नेकपा (माओवादी केन्द्र) को लुङग्री गाउँपालिका ५ वडा कमिटी गठन एवम् पार्टी प्रवेश कार्यक्रम

नेकपा (माओवादी केन्द्र) को लुङग्री गाउँपालिका ५ वडा कमिटी गठन एवम् पार्टी प्रवेश कार्यक्रम
चन्द्र रोकामगर
२७ साउन, सुलिचौर रोल्पा ।

This image has an empty alt attribute; its file name is c1.jpg


नेकपा (माओवादी केन्द्र) को लुङ्ग्री गाउँपालिका ५ वडा वडाचौर कमिटी गठन एवम् पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुङ्ग्री गाउँपालिका कमिटी इञ्चार्ज तुलराम खड्का, अतिथि लुङग्री गाउँपालिका कमिटी सदस्य खिम बहादुर के.सी, लुङ्ग्री गाउँपालिका कार्यपालिका सदस्य गौसरा घर्तीमगर, गाउँपालिका कमिटी सदस्य अमृत बहादुर विष्ट, महेन्द्र कुमार गुरुङ, वाईसेल गाउँपालिका सदस्य लेपेन्द्र के.सी. लगायतको आतिथ्यता थियो ।
साथै कार्यक्रममा राष्ट्रिय जनमोर्चा पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस पार्टीका नेता तथा कार्यकताहरुले पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा पार्टी प्रवेश गरेका छन् ।

This image has an empty alt attribute; its file name is c2.jpg

रिख बहादुर रोकामगरको नेत्वमा १० जनाको प्रवेश गरेका छन्, जस्मा दुज बहादुर घर्तीमगर, सुर्य बहादुर रोकामगर, हुकुम बहादुर घर्तीमगर, तुक परियार, हिरा बहादुर घर्ती, धन बहादुर सुनार, चामे सुनार र विकाश सुनारले पार्टी प्रवेश गर्नु भएको हो । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले अबिर, फुलमाला लगाएर प्रवेश गराउनुभएको थियो । पार्टी प्रवेशहरुले आफ्नो मन्तव्य राख्दै देश र जनताको हितमा काम गर्ने पार्टी देशमा शान्ति स्थापना, देशमा गरीव, दुःखी पीछिएका वर्गको रक्षामा साथ दिने पार्टी नेकपा (माओवादी केन्द्र) नै भएकोले पार्टीको नीति विधान अनुसार भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । भन्दै अब पार्टीलाई नै साथ दिनै भन्दै आफ्नो बिचार राखेका थिए । रिख बहादुर रोकामगरको अध्यक्ष र सचिव तुकमान नेतृत्वमा वडा कमिटी गठन भएको छ । वडा अध्यक्ष भरतकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गाउँपालिका कमिटी सचिव खिम बहादुर के.सी.ले गर्नुभएको थियो ।

You may also like