रोल्पामा यातायात व्यवसायीहरुलाई टाइम कार्ड र पोशाक वितरण

रोल्पा समाचारदाता


असोज १ लिबाङ


रोल्पा जिल्लामा यातायात क्षेत्रमा हुने दुर्घटना र यातायात सेवालाई प्रभावकारी बनाउनको लागि रोल्पाका यातायात व्यवसायीहरुलाई टाईम कार्ड र पोशाक वितरण गरिएको छ । विश्वकर्मा बाबाको दिवसको अवसरमा रोल्पा जलजला यातायात प्रा.ली. लिबाङ रोल्पाले आयोजना गरेको कार्यक्रममा सोमबार प्रदान गरिएको हो ।
रोल्पा जिल्लामा सडक दुर्घटनालाई न्यूनिकरण गर्न र यातायात व्यवसायीहरुको सेवालाई अझै यात्रु मैत्री बनाउनको लागि सामग्रीहरु वितरण गरिएको हो । सो कार्यक्रम बोल्दै यातायात व्यावसायी महासंघ केन्द्रीय उपाध्यक्ष पुष्पा श्रेष्ठले वितरण गरिएको टाइम कार्ड र पोशाकको नियम अनुसार परिपालन गरी अगाडि बढ्नका लागि सबै यातायात व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयोः–“टाइम भएको छैन भनेर रोक्ने अनि प्रहरी चेकपोष्टमा जादाँ मात्रै गति सीमित गर्ने अथवा बाटोमा बीचमा तीव्र गति प्रदान गर्ने लगायतको कार्य गर्नु हुँदैन, यो सँस्थाको पोशाक लगाएर भत्ती पसलमा जाड रक्की खानु हुँदैन । ”


रोल्पा जिल्लामा यातायात सँस्थाहरुको पहिलो सँस्था जलजला यातायात प्रा.ली. का सँस्थापक अध्यक्ष समेत रहनुभएका पुष्पा श्रेष्ठले आफूले सँस्था निर्माण गर्दा धेरै कठिनाई भोगेको स्मरण गर्दै आफू आमा भएकाले सँस्थाको बृहत्तर हितमा काम गर्नका लागि अपिल गर्नुभयो । उहाँले भन्नुभयोः–“यस सँस्था निर्माण गर्दा सिंगो रोल्पाली, नेतृत्व, जनता, व्यावसायी, आफन्तले साथ पाएको थिए, दर्ता गरियो, आमा बन्ने अवसर प्रदान भयो म आमा हुन् मैले यसको विकास, समृद्धिका लागि अपेक्षा गर्दछु । ”


कार्यक्रममा प्रमुख अतिथि यातायात व्यवसायी महासंघका उपाध्यक्ष पुष्पा श्रेष्ष्ठले यातायात क्षेत्र व्यापार होइन, व्यवसायी हुनु पर्ने धारणा राख्दै आम जनताको सेव ागर्नका लागि अनुरोध गर्नुभयो । उहाँले जन्म दिने आमाले आफ्नो सन्तान र माटोको मायाँ सधै गर्ने बताउँदै आगामी दिनमा पनि सँस्थाको लागि लाग्ने बताउनुभयो ।


कार्यक्रममा कार्यक्रमका विष्ट अतिथि लेखनाथ खतिवडाले यातायात क्षेत्र जनतालनई नभई नहुने क्षेत्र भएकाले यसको विकास, समृद्धीका लागि सबै लाग्नु पर्ने बताउनुभयो । यसलाई जिल्ला प्रशासन, सुरक्षा निकाय र व्यावसायीहरुको सहभागितामा मात्रै सहज बनाउन सकिने बताउनुभयो । रोल्पाली जनताहरुको सेवाका लागि सबैले सहज सेवा प्रदान गर्नु पर्ने बताउनुभयो । यसलाई लागु गर्नका लागि सबैलाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा समितिका महासविच बरमान बुढामगरले समितिले नयाँ कार्य गर्नका लागिले टाइम कार्ड, पोशाक वितरण गरिएको बताउनुभयो । उहाँले कर्मचारीहरुको व्यवस्थापन पनि पनि लागि नयाँ रणनीति अनुसार गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक देविराम भण्डारी, जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रनितिधी नविन भण्डारी, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, रोल्पा यातायात प्रा.ली. का कल्याणकारी सचिव मदन गिरी, जलजला यातायात समितिका प्रेस सल्लाहकार लोकेन्द्र चन्द्र जलजला हिमताल यातायात प्रा.ली.का सफल बुढामगर, आर्शिवाद यातायात प्रा.ली.का राजबहादुर बिक, कर्मचारीका इन्चार्ज यज्ञश्वर आचार्य, होलीभिजन आवासीय मा.वि.का प्रीसीपल ओम केसी, प्रा.ली.का लेखापाल आशिष आचार्य लगायतको आतिथत्यता रहेको थियो ।
कार्यक्रमम रोल्पा जलजला यातायात प्रा.ली. बरिष्ठ उपाध्यक्ष शंकर विष्टको अध्यक्षतामा भएको थियो भने सञ्चालन यातायात प्रा.ली.का कर्मचारी लोकेन्द्र सेनले गर्नुभएको थियो ।

You may also like