जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा आत्महत्या न्युनिकरणका लागि विद्यालयमा जनचेतना फैलाउँदै

जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा आत्महत्या न्युनिकरणका लागि विद्यालयमा जनचेतना फैलाउँदै


This image has an empty alt attribute; its file name is p1-1-1024x478.jpg

११ असोज, लिबाङ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा रोल्पा नगरपालिका २ नं. लिबाङ स्थित बालकल्याण नमूना माध्यमिक विद्यालयमा अध्ययरत छात्राछात्रहरुलाई आत्महत्या न्यूनिकरण सम्बन्धि श्रव्यदृश्यको माध्यमबाट आज जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका छात्राछात्रहरुलाई जिल्लामा आत्महत्यको अवस्था, कारण र न्यूनिकरणका उपाय सम्बन्धि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले सहजीकरण गर्नुभएको हो । जिल्लामा आर्थिक वर्ष ०७७÷०७८ मा आत्महत्या गर्नेको संख्या ८१ रहेको जसमध्ये महिला ३७ र पुरुष ४४ जना छन् । जिल्लाको आंकडा हेर्दा प्रत्येक ४ दिनमा १ जनाले आत्महत्या गर्ने गरेको अवस्था छ । झुण्डी आत्मा हत्या ५७ जना र विषादी सेवन गरेर आत्मा हत्या २४ जनाको तथ्याङ्क जनचेतनामुलक कार्यक्रममा प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले प्रस्तुत गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाले आत्महत्या रोकथाम लगायतका विषयवस्तुमा अन्य विद्यालयमा पनि जनचेतनामुकल कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो ।

You may also like