प्रतिनिधि सभा विघटनको रोल्पामा पनि विरोध

प्रतिनिधि सभा विघटनको रोल्पामा पनि विरोध
पुष ५ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k1.jpg

संघीय सरकारको प्रतिनिधि साभा विघटनको निर्णय विरोधमा आज राष्ट्रिय युवा संघ जिल्ला कमिटी रोल्पाको अगुवाईमा विरोध सभा लिबाङमा सम्पन्न भएको छ । यस विरोध सभाको प्रमुख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका कमिटी अध्यक्ष फविन्द्र आचार्य, राष्ट्रिय युवा संघ रोल्पा जिल्ला इञ्चार्ज रितमान पुन (अग्रीम), अनेरास्वीयू केन्द्रीय सदस्य आलोक पुनले विरोध सभालाई सम्बोधन गर्नुभएको थियो । दुई तिहाइको बहुमतको सरकारले प्रतिनिधि सभा विघटन्को निर्णयले संवैधानिक संघीय लोकतन्त्र गणतन्त्र संविधानको भावना विपरित भएको प्रवक्ताहरुले बताउनभएको थियो । संघीय सरकारले असंवैधानिक निर्णय विरोधको वेवास्ता गरेको अवस्थामा चरणवद्व संघर्ष गर्ने वक्ताहरुले उद्घोष गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is k2-1-1024x768.jpg

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा कार्यकता सहित शुभ चिन्तकहरुको सहभागिता थियो । राष्ट्रिय युवा संघ जिल्ला कमिटी रोल्पा जिल्ला सदस्य गगन के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सदस्य प्रकाश डाँगीले गर्नुभएको थियो ।

You may also like