प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटीद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र

प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटीद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र
पौष २४ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is p1-1024x768.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को करीव दुई तिहाईको वहुमत केपि शर्मा ओलिको नेतृत्वको सरकारको असवैधानिक कदम प्रतिनिधिसभा विघटनको विरोध पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत रोल्पा जिल्ला कमिटीले विरोध पत्र पठाएको छ । सकारको असवैधानिक कदम प्रतिनिधिसभाको विघटनको विरोधमा देशैभरिका जिल्ला कमिटीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत विरोध पत्र पठाएका छन् ।

This image has an empty alt attribute; its file name is p2-1024x768.jpg

यस विरोध पत्रको प्रदान कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशसभा सदस्य माननीय तथा जिल्ला इञ्चार्ज दिपेन्द्र कुमार पुनमले प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानिक प्रतिनिधिसभा विघटन कदमको विरुद्व निरन्तर संघर्ष गर्ने बताउनुभयो । यहाँले पार्टीको विरोधका कार्यक्रमहरु देशभर चलिरहेकोले प्रधामन्त्रीले गल्ती नसच्याए विरोधका कार्यक्रम थप सशक्त बनाउने उद्घोष गर्नुभयो । जिल्ला पार्टी अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरद्वारा हस्ताक्षर विरोध पत्रमा मिति २०७७ साल पौष महिनाको ५ गते नेपालको संविधानको ठाडो उलङ्घन गरी असंवैधानिक, लोककतान्त्रिक एवम् स्वेच्छाचारी ढङ्गबाट प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटीले तीव्र आपत्ति प्रकट गर्दै घोर विरोध एवम् भत्र्सना गरेको छ । नेपाली जनताको ठूलो बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गरेको ऐतिहासिक, राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम भएको भन्दै उक्त कदम सच्याउन चेतावनी पार्टीले विरोध पत्रद्वारा काम चलाउ प्रधामन्त्री केपि शर्मा ओलीलाई दिएको छ । यस विरोध पत्रमा पाटीले अझै पनि प्रधानमन्त्रीलाई आफ्नो असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधिसभा सूचारु गरी संविधानलाई क्रियाशिल बनाउने पक्षमा आउन अनुरोध गरेको छ ।
त्यस्तै, जिल्ला पार्टीको विरोध पत्र प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले प्रदान गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी रानामगरले जिल्ला पार्टीको विरोध पत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलिलाई विरोध पठाउन जिल्ला प्रशासन कार्यालय परिसरमा पार्टीको केन्द्रीय तथा जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागीता प्रतिनिधिसभा पुनः स्थापना लगायत अन्य विभिन्न किसिमका नाराबाजी सहित पुगेकाे रोल्पा जिल्ला कमिटीले बताएकाे छ ।

You may also like