यति कुरा ग¥यो भने मलाई के भन्ने हुन् ?

यति कुरा ग¥यो भने मलाई के भन्ने हुन् ?


This image has an empty alt attribute; its file name is mohit-srestha.jpg

मोहित श्रेष्ठ
जनवादी कलाकार

जे सुकै भनुन्, हामी जस्ता भुई मान्छेलाई त्यो कुराले खासै फरक पनि पार्दैन । पेचिलो संघर्षको १२ वर्षको उमेर पार गरिसकेपछि वास्तवमै म पक्ष÷ विपक्षबिहिन भएर भुई मान्छेको जीवन बिताइरहेको छु । यहाँ लाखौं भुईमान्छेहरू आ–आफ्नो कथासँग बाँचिरहेका छन् र आफ्नो सपनालाई जिउँदो राख्न हर कोसिस गरिरहेका छन् ।
फेरि पनि वर्तमान हाम्रो सामाजिक जीवनमा, हाम्रा दैनिक भोगाईहरुमा प्रत्यक्ष राजनीतिक प्रभाव जवर्जस्त परिरहेकै छ । यहि सन्दर्भमा चाहेर वा नचाहेर हाम्रा मनहरू विभाजित भएका छन्, हाम्रा आकांक्षाहरू भड्किएका छन् । म जस्ता हामीहरू आजसम्म पनि अगुल्टो ठोसेर आगो सल्काउने कोसिस गरिरहेका छौ, हाम्रो हैसियत यति मात्रै हो । तर, बेला–बेलामा हाम्रा अगुल्टो ठोसाईबाट निस्किएको झिलुङ्गालाई तिहारको पटाकाको झिल्को सम्झेर रमाउनेहरू पनि त छन् नि । हाम्रो मक्सद झिल्काहरुमा रमाउने कदापि हैन ।
हामी हजारौं भुई मान्छेहरूको सम्बन्ध रहेको त्यो राजनैतिक ईतिहासले किन पल–पल झस्काउछ ? यो झस्काईले मलाई धेरै कुरा सोच्न बाध्य बनायोे । त्यो समय हो, जुन समयमा पार्टी र क्रान्तिलाई साच्चिकै पार्टी र क्रान्ति जस्तो बनाऔं भनेर तीव्र बहस चलिरहेको थियो । धेरैका मनहरू विभाजित हुन त्यहि समयबाट शुरु भयो, त्यो पनि संस्थागत ढंगले । पार्टीको पालुंटार बैठक ÷ प्रशिक्षण कार्यक्रममा सतहमा आएको दुई फरक दस्तावेजमा मैले क. मोहन बैद्य ( किरण) को बिचारमा सहमत भएको थिएँ । किन कि पार्टी बिग्रन थाल्यो, बिग्रन दिनुहुन्न भन्ने बिचार कम सुन्दर थिएन । त्यसपछि लागेको किरण पक्षको ट्यागले कहिलै छोडेन । यसरी लागेको ट्यागले हामी जस्ता भुईं मान्छेहरुलाई सधैं पीडा दिईरह्यो । पार्टीमा आग्रह ÷ पूर्वाग्रह झन मौलाउन थाल्यो, जो क्रान्तिकारी पार्टीमा हुँदै नहुनु पर्ने हो ।

This image has an empty alt attribute; its file name is m1-2.jpg

आजसम्म त्यहि छट्पटीको बीचमा कसैको निरपेक्ष समर्थन या विरोध नगरी टिकाटिप्पणी गर्ने गर्छु र व्याङ्ग्य व्यक्त गर्ने गर्छु । आज आएर एउटा महान पार्टी, खुम्चदै जाँदा यस्को दोष एकहोरो पार्टी अध्यक्ष क.प्रचण्ड माथि खन्याईरहेका छौं । सायदै मैले सबैभन्दा धेरै आलोचना गर्ने नेतामा प्रचण्ड बाहेक अर्को होईन पनि । सोच्दै जाँदा, बुझ्दै जाँदा हिजो किरण पक्षको त्याग लागेका अत्याधिक नेता कार्यकर्ताहरुनै किन यति धेरै निरुत्साहित भयौं । किन यति चाँडै स्खलित भईयो ? के यसको दोष पनि प्रचण्डलाई नै थुपार्ने हो ? मलाई लाग्छ पार्टी बिगार्नु र सपार्नुमा हामी सबै बराबर भागिदार हुनुपर्छ । आज चाहेर वा नचाहेर प्रचण्डलाई नै राजनीतिक केन्द्रमा राखेर नेतृत्व मानिरहेकाछौं । यो कुरा उनीप्रति देखाएको हाम्रो आक्रोश, आवेग उनीबाट गरिएको अपेक्षाले नै पुष्टि गर्ने गरेको सत्य हो ।
हो, पार्टीको जिम्मेवार र अविभावकको नाताले प्रचण्ड अलि बढी दोषी हुनु र देखिनु स्वभाविक हो । तर, यसको मतलब अरु सबै निर्दाेष र असल भनेर म कदापि मान्ने पक्षमा छैन । हिजो माक्र्सवादले सर्वहारा अधिनायकत्वको आबस्यकता ठान्छ भनेर लडाउने र मराउने बाबुराम जि पनि हैन र ? रुकुम÷रोल्पालाई आधार बनाएर क्रान्ति गर्न रुसबाट फर्कने बादल जि हैनन् र ? बाच्नेहरुको मनबाट सिज अभियान अझै हटेको छैन होला । त्यो ऐठनले रोल्पा ÷रुकुम अझै निदाउन सक्दैनन् । यसको भागिदार त बादल पनि त हुन नि । सामन्तवादी एकाधिरको विरोध गर्दै, विद्रोह गर्दै सामन्त भनिएका हिजोका राजाहरुको स्तम्भ समेत भत्काउँदा निर्देशन दिने र तालि पिट्नेहरुमा क.विप्लव के अछुटो छन् र ? आज पृथ्वीनारायण शाहको फोटो उनको कोठामा सजिने छाँट त देखियो नि । यसरी जनता र तल्लो स्तरका कार्यकर्तासम्म दिग्भ्रमित पार्ने खेल त सबैले गरिभ्याएकै छन् । त्यसैले हामीले निकै ठूलो विद्रोहबाट यो अवस्थामा प्रवेश गर्दै गर्दा आपसमा हिलो छ्यापाछ्याप गरेर जनताको आशा र भरोशालाई कमजोर बनाउन कसैले कुनै कसर बाँकि राखेका छैनन् ।
आज राजनैनिक परिवर्तनको जगमा टेकेर आर्थिक र साँस्कृतिक परिवर्तनको लागि निकै ठूलो त्यागका साथ आत्म समीक्षा गरी एक ढिक्का हुने बेला आएको छ । ढिलो भएकै हो । तर, थोरै समयलाई उपयोग गरेर जनउत्तरदायी बन्ने नेता नै खास नेता बन्ने अवसर आएको छ । आज एउटा प्रचण्ड मात्र बिग्रिएको हैन, प्रचण्डलाई बनाउन खोज्ने पनि बिग्रिएका छन्, भत्काउन खोज्नेहरु पनि बिग्रिएका छन् । एउटा बैचारिक स्कुलिङबाट अर्को राजनैतिक परिस्थितिमा प्रवेश गर्दा धेरै असोभाविक नभए पनि मुलतः साँस्कृतिक चेतनामा आएको स्खलनलाई सबै नेतृत्वले मनन् गरेर एउटा आदर्श देखाउने हो । र विस्वास दिलाउन सक्ने हो भने बिचारलाई भत्किएका मनहरुलाई भड्काएर हैन एक ढिक्का भएर अघि बढ्नु आजको मुख्य आवश्यकता हो । नत्र हाम्रो इतिहास मेटिन सामन्तहरुको स्तभ ढाले झैं कसैले ढाल्नै पर्दैन । एउटा कालो इतिहास बनेर आफै नामेट हुने निश्चित् छ । त्यति सुन्दर विचार, त्यति सुन्दर भावना, देश र जनताका लागि भनेर त्यति ठूलो त्याग÷समर्पण गर्ने हामीहरू किन अझै अरुको नजरमा आतंककारी भईरहेका छौं ? यसको समीक्षा गर्ने जिम्मा तपाईंहरू आफ्नो हठ र साना–साना झुन्डहरुमा रमाउन चाहने नेता कमरेडहरुलाई छोडिदिन्छौं हामी भुईं मान्छेहरुले ।

You may also like