रोल्पामा बन्यो ढुङ्गै ढुङ्गाको बीचमा सुन्दर ढुङ्गे बगैचा

मानसिंह विश्वकर्मा
साउन ४ गते रोल्पा

बगैचा भनेको सामान्यतया खुकुलो माटोमा विभिन्न प्रजातीको विरुवाहरु रोपेर बनाईने सजावतको फूलबारीलाई मात्रै बगैचा भन्ने गरिन्छ । तर रोल्पा नगरपालिकाले ढुङ्गै ढुङ्गाको बीच रहेका अग्लो भू–भागमा ढुङ्गे बगैचा निर्माण गरी एउटा नमूना बगैचा निर्माण गरेको छ, भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर निर्माण गरेर आजकाल आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षण केन्द्र बनेको छ सो ढुङ्गे बगैचा (रक गार्डेन) । रोल्पाको सदरमुकाम लिबाङदेखि र रोल्पा जिल्लाको पहिलो व्यापारिक केन्द्र सुचिौरबाट करिव आधा घण्टाको यात्रा गरेपछि पुगिने हिउँदमा हिउँ खेल्ने डाँडो, गर्मियाममा चीसो हावासँग आनन्द लिने रोल्पा जिल्लाकै मनोरम र अग्लो डाँडोको रुपमा रहेको सात्दोवाटो हो । त्यसैको नजिकै रोल्पा नगरपालिका र डिभिजन वन कार्यालयको लगानीमा रोल्पा नगर बगैचा (रक गार्डेन) निर्माण गरिएको छ ।

रोल्पा जिल्लाकै भौगलिक रुपमा अग्लो र सबै स्थान देखिने भएकोले त्यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरु घुम्ने स्थानको रुपमा आउने गर्दछन् । सात्दोवाटो डाँडाबाट रोल्पाको जलजला, सिस्ने, धौलागिरी, अन्नपूर्ण हिम श्रृखलाको मनोरम दृश्य पनि देखिन्छ । त्यस क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो ११० फिटको अग्लो भ्यू टावर निर्माण गरिने योजनाले पनि सात्दोवाटोलाई नयाँ उचाईमा उठाउने विश्वास गरिएको छ । प्राकृतिक दृष्टिले अग्लो, मनोरम, चिसो हावा पानी, प्राकृतिक भ्यूटावर, घना बन जंगलको बीचमा रहेको सात्दोबाटो क्षेत्र भित्र रहेको छ । प्राकृतिक दृष्टिले अग्लो, मनोरम, चिसो हावा पानी, प्राकृतिक भ्यूटावर, घना बन जंगलको बीचमा रहेको सात्दोबाटो क्षेत्र भित्र रहेको छ । त्यतिमात्रै होइन रोल्पा जनयुद्धको उद्घम स्थल हो । तत्कालीन नेकपा (माओवादी) जनमुक्ति सेनाले रोल्पाको लिबाङमा रहेको नेपाली सेनाको व्यारेक तथा सुरक्षा निकायमा आक्रमण नगरुन् भनेर लिबाङ आक्रमण गर्न आएमा जनमुक्ति सेलाई एन्टी घेरा गर्ने सैन्य रणनीतिका साथ स्थापना गरिएको व्यारेक पनि छ । यसलाई पनि युद्धपर्यटन संग जोड्न सकिन्छ । रोल्पा जिल्लाको अग्लो डाँडो भएकाले सबै सञ्चार टावरहरु राखिएको छ । नेपाल टेलिभिजन, नेपाल रेडियो, दुर सञ्चार कम्पनी, सामुदायिक रेडियोको टावरहरु पनि त्यसै डाँडामा राखिएको छ । अग्लो हिमालदेखि दाङको समथर मैदानसम्म हेर्न सकिने रमाइलो डाँडो हो ।


सात्दोवाटो मूल सडकबाट करिव १ किलोमिटर पर रहेको जंगलको बीचमा अग्लो भूभाग अनि चत्तानको बीचमा रहेका रुखहरुलाई घेरबार गरी एउटा सुन्दर स्थान बगैचाको रुप दिनका लागि रोल्पा नगरपालिका र डिभिजन बन कार्यालयको सहकार्यमा प्रारम्भिक कार्य सम्पन्न भएको छ । सात्दोवाटोको चिसो हावापानीसँग हरेक दिन मितेरी लगाउन इच्छा जो त्यहा पुग्छ उसलाई त्यही घुमिरहनु, अनि त्यही बास बसु झै लाग्ने गर्दछ । आजकाल मानिसहरुको दैनिक जसो विद्यार्थी, कर्मचारी, जनप्रतिनधी, राजनीतिज्ञहरुले दिमागलाई फ्रेस गर्ने स्थानको रुपमा लिई घुम्न जाने गरिरहेको यात्रीहरुहरुले बताउँछन् ।
सो स्थान चत्तान–चत्तानहरुको बीचमा रहेको उच्चो भागलाई छनौट गरी ढुङ्गे बगैचाको अवधारणा अगाडि सारेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । उहाँले सहज रुपमा रहेको भूगोललाई बगैचा निर्माण जसले पनि गर्न सक्ने कुरा राख्दै प्राकृतिकले ढुङ्गे डाँडोलाई पनि सुन्दरतामा परिणत गरी सबैको आकर्षणको केन्द्र बनाउनलाई अगाडि सारेको बताउनुभो । सो बगैचा निर्माण गर्नका लागि रोल्पा नगरपालिकाको आयोजनामा र डिभिजन वन कार्यालय रोल्पाको साझेदारीमा सम्पन्न गरिएको सो स्थान आजकाल निकै सुन्दरता देखिएको छ । रोल्पा नगरपालिकाको ४ लाख र प्रदेश सरकारबाट डिभिजन वन कार्यालय रोल्पाले १० लाख गरी करिव १४ लाखमा दुङ्गे डाँडो बगैचामा परिणात भएको छ । नगर प्रमुखले सात्दोवाटोलाई एउटा बृहत्तर योजना निर्माण गरी विभन्न प्याकेज निर्माण गर्ने प्रतिवद्धता बताउनुभएको । डिभिजन बन कार्यालय रोल्पाका प्रमुख दढिलाल कडेलले यसलाई एउटा गुरु योजना निर्माण गरी अगाडि बढेमा त्यसका आधारमा विभिन्न संरचना निर्माण गर्नु पर्ने बताउनुभयो ।

ढुङ्गाको बचैमा रमाउँदै रोल्पा नगर प्रमुख पूर्ण केसीसँगप्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय रोल्पाका प्रमुख लगायत  पत्रकार एवं साहित्यकार तथा पर्यटकहरु

 

सो डाँडोमा सबैलाई नहेर्दा सम्म रुखो लागे पनि हेरे र पुगेपछि हेरु हेरु झै लाग्ने र बसु बसू झै लाग्ने गरेको अबलोकन कर्ता प्राध्यापक गोकर्ण पुनमगरले बताउनुभयो । यसैगरी पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगरले यसलाई पर्यटकीय हिसावले प्राकृतिक, धार्मिक र युद्ध पर्यटनका दृष्टिले पनि अगाडि बढाउनु पर्ने आवश्यक रहेको बताउनुभयो ।

पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम संरचना बनाउँदै त्यसलाई प्रचार प्रचारका दृष्टिले पनि अगाडि बढाउनु पर्ने बताउनुभयो । सोही डाँडाँमा साहित्यकार एवं नेपाल रेडक्रस सोसाइटीका सभापति डी.वी. घर्तीमगरले अग्रज व्यक्तिहरुको मुर्ति राखेर शोभायमान बनाउने सकिने तर्क पनि राख्नुभयो । पर्यटन क्षेत्रमा लामो समय काम गर्नुभएको दिपक डिसीले यसको प्रचार प्रशारका लागि डिजिटल सूचना बोर्ड राखेर सबैलाई आउने वातवरण निर्माण गर्नु पर्ने बताउनुभयो । यस्तै हस्तकला चित्रकार रामचन्द्र श्रेष्ठले आफूले पनि सकेजति नयाँ पन दिनका लागि आफू तयार रहेको बताउनुभयो ।


रोल्पा नगरपालिकाले निर्माण गर्न लागेको बगैचालाई सुन्दरता प्रदान गर्ने रोल्पाकै कला र सीपका खानी दिलबहादुर घर्तीमगर नै हुनुहुन्छ । उहाँले ढुंङ्गे डाँडालाई विभिन्न आकृति दिएर गेट निर्माण, शोभा सेट, फोटो खिच्ने स्थान लगायतको निर्माण गर्नुभएको छ । साउदीमा इलेक्ट्रोसियन भिसामा गए पनि साजसज्जाको सीप सिकेर आएर विभिन्न आकृति निर्माण गर्दै अगाडि बढ्नु भएको छ । उहाँको साजसज्जा नै त्यस बगैचा भित्रको नयाँ र आकर्षणको केन्द्र बनेको छ । त्यसमा बसेर सबैले फोटो खिच्न रुचाउने गर्दछन् ।

 

विभिन्न प्रजातीको विरुवाहरु रोपेर बगैचा निर्माण कार्य अगाडि बढाइएको छ । त्यस क्षेत्रमा अब खानेपानी, शौचालय, प्रतिक्षालय लगायतका आधारभूत पूर्वाधारको व्यवस्थान गर्नुपर्ने देखिन्छ । त्यस क्षेत्रमा रहेको फोहर कलेक्सन स्थानलाई पनि बदल्नु पर्ने जरुरी देखिएको छ । साथै सो बाहिर रहेको अन्य डाँडोमा पिकनिक स्पोट समेत निर्माण गर्नु पर्ने छ । जो रोल्पा जिल्लाका विभिन्न स्थानबाट बनभोजका लागि त्यस डाँडोमा चढेपछि सबैले सयर गरुन् । त्यस क्षेत्रको प्रवद्र्धन हुनेछ

 

।  

कलात्मक तरिकाले निर्माण गरिएको बगैचाको सबै भन्दा अग्लोभाग नगर प्रमुख पूर्ण केसी र निर्माणकर्मी दिलबहादुर घर्तीसंग रोल्पा समाचार साप्ताहिकका सम्पादक मानसिंह विश्वकर्माले बगैचा निर्माणबारेमा कुरा गर्दै ।

रोल्पा जिल्लामा सृजनात्मक कार्य गर्दै अगाडि बढीरहेको रोल्पा नगरपालिकाले ढुङ्गे बगैचा निर्माण गरी सबैलाई चत्कार बनाउनुले पनि सबैलाई अझै चकित बनाएको छ । यसले रोल्पा र रोल्पालीलाई फेरी अर्काे नयाँ स्थानमा पु¥याउने विश्वास लिइएको छ ।

You may also like