन्यवाद ज्ञापन गर्दछौँ ।
हाम्रो एक दशक जनयुद्धमा बित्यो । एक दशक जनयुद्ध लगायतका विभिन्न कालखण्डका राजनीतिक क्रान्तिका उपलब्धीहरु संस्थागत गर्न संविधान निर्माणमा बित्यो । शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा रोल्पामा विकास निर्माणमा धेरै प्रगति भएको छ । तर, अपेक्षित प्रगति हुन सकेका छैन । राजनीतिक नेताहरुको सम्पूर्ण ध्यान क्रान्तिका उपलब्धीहरुलाई संस्थागत गर्न संविधान निर्माणमा केन्द्रित हुँदा विकास निर्माणका काम अपेक्षित रुपमा अगाडि बढ्न नसक्नु स्वभाविक प्रक्रिया हो ।
संविधान जारी भईसकेपछि अबको दशक नियमित विकास होइन, विकास निर्माणमा नयाँ क्रान्ति ल्याएर समृद्धि हाँसिल गर्ने दशक हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि संविधान कार्यान्वयले सुखद पूर्णता त पाउने नै छ, निर्वाचितहरुले नै समृद्ध नेपाल निर्माणको अभिभारा सम्हाल्नेछन् ।
राजनीतिक स्थिरता र स्थिर सरकार, मुलुकका समृद्धिका अनिवार्य शर्त हुन् । आगामी निर्वाचन पश्चात राजनीतिक संक्रमणकालको अन्त्य भई स्थिरता कायम हुनेछ । त्यसपछि आवश्यक पर्ने स्थिर सरकार दिन र समाजवादी शासन व्यवस्था ल्याउनका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)लगायतका वामपन्थी प्रगतिशील शक्तिहरुबीच पार्टी एकताको उद्देश्यसहित चुनावी तालमेल भएको छ । वाम गठबन्धनपछि नेपाली जनतामा नयाँ उत्साह र आशा सञ्चार भएको छ । राष्ट्रियता बलियो हुने, भ्रष्टाचार नियन्त्रण हुने र समृद्धिको मार्गमा मुलुक दु्रत गतिमा अगाडि बढ्ने नेपाली जनताको अपेक्षा छ ।
वाम गठबन्धनले रोल्पाका विकासप्रेमी तथा समानता चाहाने जनतामा उत्साह थपेको हामीले महसुस गरेका छौँ । विकासको नाममा भ्रष्टाचार गर्ने, राजनीतिक स्वतन्त्रताको नाममा विकृति, विसंगति बढाउने, प्रजातन्त्रको नाममा अराजकता मच्चाउने, समृद्धिको नाममा गरिब झन् गरिब र धनी झन् झन् धनी हुने, उदारिकरणको नाममा राष्ट्रिय सम्पत्तिहरुलाई व्यक्तिको बनाउने शक्तिहरु आतंकित हुनु स्वभाविक छ ।
अग्रगमन कि पश्चगमन, विकास कि विनाश, न्याय कि अन्याय, भ्रष्टाचारयुक्त कि भ्रष्टाचारमुक्त समाज, उत्पीडित समुदायलाई अधिकार दिलाउने कि दमन गर्ने ? वामपन्थी गठबन्धन, सधै अग्रगमन, विकास, न्याय, भ्रष्टाचारमुक्त समाज, उत्पीडित समुदायलाई अधिकार सम्पन्न बनाउन अग्रसर छ ।
आदरणीय जनसमुदायहरु,
रोल्पामा समेत नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच गठबन्धन बनेको छ, यो गठबन्धन समृद्ध, गतिशील र स्मार्ट नमूना रोल्पा निर्माणका लागि हो । समृद्ध रोल्पा र सुखी रोल्पालीका लागि हो । समृद्धिको दशकको नेतृत्व गर्नका लागि हो । रोल्पाबाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री क. वर्षमान पुन ‘अनन्त’ र प्रदेशसभा सदस्यमा क्षेत्र नं. १ बाट माओवादीका युवा नेता क. कुलप्रसाद केसी ‘सोनाम’ र प्रदेश नं. २ बाट माओवादी केन्द्रका सचिवालय सदस्य क. दीपेन्द्र पुन ‘सिजल’ साझा उम्मेदवार बन्नुभएको छ । गोलाकारभित्रको हसियाँहथौडा चिन्हमा मतदान गरी वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी बनाउन गठबन्धन सबै मतदाताहरुमा अपिल गर्दछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ दुवै पार्टीका आ–आफ्ना पार्टीका उम्मेदवार भएकाले नेकपा (एमाले)का समर्थकहरुले पार्टीको चुनाव चिन्ह सूर्य र नेकपा (माओवादी केन्द्र)का समर्थकहरुले पार्टीको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गरी आ–आफ्ना पार्टीको उम्मेदवारलाई विजयी गराउन हुनसमेत अनुरोध गर्दछौँ ।

साझा प्रतिबद्धताहरु
१. अबको विकास, सुदृढ सडक–यातायातमा सबैको पहुँच
 जिल्लाकै गौरवको रुपमा रोल्पा रिङरोडको अवधारणा लागू गरिनेछ । जस अन्तर्गत सुलिचौर–उवा–थबाङ–दुईखोली–घर्तीगाउँ–नुवागाउँ–होलेरी–सुर्पाल–घोडागाउँ–खुंग्री–सुलिचौरलाई जोडिनेछ र कालोपत्रे गरिनेछ ।
 बाह्य रिङरोडको रुपमा होलेरी–दहवन–निगालपानी–कोइला–जिनाबाङ–पाखापानी–दलसिंगे–कालापोखरा–पाछाबाङ–स्यानीगाड–राङ्कोट–कुरेली–मिरुल–थबाङ–उवा–सेरम–गाम–स्यूरी–पाङ–सिर्प–तेबाङ–अरेस–खुंग्री–घोडागाउँ–उँघा सुर्पाल–होलेरी ट्रयाक खोलिनेछ ।
 रोल्पाका सबै गाउँपालिकाका केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरिनेछ ।
 घोराही–घर्तीगाउँ–थबाङ सहिद मार्गको स्तरउन्नती गरी कालोपत्रे सम्पन्न गरिनेछ ।
 निर्माणाधीन सुलिचौर–उवा–थबाङ सडक ट्रयाक खोलेर स्तरउन्नती गरी कालोपत्रे सुरु गरिनेछ ।
 लिबाङ–माडीचौर–घर्तीगाउँ–ओत–सुखाओडार–जिनाबाङ हुँदै सल्यान जोड्ने सडक निर्माण, स्तरोन्नती गरी कालोपत्रे सुरु गरिनेछ ।
 लिबाङ–धबाङ–जलजला–मिरुल सडक निर्माणलाई पूर्णता दिइनेछ ।
 सुलिचौर–बडाचौर–गाम–ढोरपाटन सडकको स्तरोन्नती गरी कालोपत्रे गरिनेछ ।
 लिबाङ–माडीचौर–दार्बोट (सहिदमार्ग) सडक कालोपत्रे सम्पन्न गरिनेछ ।
 जुँगार–घर्तीगाउँ–भाबाङ–जलजला सडक नमूना पर्यटन सडकको रुपमा निर्माण गरिनेछ ।
 लोकमनहरी पुर्खे सुनार सडकको स्तरउन्नती गरी कालोपत्रे सुरु गरिनेछ ।
 नुवागाउँ–राईबाङघारी–बाघखोर–निगालपानी सडक स्तरोन्नती गरिनेछ ।
 भिरबाटा–भित्रिखोला–बजिबाङ–हान्जाबाङ–झिनुवा सडक स्तरोन्नती गरिनेछ ।
 माडीचौर–जंकोट–भाबाङ–कुरेली सडक निर्माण गरिनेछ ।
 वनहर–कुदहर–टुटु मिरुल सडक निर्माण सम्पन्न गरिनेछ ।
 खुंग्री÷घोडागाउँ–माडीचौर–लिबाङ सडक ट्र्याक खोलेर कालोपत्रे सुरु गरिनेछ ।
 दाङको दुईखोली हुँदै धौलाबाङ–उँघा–जेदबाङ–लिबाङ सडक निर्माणको काम सम्पन्न गरी स्तरोन्नती गरिनेछ ।
 होलेरी–ग्वार्खोला–तुल्सीपुर सडक निर्माण सम्पन्न गरिनेछ ।
 कपुरकोट–सिमपानी–गाङतिला–राम्मी–ढोडेनी–शिरगातिना–कोझक–धाबाङ–माडीचौर सडकको ट्र्याक खोल्ने काम यथाशिघ्र सम्पन्न गरिनेछ ।
 सहिदमार्ग–प्यूरी–रुन्टी–गोगनपानी–दोमै–माडीचौर–लिबाङ सडक निर्माण गरिनेछ ।
 सुखाओडार–ओईलाम–राँक–तालाबाङ–भाबाङ–माथला–माडीचौर–लिबाङ सडक स्तरोन्नती गरिनेछ ।
 मिझिङ–रुईनीबाङ–बडाचौर–गुम्चाल–हार्जङ–स्यूरी–गाम–ढोरपाटन सडक निर्माण सम्पन्न गरिनेछ ।
 सुलिचौर–धुलेओडार–सिर्प–पाङ सडकको स्तरोन्नती गरिनेछ ।
 सुलिचौर जुटुङ खोला मैरामारे प्यूठान सडक स्तरोन्नती गरिनेछ ।
 सुलिचौर–अरेस प्यूठान सडक स्तरोन्नती गरिनेछ ।
 त्रिवेणी–चविघाट सडक स्तरोन्नती गरिनेछ ।
 कपुरकोट–बुढागाउँ–जुँगार–गैरीगाउँ तिला सडक खण्ड कालोपत्रे गरिनेछ ।
 सदरमुकाम र स्थानीय तहका केन्द्रबाट प्रत्येक वडाका कार्यालय जोड्ने सडकको स्तरोन्नती गरी बाह्रै महिना यातायात सञ्चालन गरिनेछ ।
 जिल्लाभरका सबै सडकहरुको स्तरोन्नती गरी बाह्रै महिना यातायात सञ्चालन गरिनेछ ।
 सुनील मार्गलाई स्तरोन्नती गरी कालोपत्रे गरिनेछ ।
 लिबाङ–घर्तीगाउँ–पाछाबाङ–रुकुम सदरमुकाम सडक निर्माण सम्पन्न गरी कालोपत्रे सुरु गरिनेछ ।
 थबाङ–मागेखर्क–घोराबाङ–जन्तरे हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडक निर्माण गरिनेछ ।
 हरेक विद्यालय, सरकारी निकायका कार्यालय र स्वास्थ्य संस्थालाई सडक सञ्जालमा जोडिनेछ ।
 लिबाङ–माडीचौर सडकको माडी खोलामा पक्की पुल निर्माण सम्पन्न गरिनेछ ।
 दुईखोली बागमारा सडकको पाछाबाङ खोला, किमीचौर घोडागाउँ सडकको घोडाखोला, मिझिङ गाम सडकको जुरिबाङ खोला, त्रिवेणी गोटीबाङ चविघाटको जरिबाङ खोला, मिझिङ गाम सडकको गाम खोला, भाबाङ तालाबाङ सडकको तार्केबाङ, सहिदमार्ग सिस्ने राङ्सीको सिस्ने,  माडीचौरमा सरकारी कृषि क्याम्पस स्थापना गरिनेछ ।
 सुलिचौर, होलेरी र घर्तीगाउँमा क्याम्पस स्थापना गरिनेछ ।
 हरेक वडामा माध्यामिक तह (कक्षा १२ सम्म)को शिक्षा सञ्चालन गरिनेछ ।
 हरेक स्थानीय तहमा एक प्राविधिक विद्यालय स्थापना गरिनेछ ।
 एक विद्यालय एक पुस्तकालय स्थापना गरिनेछ ।
 शैक्षिक सुधारका लागि विशेष कार्यक्रम लागू गरिनेछ ।
 सबै शैक्षिक संस्थाका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाईनेछ ।
 हरेक माध्यामिक विद्यालयमा ई–लाईबे्ररी स्थापना गरिनेछ ।
 हरेक विद्यालयमा खेलकूद र संगीत शिक्षकको व्यवस्था गरिनेछ ।
 सबै सामुदायिक विद्यालयको शैक्षिक सुधार गरि ५ वर्षभित्रमा माध्यामिक तहको परिणाममा गुणात्मक परिवर्तन ल्याइनेछ ।
 रोल्पा पोलिटेक्निक ईन्स्टीच्यूटलाई विस्तार गरी कार्यक्षेत्र फराकिलो गरिनेछ ।
 भौगोलिक विकटतालाई मध्यनजर गर्दै जिल्लाको पूर्व प्राथमिक तह (बाल विकास) र प्रथम आधारभूत तह (१–३) कक्षा भएका विद्यालयहरुको सञ्चालन गरिनेछ ।
 द्वन्द्व पीडित, घाइते अपाङ्ग र अत्यन्तै गरिब शिक्षक तथा सोको परिवारको सहयोगको लागि जिल्ला तहमा शिक्षा सहयोग कोषको स्थापना गर्ने र उत्कृष्ट शिक्षकलाई वर्षेनी पुरस्कृत गरिनेछ ।
 सहिदहरुका सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।
 एक विद्यालय एक खेल मैदान निर्माण गरिनेछ ।
 अभिभावकहरुलाई आफ्ना सन्तानलाई माध्यामिक तहसम्म अनिवार्य र स्नातकसम्म पढाउन अभिप्रेरित गरिनेछ ।
 हाल नमूना माध्यामिक विद्यालय घोषणा भएका बाल कल्याण मावि लिबाङ र मावि राङ्कोटलाई थप सुविधा सम्पन्न बनाई सम्बन्धित क्षेत्रका विद्यालयहरुमा सीप तथा प्रविधि हस्तान्तरणतर्फ उन्मुख गराउँदै एक स्थानीय तह एक नमूना विद्यालय बनाईनेछ ।
 एक स्थानीय तहमा एक सामुदायिक छात्रावास निर्माण गरिनेछ । हरेक माध्यामिक विद्यालयमा छात्राबासको स्थापना गर्दै लगिनेछ ।
४. घरघरमा विजुली, हरेक रोल्पाली शेयरधनी
 रोल्पाको समृद्धिको एक आधार जलविद्युतलाई बनाईनेछ ।
 खुङ्ग्रीमा विद्युत गृह हुने गरी २५२ मेगावाटको जलविद्युत उत्पादन गरिनेछ ।
 माडीचौरमा विद्युत गृह हुने गरी २४६ मेगावाटको जलविद्युत उत्पादन गरिनेछ ।
 लुंग्रीमा विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी विद्युत उत्पादन गरिनेछ ।
 जिल्लाबाट उत्पादन गरिने सबै जलविद्युत परियोजनामा प्रत्येक रोल्पालीलाई शेयरमार्फत मालिक बनाईनेछ ।
 जलविद्युतमार्फत प्रत्येक रोल्पाली नागरिकको आर्थिक जीवनमा आमूल परिवर्तन ल्याईनेछ ।
 हरेक घरधुरीमा विजुली बत्ति पु¥याई उज्यालो रोल्पा बनाईनेछ ।
 सबै सरकारी कार्यालय, शैक्षिक संस्थासम्ममा विजुली पु¥याईनेछ ।
५. स्वच्छ खानेपानी, स्वस्थ नानी, सुधारौँ आनीबानी
 एक घर एक धारा अवधारणा लागू गरिनेछ ।
 हरेक नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ ।
 व्यक्ति र गाउँको सरसफाईलाई जोड दिईनेछ ।
 सन् २०२२ सम्म पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गरिनेछ ।
६. समृद्धिको आधार कृषि, कृषिबाटै आर्थिक रुपान्तरण
 कृषिलाई जिल्लाको प्रमुख आयस्रोत बनाईनेछ ।
 परम्परागत कृषि उत्पादन प्रणालीलाई आधुनीकीकरण गरिनेछ ।
 युवाहरुलाई व्यवसायिक कृषिमा लाग्न र स्वरोजगार बन्न प्रोत्साहित गरिनेछ ।
 व्यवसायिक कृषिमा लाग्न जनचेतना फैलाईनेछ ।
 व्यवसायिक कृषिका लागि अनुदान र सहुलियत ऋणको व्यवस्था गरिनेछ ।
 जिल्लामा रहेका बैंकहरुलाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिनेछ ।
 कृषिका लागि प्रत्येक गाउँपालिकालाई पकेट एरिया बनाईनेछ । हरेक वडालाई पकेट एरियामा रुपान्तरण गरिनेछ ।
जसमा ः
रोल्पा नगरपालिका ः तरकारी, फलफूल, आँप, सुन्तला, कागती, आलु, टिमुर, अलैची, मकै, गहुँ, जडिबुटी, अल्लो ।
माडी गाउँपालिका ः तरकारी, सुन्तला, कागती, अलैची, टिमुर, जडिबुटी
सुकीदह गाउँपालिका ः स्याउ, आलु, टिमुर, जडिबुटी
दुईखोली गाउँपालिका ः सुन्तला, कागती, आलु, अलैची, स्याउ
थबाङ गाउँपालिका ः स्याउ, आलु, अलैची, जडिबुटी
सुनछहरी गाउँपालिका ः कोदो, अल्लो, आलु, अलैची
लुंग्री गाउँपालिका ः तरकारी, कोदो, आलु, टिमुर, जडिबुटी
सुवर्णावती गाउँपालिका ः तरकारी, धान, केरा
त्रिवेणी गाँपालिका ः बेमौसमी तरकारी, केरा, कागति, अनार
रुन्टीगढी गाउँपालिका ः बेमौसमी तरकारी, कागती
 हरेक कृषकको कृषि विमा गरिनेछ ।
 माछा पालनलाई व्यवसायीकरण गरिनेछ ।
 लिबाङ, सुलीचौर, घर्तीगाउँ, होलेरीमा चिस्यान गृह स्थापना गरिनेछ । विजुलीको पहुँचसँगै हरेक गाउँपालिकामा एक एक वटा चिस्यान गृह स्थापना गरिनेछ ।
 एक वडा एक तरकारी संकलन केन्द्र स्थापना गरिनेछ ।
 हरेक बजारमा व्यवस्थित तरकारी बजार स्थापना गरिनेछ ।
 कृषि मल, बीउ विजन सस्तो मूल्यमा वितरण गर्ने व्यवस्था मिलाईनेछ ।
 हरेक कृषकबाट उत्पादित बस्तुको बजार व्यवस्था गरिनेछ ।
 एक वडा एक व्यवसायिक पशुपालन फार्म स्थापना गर्न प्रोत्साहित गरिनेछ ।
 बंगुर पालनलाई व्यवसायीकरण गरिनेछ ।
 पशुपालनलाई पकेट एरिया घोषणा गरेर व्यवसायीकरण गरिनेछ ।
 पशु विमा गरी पशुपालन व्यवसायलाई जोखिममुक्त बनाईनेछ ।
 जिल्लालाई मासुमा आत्मनिर्भर बनाएर मासु निर्यात गरिनेछ ।
 दुध उत्पादनलाई व्यवसायिकरण गरिनेछ ।
 कृषकलाई अनुदान र सहुलियत ऋणको व्यवस्था गरिनेछ ।
 जिल्लाको ५९ हजार ८५४ हेक्टर सिंचाई योग्य जमीनमध्ये १६८६ हेक्टर जमीनमात्रै सिंचित रहेकोले बाँकी जमिनमा सिंचाईको व्यवस्था गरी उत्पादन वृद्धि गरिनेछ ।
८. स्वस्थ र अनुशासित नागरिकका लागि खेलकूदको विकास
 नागरिकलाई स्वस्थ, अनुशासित र राष्ट्रहित प्रति समर्पित बनाउन खेलकूदको विकास गरिनेछ ।
 माडीचौरमा रहेको खेलमैदानलाई सुविधा सम्पन्न रंगशाला बनाईनेछ ।
 हरेक स्थानीय तहमा फुटबल र क्रिकेट खेल्न मिल्ने खेलमैदान बनाईनेछ ।
 हरेक वडामा भलिबल, बास्केटबल खेलमैदान निर्माण गरिनेछ ।
 युवाहरुलाई खेलकूदप्रति आकर्षित गर्न विविन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
 राष्ट्रिय र क्षेत्रीय स्तरको प्रतियोगिता जित्ने खेलाडीहरुलाई आकर्षक पुरस्कार सहित सम्मान गरिनेछ ।
 जिल्लाका उत्कृष्ट खेलाडीहरुलाई विशेष सम्मान गरिनेछ ।
 खेलाडीहरुलाई रोजगारीको व्यवस्था गरिनेछ ।
 हरेक स्थानीय तहमा एक कभर्ड हल निर्माण गरिनेछ ।
 भलिबल, फुटबल, क्रिकेट लगायतका खेलकूदको विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा प्रशिक्षण सञ्चालन गरिनेछ ।
९. व्यवस्थित बस्ती, सहरीकरणको आधार
 शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता हरेक नागरिकको पहुँचमा सरल, छिटो र छरितो तरिकाले पुग्ने गरी हरेक बस्तीलाई क्रमशः व्यवस्थित गर्दै लगिनेछ ।
 एक स्थानीय तह एक सहरको अवधारणा लागू गरिनेछ । माडीको घर्तीगाउँ, सुकिदहको सुखाओडार, दुईखोलीको पुत्लाखोला, थबाङको थबाङ, सुनछहरीको पोबाङ, लुंग्रीको बडाचौर, सुवर्णावतीको सुलीचौर, त्रिवेणीको जुँगार र रुन्टीगढिको होलेरीलाई व्यवस्थित बजारीकरण गर्दै साना तथा मझौला सहरको रुपमा विकास गरिनेछ ।
 थबाङलाई नमूना गाउँ बनाईनेछ । थबाङ, खुंग्री, माडीचौर, जिनाबाङ, घोडागाउँ, मसिना, जेलबाङ, सिर्प, भाबाङ, नुवागाउँ, राङसी, बुढागाउँलाई स्मार्ट भिलेज बनाईनेछ ।
१०. औद्योगिक रोल्पा
 बुढागाउँमा रहेको सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा नियमित सञ्चालनका लागि प्रोत्साहित गरिनेछ ।
 सुविधा सम्पन्न अल्लो उद्योग स्थापना गरिनेछ ।
 सुन, फलाम, तामालगायतका खनिज पदार्थको उत्खनन् गरी उद्योगको रुपमा विकास गरिनेछ ।
 विभिन्न ठाउँमा सिमेन्ट उद्योग सञ्चालनका लागि नीजि तथा सरकारी लगानी भित्र्याईनेछ ।
 आलुको चिप्सलगायत विभिन्न परिकारहरु उत्पादन गरी निर्यात गरिनेछ ।
 थबाङमा जडिबुटी उद्योग स्थापना गरिनेछ ।
 विभिन्न पेयपदार्थको उद्योग स्थापना गरिनेछ ।
 जलजलाको पानीलाई उद्योग स्थापना गरी गुणस्तरीय पिउने पानीको रुपमा निर्यात गरिनेछ ।
११. अबका युवा, सबै रोजगार
 युवाहरुलाई क्षमता बमोजिमको रोजगारको व्यवस्था गरिनेछ ।
 एक घर एक रोजगारको व्यवस्था गरिनेछ ।
 रोजगारीका लागि माध्यामिक तहसम्मको शिक्षालाई अनिवार्य र प्राविधिक शिक्षाप्रति आकर्षित गर्दै लगिनेछ ।
 निजामति, जंगी, प्रहरी, सार्वजनिक संस्थान र नीजि कम्पनीहरुमा रोजगारीका लागि पहल र प्रेरित गरिनेछ ।
 कृषिमा आधुनीकीकरण र व्यवसायीकरण गरिनेछ ।
 उद्योगहरुको स्थापना गरी सञ्चालन गरिनेछ ।
 पर्यटनमा व्यवसायीकरण गरी आर्थिक उपार्जनको माध्याम बनाईनेछ ।
 व्यापार व्यवसायका विस्तार गरी युवाहरुलाई स्वरोजगार बनाईनेछ ।
 युवाहरुको क्षमता अभिवृद्धिका लागि तालिमहरुको व्यवस्था गरिनेछ ।
१२. गाउँ गाउँमा सहकारी ः घरघरमा रोजगारी
सहकारीलाई जिल्लाको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बनाउन सबै रोल्पालीलाई सहकारी संस्थामा आबद्ध हुन प्रोत्साहित गरिनेछ । प्रारम्भमा एक वडा एक सहकारीको अवधारणा लागू गरेर घरघरमा रोजगारी तथा स्वरोजगारको सिर्जना गरिनेछ ।
 सबै साना उत्पादकहरुलाई गाउँ गाउँ सहकारी संस्था स्थापना गरी आबद्ध गराईनेछ ।
 छरिएका उत्पादनलाई एकीकृत गर्दै व्यवसायिक रुपमा अगाडि बढाइनेछ ।
 सहकारीमा आबद्ध जनतालाई प्रोत्साहित गर्न अनुदानको व्यवस्था गरिनेछ ।
 बेरोजगार व्यक्तिलाई उत्पादक सहकारीमा आबद्ध गरी स्वरोजगार व्यवसाय सञ्चालन गरिनेछ ।
 सबै सहकारीलाई विमा व्यवस्थामा आबद्ध गरिनेछ ।
१३. एक गाउँ एक बैंक
 बचत गर्ने बानीको विकास गरिनेछ ।
 एक गाउँपालिका एक बैंक स्थापना गरिनेछ ।
१४. महिलाका लागि घरमै रोजगारी
 आमा समूह, महिला कृषि समूहमार्फत महिलाहरुका लागि घरघरमै रोजगारी सृजना गरिनेछ ।
 रोजगारीका लागि सिपमूलक तालिम उपलब्ध गराइनेछ ।
 महिलाहरुको रोजगारीका लागि अल्लो उद्योगको स्थापना, विभिन्न प्रकारका घरेलु उद्योगको स्थापना, कृषि, पशुपालनमा व्यवसायीकरण, होम स्टेको सञ्चालन गरिनेछ ।
 आमा समूहको शिक्षाका लागि रात्रीकालीन स्कूल सञ्चालन गरिनेछ । रात्रीकालीन स्कूलबाट प्राप्त शिक्षालाई औपचारिक शिक्षा सरह मानिनेछ ।
१५. दलितका सन्तानलाई निःशुल्क शिक्षा र रोजगारी
 दलित परिवारका बालबालिकालाई स्नातकसम्मको शिक्षा निःशुल्क गरिनेछ ।
 माध्यामिक तह उत्तिर्ण गरेका दलित समुदायका युवालाई रोजगारीको अनिवार्य व्यवस्था गरिनेछ ।
 दलित समुदायको परम्परागत सिपलाई आधुनिकीकरण गर्दै उद्योगको रुपमा विकास गरिनेछ ।
१६. रोल्पा, उत्कृष्ट पर्यटन गन्तव्य
 पर्यटनलाई उद्योगको रुपमा विकास गरेर ठूलो रोजगारी सिर्जना गरिनेछ ।
 युद्ध पर्यटनको विकास गरि व्यवस्थित गरिनेछ ।
 तिलामा जनयुद्ध संग्राहलय निर्माण गरिनेछ । जलजलामा सहिद स्मारक स्तम्भ निर्माण गरिनेछ ।
 सदरमुकाम लिबाङमा सहिद स्मृति संग्राहलय निर्माण गरिनेछ ।
 उपयुक्त स्थानमा जनयुद्ध स्मृति स्मारक बनाईनेछ । उक्त स्मारकमा जनयुद्धमा राज्य र विद्रोही दुवै पक्षबाट ज्यान गुमाएहरुको नाम राखिनेछ ।
 जलजलालाई आन्तरिक तथा वाह्य पर्यटन गन्तव्यको रुपमा विकास गरिनेछ ।
 पदमार्गहरुको निर्माण गरिनेछ ।
 स्वर्गद्वारी महाप्रभुमको जन्मस्थल रुन्टीगढी, गढीलेक, होलेरीको शिव पार्वती गुफा, जुगारको शिव गुफा, खुंग्रीकोट, चतुर्भुज, गजुलकोट, जंकोट, थुनीकोट, बडाचौरको बराहस्थान, लिस्ने लेक, थुर्पालेक, सुकिदह, बांगेताल, गामको बिबाङ दह, भाबाङ सिद्धपुजे, सुनछहरी झरनालगायत धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटन गन्तव्यको रुपमा विकास गरिनेछ ।
 एक स्थानीय तह एक व्यस्थित होम स्टेको व्यवस्था गरिनेछ ।
 ऐतिहासिक कला, संस्कृति, भाषा, रितिरिवाजको संरक्षण र विकासमा जोड दिईनेछ ।
 भाबाङ, गुम्चाल, जेलबाङ, सुकीदहलगायतका स्थानमा सहिद स्मृति पार्क बनाईनेछ ।
 निर्माणाधीन सुनिल स्मृति पार्क, दिर्घ स्मृति पार्क, परिवर्तन स्मृति पार्क निर्माण कार्यलाई पूर्णता दिईनेछ ।
 निर्माणाधीन विभिन्न सहिद पार्क, स्तम्भहरुलाई पूर्णता दिईनेछ ।
 निर्माणाधीन जंकोटमा मगर सांस्कृतिक संग्राहलय निर्माण कार्य सम्पन्न गरिनेछ ।
 धबाङ जलजला, जलजला–थबाङ केवलकार निर्माण सम्भाव्यता अध्ययन गरिनेछ ।
 बडाचौर विमानस्थलको पुनःनिर्माण गरि सञ्चालनमा ल्याईनेछ ।
१७. डिजिटल रोल्पा, विकसित रोल्पा
 आईसिटी (टेलिकम र आईटी)को विकासबाट वाएरलेस प्रविधिमार्फत रोल्पाका गाउँ गाउँसम्म ईन्टरनेट, टेलिफोनको उच्च प्रबद्र्धन गरिनेछ ।
 ई–मेडिसिन, दूर शिक्षा जस्ता कार्यक्रमलाई सशक्त रुपमा प्रवद्र्धन गर्दै ई–मेडिसिनद्वारा काठमाडौंमा प्राप्त हुने मेडिकल सेवा गाउँ गाउँसम्म उपलब्ध गराइनेछ ।
 दूर शिक्षामार्फत रोल्पाका प्राथमिक, निम्न माध्यामिक विद्यालयहरुमा उच्च शिक्षा÷तालिमहरु उपलब्ध गराइनेछ ।
 सामुदायिक विद्यालय, सरकारी विद्यालय, वडा कार्यालय, अस्पताल, हेल्थ पोष्टलगागत सरकारी कार्यालयहरुमा फ्रि वाईफाईको व्यवस्था गरिनेछ ।
 हरेक वडामा फ्रि वाईफाई जोन बनाईनेछ ।
 हरेक वडामा एउटा सूचना प्रविधियुक्त सामुदायिक केन्द्र बनाईनेछ ।
 जिल्लाका सबै क्षेत्रमा टेलिफोन सुविधा पु¥याउन टावरहरु विस्तार गरिनेछ ।
 सबै सरकारी कार्यालयहरु सूचना प्रविधिमैत्री बनाईनेछ ।
 हातहातमा मोबाइल, घरघरमा ईन्टरनेटको नारालाई पूर्णता दिईनेछ ।
 जिल्लाका छापा, रेडियो, अनलाईन लगायतका सञ्चारमाध्यामलाई व्यवस्थित गरिनेछ ।
 सञ्चार माध्यामहरुलाई आत्मनिर्भर बनाउन स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा मात्रै दिने व्यवस्था गरिनेछ ।
 जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा प्रशिक्षण सञ्चालन गरिनेछ ।
१८. वनको संरक्षण, वनबाटै आय आर्जन
 वनको संरक्षण, वनबाटै आय आर्जनको अवधारणा लागू गरिनेछ ।
 सामूदायिक वनको संरक्षण र विस्तारमा जोड दिईनेछ ।
 स्थानीय समुदायको जल, जमीन र जंगलमा रहेको अधिकारलाई सुनिश्चित गरिनेछ ।
 जलजलालाई संरक्षण क्षेत्र बनाइनेछ ।
 जडिबुटीको संकलन तथा व्यवसायिक उत्पादनमा जोड दिईनेछ ।
१९. हाम्रो गौरव, हाम्रो स्मार्ट सीटी
 सदरमुकाम लिबाङलाई स्मार्ट सिटिको रुपमा विकास गरिनेछ ।
 निर्माण प्रारम्भ भएको ग्रिनपार्कलाई पूर्णता दिईनेछ ।
 लिबाङ बजारका सडकमा सडक बत्ति जडान गरिनेछ ।
 लिबाङमा बहुउद्देश्यीय सभा हल निर्माण गरिनेछ ।
 बसपार्कलाई सुविधा सम्पन्न बनाईनेछ ।
 ढल, खानेपानीलाई व्यवस्थित गरिनेछ ।
 लिबाङ रिङरोड निर्माण गरिनेछ ।
 व्यवस्थित खेलमैदान निर्माण गरिनेछ ।
 अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
 लिबाङ बजारमा फ्रि वाईफाई जोन स्थापना गरी इन्टरनेटको पहुँच विस्तार गरिनेछ ।
 बाल उद्यान निर्माण गरिनेछ ।
 जेष्ठ नागरिक केन्द्र स्थापना गरिनेछ ।
 अनाथालय स्थापना गरिनेछ ।
१९. व्यवस्थित यातायात, यात्रुमैत्री सेवा
 यातायात क्षेत्रलाई व्यवस्थित गरिनेछ ।
 प्रत्येक वडासम्म सदरमुकाम र स्थानीय तहका केन्द्रबाट नियमित सार्वजनिक सवारी चल्ने व्यवस्था गरिनेछ ।
 सार्वजनिक सवारी साधन र कर्मचारीहरुलाई यात्रुमैत्री बनाईनेछ ।
 ई–सिस्टमबाट टिकट काट्ने व्यवस्था गरिनेछ ।
 गाउँ÷नगर बस सेवा सञ्चालनमा ल्याउन जोड गरिनेछ ।
२०. सामाजिक सुरक्षा जोड, भत्ता पाँच हजार
 जेष्ठ नागरिक, एकल महिलाका लागि सरकारले प्रदान गरिरहेको सामाजिक सुरक्षा भत्ता वृद्धि गरी पाँच हजार पु¥याईनेछ ।
 बेरोजगार युवाहरुलाई रोजगारको ग्यारेन्टी कार्यक्रम सञ्चालनमा ल्याईनेछ ।
 गरिब तथा विपन्नका लागि जनता आवास कार्यक्रमलाई विस्तार गरिनेछ ।
 आगामी ५ वर्षमा कोही पनि रोल्पालीको घर खर वा काठको छानो नरहने गरी सुरक्षित घर सुरक्षित छाना कार्यक्रम लागू गरिनेछ ।
 विपन्नहरुसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिनेछ ।
 प्राकृतिक विपद राहत कोषको स्थापना गरिनेछ ।
२१. सहिद परिवार
 जनयुद्धका सहिद परिवारको उच्च सम्मान गरिनेछ ।
 सहिद परिवार र द्वन्द्वका कारणले ज्यान गुमाएका परिवारका एक सदस्यलाई अनिवार्य रोजगारको व्यवस्था गरिनेछ ।
 घाईते अपांगहरुलाई निःशुल्क उपचार, जीवन निर्वाह भत्ता र रोजगारीको व्यवस्था गरिनेछ ।
 सहिद परिवार र घाईते अपांगका छोरा छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।
 जनयुद्धमा पूर्णकालीन भएका कार्यकर्ताहरुलाई उचित सम्मान गरिनेछ ।
२२. भ्रष्टाचार नियन्त्रण, सुशासन कायम
 भ्रष्टाचार नियन्त्रणका लागि सुन्य सहनशीलता नीति अपनाइनेछ ।
 हरेक सरकारी कार्यालयमा हुने ढिला सुस्तीको अन्त्य गर्दै अनियमिततालाई नियन्त्रण गरिनेछ ।
 सामुदायिक विद्यालयको शिक्षामा आमूल सुधार ल्याउन शिक्षक, अभिभाव र विद्यार्थीबीच विशेष प्रोत्साहन कार्यक्रम ‘गुणस्तरीय शिक्षाका लागि हातेमालो’ कार्यक्रम सञ्चालन गरिनेछ ।
 विकास निर्माणका कामहरु निर्धारित समयमा सम्पन्न गर्न अनुगमन संयन्त्र निर्माण गरी प्रभावकारी बनाईनेछ ।
 स्थानीय सरकारको कामलाई जिम्मेवार, जनमुखी एवम् छिटो छरितो बनाउन उत्प्रेरित गरिनेछ ।
धन्यवाद !

संयुक्त वाम गठबन्धनका समानुपातिक उम्मेदवारहरुलाई आ आफ्नो चिन्हमा मतदान गरौँ, अत्यधिक बहुमतले विजयी गराऔा ।
गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गरी नेकपा (माओवादी केन्द्र)का समानुपातिक उम्मेदवाहरुलाई अत्यधिक बहुमतले जिजयी गराऔँ ।
प्रतक्ष्यतर्फका उमेद्वार
१) वर्षमान पुनमगर संघीय प्रतिनिधी सभा (नेकपा माओवादी केन्द्र)
२) कुलप्रसाद केसी प्रसाद केसी प्रदेश सभा (क)
३) दीपेन्द्र कुमार पुनमगर प्रदेश सभा (ख)

नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवारहरु
१) जयपुरी घर्तीमगर
२) ओनसरी घर्तीमगर
३) नवीन रोकामगर
नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारहरु
१) हरिसरा घर्तीमगर
२) मिना बुढामगर
४) सिता आचार्य
४) कर्मलाल परियार
५) राजकुमार कुँवर
सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का समानुपातिक उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी गराऔँ ।
नेकपा (एमाले)का प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार
१) ईश्वरी घर्तीमगर
२) कुमार दसौदी

समृद्ध, गतिशील र स्मार्ट नमूना रोल्पा निर्माणका लागि
वाम गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी गराऔँ ।

समृद्ध रोल्पा, सुखी रोल्पालीका लागि क्रान्तिकारी अभिवादन सहित !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)
संयुक्त निर्वाचन परिचालन समिति, रोल्पा

You may also like