क्षेत्री समाज नेपाल रोल्पाको पहिलो बैठक सम्पन्न

लिबाङ–रोल्पा


क्षेत्री समाज नेपाल रोल्पाको पहिलो बैैठक लिबाङमा शनिबार सम्पन्न भएको छ । सम्पन्न बैठकले समिति समेत पुनर्गठन गरिएको छ ।
उक्त बैठकको प्रमुख अतिथि एवं क्षेत्री समाज ५ नम्बर प्रदेश उपाध्यक्ष खिमलाल वली, विशिष्ट अतिथि क्षेत्री समाज नेपाल रोल्पाका सल्लाहकार टिकाबहादुर वली लगायतको आतिथ्यता थियो । समाजको पहिलो बैठकले नेपबहादुर वलीकै अध्यक्षतामा १८ सदस्य जिल्ला समिती गठन गरिएको समाजको अध्यक्ष नेपबहादुर वलीले बताउनुभयो ।

जसको उपाध्यक्षमा खट्कबहादुर खत्री, सचिव शेरबहादुर थापा, सहसचिव पुर्णबहादुर वली, कोषाध्यक्षमा पछि थप गर्ने गरि १८ सदस्य जिल्ला समिति गठन भएको छ । बैठकले पाँच सदस्य रहेको सल्लाहकार समिती समेत चयन गरेको छ । जसमा मानबहादुर खत्री, मनसिङ डाँगी, इन्द्रबहादुर खत्री, भूपबहादुर के.सी र अर्जुन डि.सी.लाई चयन गरिएको छ । बैठकले विभिन्न निर्माणहरु समेत पारित गरेको छ । क्षेत्री समाज तदर्थ समिति रोल्पाका अध्यक्ष नेपबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको समाजको तदर्थ समितिका पदाधिकारीहरुको सहभागिता थियो ।

You may also like