थबाङ गाउँपालिका राेल्पालाई व्यावसायी तथा समाजसेवी अमला रोकाद्धारा स्वास्थ्य सामाग्री सहयोग

थबाङ गाउँपालिका राेल्पालाई व्यावसायी तथा समाजसेवी अमला रोकाद्धारा स्वास्थ्य सामाग्री सहयोग
बिमल राज डाँगी
१५ वैशाख, थबाङ–रोल्पा ।


व्यावसायी तथा समाजसेवी अमला रोका मगरद्धारा रोल्पाको थबाङ गाउँपालिकालाई एक लाख ३० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । स्वास्थ्य सामाग्री सहयोगले गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षकर्मीहरुलाई भाइरसबाट सुरक्षित भई जिम्मेवारी निर्वाहमा थप सहयोग पुग्ने भएको छ ।
यस गाउँपालिका २ नं. वडा मरान्ठानमा जन्मनु भएकी समाजसेवी रोका काठमाडांैमा व्यावसाय गर्दै आउनुभएको छ ।


विश्वभरि नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्व आक्रान्त पारिरहेको छ भने नेपाल सहित २ सय १० ओटा मुलुकमा महामारीको रुपमा फैलिरहेको छ । यस गाउँपालिकामा कोरोना भाइरसको महामारीबाट नागरिकलाई स्वास्थ्य र सुरक्षा दिन उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री अपुग भैरहेको अवस्थामा स्वास्थ्यकर्मीहरुको लागी व्यावसायी तथा समाजसेवी अमला रोका मगरले १० थान थर्मल गन, १० ओटा एन नाइटी फाइभ (N-95)  मास्क र दुई सय पचास ओटा सर्जिकल मास्क गरी करीव एक लाख ३० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन अनन्त को सचिवालयमा कार्यरत जनसम्र्पक अधिकृत जीवन रोकाले बताउनुभयो । व्यावसायी तथा समाजसेवी रोकाले सहयोग गरेको स्वास्थ्य सामाग्री आज साझसम्म थबाङमा आइपुग्ने समेत जनसम्र्पक अधिकृत अधिकृत रोकाले बताउनुभयो ।

You may also like