‘लुम्बिनी प्रदेश सरकारले सञ्चार विधेयकलाई सञ्चार मैत्री बनाउँछौँ” –मुख्यमन्त्री कुलपप्रसाद केसी


रोल्पा समाचारदाता
असोज १० बुटवल

This image has an empty alt attribute; its file name is fnj-rudihi-1024x473.jpg


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ प्रदेश सरकारले जारी गर्ने गरी प्रस्तावका रुपमा लगेको प्रदेश सञ्चार विधेयक सबैको राय पराशर्मबाट सञ्चार मैत्री विद्येयक निर्माण गरिने बताउनुभएको छ । उहाँले सबैले यस विधेयममा अझै व्यापक बहस गरी अगाडि बढेमा दीर्घकालनी रुपमा विधेयकको अर्थ र मर्म बोध हुने गरी बताउनुभएको छ ।
यस्तो विचार मुख्यमन्त्री केसीले आज नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार वितरण कार्यक्रम एवं एक हप्ते पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले भन्नुभयोः–“यस विधेयकलाई सबैको पराशर्ममा राम्रो उष्कृष्ट कानून बनाउन सकिन्छ, तर फिर्ता गर्दा समय र प्रक्रिया लामो हुन्छ, त्यसका लागि राजनीतिक अवस्था पनि अनुकुल नभएकोले यसलाई बरु त्यस भित्रका संसोधन गर्नु पर्ने विषयमा संशोधन गरी अगाडि बढेर समयमै जारी गर्न सकेमा सबैलाई हित हुने बताउनुभयो ।”
प्रमुख अतिथिका रुपमा रहनुभएका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले लिएको विधेयकलाई कसैको जीत र हार भन्दा पनि सबैको लागि हित हुने विषयबाट छलफल गरी अगाडि बढाउनको लागि पत्रका महासंघले अगुवाई गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“हामीले संसोधन गरेर जादाँ नै उपयुक्त देखेका छाँै, तपाईहरुले पउिन यस विषयमा व्यापक बहस गर्नुहोस् अनि के गर्दा सबैको हित हुन्छ त्यसै गरौँला ।”
उहाँले लुम्बिनीलाई संञ्चार मैत्री प्रदेश निर्माण गर्नका लागि आफू लागेको बताउँदै त्यस प्रकारको सरकारको अभियानमा सबैले हातेमालो गर्नका लागि अपिल गर्नुभयो । उहाँले पत्रकारीता क्षेत्र समाजलाई ज्ञान, सचेतना प्रदान गर्ने माध्यम भएकोले यसको विकास र विस्तार आवश्यक रहेको बताउँदै सरकारले पनि यस क्षेत्रमा नयाँ गतिका साथ काम गर्ने बताउनुभयो ।
उहाँले युग परिवर्तनका लागि मोफसलका साना लगानीमा सञ्चालित मिडियाहरुको ठूलो योगदान रहेको बताउँदै ती मिडियाहरुको प्रर्वद्धनका लागि सरकारले निती बनाउर्ने तर्फ लागेको बताउनुभयो । उहाँलाई मिडिया सञ्चालक र मिडियाकर्मी बीचको अन्तरविरोधलाई गहिरो ढंगले अध्ययन गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।
सञ्चार माध्यमको भूमिका जनतालाई सचेत बनाउन र जनताको समस्यालाई सरकारसम्म लिइ दिनका लागि आम पत्रकारलाई आह्वान गर्दै आम जनतालाई सचेत बनाई जनताको भावना अभिव्यक्ती स्वतन्त्रतालाई ध्यान दिएर लेख्न, बोल्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलेले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनको लागि राज्यले नै वातावरण तयार गरिहरको अझै यसलाई गति प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका रुपेन्देहीका सँस्थापक अध्यक्ष डा. वालकृष्ण चापागाई, पत्रकार महासंघका रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी, प्रेस यूनियनका रुपन्देहीका अध्यक्ष रेखा भूषाल, प्रेस चौतारी रुपेन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष कमल रायमाझी, क्रान्तिकारी पत्रकार संघका टेक मास्ने लगायत विभिन शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधीहरुले बोल्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is fnh-top-1024x473.jpg


उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार २०७८ बाट अनलाई खवरका टोपराज शर्मा, विद्यावारधी गर्नुभएका डा. बालकृष्ण चापागाई मुख्यन्त्री कुलप्रसाद केसीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपेन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव विनोद परियारले सञ्चालन गर्नुभएको थियो ।

You may also like