कागती खेती सम्बन्धि एक दिने मुल्य श्रृङ्खला सम्बन्धि कार्यशाला

कागती खेती सम्बन्धि एक दिने मुल्य श्रृङ्खला सम्बन्धि कार्यशाला
चन्द रोका मगर
कार्तिक–५ गते (सुलिचौर–रोल्पा)


This image has an empty alt attribute; its file name is c3.jpg

दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण (सिड्स) कार्यक्रम अन्तर्गत आज कागती खेतीको १ दिने मुल्य श्रृङखला कार्यशाला सुनिल स्मृति गाउँपालिका केन्द्र सुलिचारीमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is c3.jpg

मानवम अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको आयोजना र लुङ्ग्री गाउँपालिकाको समन्वयमा आयोजित कार्यशालामा मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको अध्यक्ष घनश्याम आचार्य, लुङग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खडका, वडा नं. १ पाङका वडा अध्यक्ष मोटि पुनमगर, वडा ४ नं. वडा अध्यक्ष शिवप्रसाद के.सी, कृषि शाखा प्रमुख, गाउँपालिका स्थित कृषि समूह, कागती व्यवसायीहरुको उपस्थिति थियो । दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रमबाट कागती खेतीको १ दिने मुल्य श्रृंखला कार्यशाला तालिम सम्पन्न भएको छ । तालिममा कागती उत्पादनको सम्भावना, बजारको माग, मुल्य वस्तु विविधिकरण गुणस्तर प्रविधि र पूर्वधारको कागती खेती केन्द्रका सहजकरता हरीराज दुतालले गर्नुभएको थियो ।

You may also like