नगरपालिकाद्वारा माडी अध्यक्ष कपमा विजय खेलाडीलाई दोसल्लाह ओढाई सम्मान

१७ गते फागुन

लिबाङ–रोल्पा

 रोल्पा नगरपालिकाले माडी अध्यक्ष कपमा प्रथममा विजय खेलाडीहरुलाई शनिबार दोसल्लाह ओढाई सम्मान गरेको छ । सम्मानले खेलाडीहरुको आत्मबल वृद्धि भएको छ

नगर प्रमुख पुर्ण के.सी.ले भन्नुभयो,‘रोल्पा लगानी सम्मेलन–२०७६’ को तयारीमा व्यवस्त भएको बेला तपाईहरुर्लाइ तालिमको व्यवस्था हुन भएको थिएन । तर, माडी अध्यक्ष कपमा सहभागि भई तपाईहरुको मेहनत, लगनशिल्ता, सृजनात्मक कलाले प्रथम स्थान ल्याउनुभएको म धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा नगरपालिकाका खेलाडीहरुको क्षमता विकासको निम्ति विशेष प्राथकिता दिनेछ । आगामी दिनमा पनि यस्तै सफल्ता हासिलको निम्ति तपाईहरुले खाने कुराहरुमा ध्यान म अनुरोध गर्दछु ।’ उहाँले भन्नुभयो।‘प्रतियोगिताबाट यस नगरपालिकाको उचाई बढेको । आगामी दिनमा नगरपालिकाको खेल क्षेत्रको उचाई कायम गर्न र बढाउनका लागि तपाईहरुको महत्वूर्ण जिम्मेवारी निर्वाह गर्नु हुनेछ भन्ने कुरामा म विश्वष्ट छु ।’

त्यसैगरी प्रतिगिताको टिम नेतृत्व सालिकराम पुनले नगरपालिकाको विभिन्न वडाबाट सहभागि खेलाडीहरुको इमान्दार, धर्यता, मेहनत, लगनशिल्ता र सिर्जनात्मक कलाले माडी कपमा आयोजित पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान ल्याउँदा धेरै खुसीको महशुस व्यक्त गर्नुभयो । आगामी दिनमा यस्ता यस्ता प्रतियोगितामा सफल्ता हासिलका लागि नगरपालिकाले प्रतियोगितामा सहभागि बन्नुभन्दा पहिले तालिमको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै नगपालिकाबाट सहभागि व्याड मन्टिन प्रतियोगिले समेत तृतीय स्थान ल्याउन सफल भएको थियो ।

नगर प्रमुुख पुर्ण के.सी र कराते संघ रोल्पा जिल्ला अध्यक्ष मोलङ घर्तीमगरले दोसल्लाह ओढाई सम्मान गर्नुभएको थियो । नगर प्रमुख पुर्ण के.सी.को अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा रोल्पा नगरपालिका–९ नं. वडा सदस्य शिवबहादुर डाँगी, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क सहितका सरोकारवाला निकायहरुको सहभागिता थियो । भने सञ्चालन नगरपालिका विपिन कवरले गर्नुभएको थियो ।

 

You may also like