वाइसिएल नेपाल माडी गाउँपालिक ५ नं. भाबाङ रोल्पाको भेला

वाइसिएल नेपाल माडी गाउँपालिक ५ नं. भाबाङ रोल्पाको भेला


This image has an empty alt attribute; its file name is b2-1-1024x768.jpg

२ असोज, लिबाङ ।
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) माडी गाउँपालिका–५ नम्बर वडाको भेला शुक्रबार पाछाबाङमा सम्पन्न भएको छ ।
उक्त भेलाले बालाराम बुढा मगरको अध्यक्षतामा मन प्रसाद बुढा मगर इन्चार्ज र नन्द बहादुर घर्ती मगर सह–इन्चार्ज रहनेगरी ५९ सदस्यीय कमिटी गठन गरेको छ ।

This image has an empty alt attribute; its file name is b1-2-1024x768.jpg
This image has an empty alt attribute; its file name is b3-1024x768.jpg

भेलाको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) जिल्ला सदस्य शेर बहादुर बुढा मगर, विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सदस्य एवम् माडी गाउँपालिका वडा नं. ५ भाबाङको पार्टी इञ्चार्ज भरत बहादुर बुढा मगर, गाउँपालिका पार्टी सचिव वीर बहादुर घर्तीमगर, पार्टी अध्यक्ष तेजेन्द्र बुढा मगर, वाइसिएल नेपाल माडी गाउँपालिका अध्यक्ष दीपेन्द्र घर्तीमगर लगायतको आतिथ्यता थियो । बालाराम बुढा मगरको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन वाइसिएल लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर बाठा मगरले गर्नुभएको थियो ।

You may also like