इ.प्र.का. पोबाङ रोल्पाको इञ्चार्ज प्र.ना.निरीक्षक मोहम्मद सफिक अन्सारीद्वारा जेल्बाङ चौकीको निरीक्षण

इ.प्र.का. पोबाङ रोल्पाको इञ्चार्ज प्र.ना.निरीक्षक मोहम्मद सफिक अन्सारीद्वारा जेल्बाङ चौकीको निरीक्षण
जुनिस कुमार विष्ट
कार्तिक–४ गते (पोबाङ–रोल्पा)

This image has an empty alt attribute; its file name is j2-1-1024x576.jpg


रोल्पाको सुनछहरी गाउँपालिका पोबाङ स्थित इलाका प्रहरी कार्यालयको इञ्चार्ज एमव् प्रहरी नायब निरीक्षक मोहम्मद सफिक अन्सारीले आज आफ्नो मातहतमा रहेको जेलबाङको प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । चाडपर्व नजिकदै गर्दा इलाका प्रहरी कार्यालय पोबाङले शान्ति सुरक्षा कायमका लागि सक्रियता देखिएको छ ।
उहाँले जेल्बाङ् चौकीमा निरीक्षणमा चौकीको व्यवस्थापन, शान्ति सुरक्षा र सरसफाइमा ध्यान दिन अनुरोध गर्नुभयो । महान चाडपर्व दशैं तिहारमा हुन सक्ने अपराधलाई कसरी न्यूनिकरणका लागि प्रहरी र गाउँ समाजमा घट्ने अपराध तथा घटनालाई कानुनी प्रक्रियाबाट न्यूनिकरणमा सहकार्यको आवश्यकता औल्याउनुभयो । जेल्बाङ चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनुशासनलाई पहिलो प्राथमिकता राखेर जनताको सेवामा लाग्न निर्देशन दिनुभयो । साथै उहाँले इलाका कार्यालयबाट हुने सक्ने सहयोगमा आपूm र कार्यालयबाट हुन सक्ने सहयोगमा कुनै कमी नहुने बताउनुभयो । शान्ति सुरक्षा सुरक्षामा कमी नगर्न उहाँले प्रहरी कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।

You may also like