हाम्रो स्वतन्त्र राष्ट्रिय अभियान कुनै शक्ति र कुनै निकायबाट परिचालित छैनः स्वतन्त्र राष्ट्रिय अभियान, जिल्ला कार्य समिति संयोजक जसवीर वली

हाम्रो स्वतन्त्र राष्ट्रिय अभियान कुनै शक्ति र कुनै निकायबाट परिचालित छैनः स्वतन्त्र राष्ट्रिय अभियान, जिल्ला कार्य समिति संयोजक जसवीर वली

स्वतन्त्र राष्ट्रिय अभियान,

जिल्ला कार्य समिति संयोजक जसवीर वली ।।।

एकात्मक राज्य व्यवस्था परिवर्तनका लागि राजनीतिक दल, नागरिक समाजको अगुवाईमा आम नागरिकको सक्रिय भूमिकाबाट संघीय राज्य प्रणाली कार्यन्वयनको चरणमा छ । यो राज्य व्यवस्था कार्यन्वयनमा रहेको छोटो समयमा नै नागरिक समाज र केही राजनीतिक दलहरुले भ्रष्टाचार बढेको भन्दै विरोधमा नै उत्रिएका छन् । यतिबेला आम नागरिकहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीयत सरकारको भूमिकालाई नजिकबाट नियाल्ने अवसर पाएका छन् । तीन तहको सरकारको नेतृत्व गर्दै आएका जनप्रतिनिधिहरुले पनि चुनावी घोषणा पत्र अनुसार काम गर्न नसक्दा नागरिक तहबाट नै असन्तुष्टि दैनिक बढ्दो अवस्थामा छ । यतिबेला यि तीन तहका सरकारको नेतृत्व वा जनप्रतिनिधिहरु र राजनीतिक दलको कार्यकर्ताहरुको भूमिकालाई सीमित अभियान्ताले पनि नजकिबाट नै नियालिरहेका छन् । सोही क्रममा तीन तहका सरकारको गतिविधिहरु अध्ययनबाट आम नागरिक स्तरसम्म पु¥याउने उद्वेश्य सहित स्वतन्त्र राष्ट्रिय अभियान देशभरि नै सञ्चालन भएको छ । सोही क्रममा यस अभियानको जिल्ला समितिले पनि दशै वटा स्थानीय सरकारहरुको गतिवधिहरु अध्ययन तथा अवलोकन गरी नागरिकसम्म पु¥याउँदै आएको छ । भष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२० पनि विभिन्न सरोकारवाला निकायहरुको अगुवाईमा देशभरि मनाएको छ । यस जिल्लामा विकास योजना, समितिबाट अभियान सञ्चालनको उद्वेश्य, गतिविधि, जिल्लामा भ्रष्टाचारको अवस्था, अभियानको उपलब्धि, चुनौती, सरोकारवाला निकाय र नागरिकसँगको अपेक्षा र आगामी योजनालगायतका विषयवस्तुमा स्वातन्त्र राष्ट्रिय अभियान, जिल्ला कार्य समितिको संयोजक जसवीर वलीसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
 रोल्पा सामाचार राष्ट्रिय साप्ताहिकलाई धेरै धेरै धन्यवाद र नमस्कार रेशम सरलाई हाम्रो अभियानको कुराहरु राख्ने मौका दिनु भएकोमा ।
 कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
 स्वतन्त्र राष्ट्रिय रोल्पा समितिको सङ्गठन विस्तार र भ्रष्टाचार गर्नेहरुलाई खबरदारीमा व्यस्त छु ।
 स्वतन्त्र राष्ट्रिय अभियानको उद्वेश्यहरु के–के हुन् ?
  स्वतन्त्र राष्ट्रिय अभियानको उद्वेश्यहरु निम्न छन्, जसमा स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण, सांसदहरू मन्त्री प्रधानमन्त्री बन्न नपाउने व्यवस्था लागु गर्न, सांसदबाट होइन मतदाताबाट नै कम्तीमा ५१ प्रतिशत भोट पाउनेले सरकार बनाउन पाउने व्यवस्था लागु गर्न, जनताले नचाहेका तर पार्टीले मात्र चाहेकालाई चुनावमा उम्मेदवार बनाएमा जनताले उम्मेदवार बहिष्कार गर्न पाउने अधिकार राइट टु रिजेक्ट लागु गर्न, चुनाव जितेर गएपछि, गर्छु भनेको काम नगर्ने वा गलत काम गर्नेलाई मैले दिएको भोट फिर्ता लिन्छु भनेर उनीहरूलाई फिर्ता बोलाउन पाउने राइट टु रिकलको व्यवस्था लागु गर्न, संघीयताको नाममा जनताको ढाड सेक्ने कर प्रणाली अन्त्य गर्न, डेमोक्र्याटिक ट्याक्सेसन सिस्टम लागु गर्न, सामावेशिताको नाममा सीट बिक्री गरी ठूला ठालुहरूमात्र सांसद मन्त्री हुने व्यवस्था हटाएर वैज्ञानिक समावेशिता लागु गर्न, विभेदकारी शिक्षा र स्वास्थ्य नीति अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई निःशुल्क प्राप्त गर्ने अवसर दिलाउन, १८ देखि २४ वर्षसम्मका सबै युवालाई सैनिक र सरकारी सेवामा सहभागी गराउँदै निःशुल्क शिक्षा स्वास्थ्य प्रदान गरी व्यवसायिक तथा रोजगारीको क्षेत्र राज्यले निश्चित् गर्ने व्यवस्था लागु गर्न, संघीय व्यवस्थामा निवार्चित सभासद्लगायतलाई पाल्न नसकिने हुँदा यो व्यवस्था हटाई प्रशासनिक व्यवस्था लागु गर्न, देशको सीमालाई तारबार घेर्दै नेपालमा रहेका विदेशीको लगत राख्न, ६५ वर्षसम्म मात्र राजनीति गर्न पाइने व्यवस्था लागु गर्न, निर्वाचन प्रणाली महङ्गो भएकोले इ–भोटिङको व्यवस्था गरी विदेशमा रहेका नेपाली नागरिकलाई पनि निर्वाचनमा सङ्लग्न गराउने व्यवस्था लागु गर्न, नेपालीलाई नेपालमा नै रोजगार सिर्जना गरी पारिवारिक सम्बन्ध सुमधुर गर्न आदि हुन् ।
 हालसम्म अभियानको उपलब्धि बताइदिनुहोस्, न ?
 देशभरिको चेलि बेटी बलत्कार विरुद्वको मुद्वाहरु विगत दश वर्षदेखि हेरिरहेको छ । पत्रकारहरुलाई लाग्ने साइवरक्राइम विरुद्वको मुद्वाहरु हेरिरहेको छ । कोरोना महामारीको बेला देशमा लकडाउनको समयमा देशभरका स्थायी शिक्षकले तलव पाउनु पर्छ भनेर शिक्षा कार्यालयलाई पनि ध्यानाकर्षण गराएको छ । मानव अधिकार आयोगमा गरिबी पिछडिएका व्यक्तिहरु स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्छ । हुने खानेको हेपाह प्रविधि अन्त हुनुपर्छ भनेर लिखित निवेदन दिएको छ भने देशमा MCC जस्ता विधेक खारेज गर्नुपर्छ भनेर पटक÷पटक आवाज उठाउँदै आएको छ । नेपालको नयाँ नक्सा जारि गर्दा नक्सा मात्र हैन भूमि पनि फिर्ता ल्याउनुपर्छ भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षणसँगै भारतीय दुतावासमा हाम्रो भूमि फिर्ता गर्नुपर्छ भारतले भनेर लिखित निवेदन स्वतन्त्र राष्ट्रिय अभियानले बुझाएको छ ।
 समितिको संगठानिक संरचा बारेमा जानकारी दिनुहोस् ?
 रोल्पा जिल्लाको सबै स्थानीय तह र वडामा तदर्थ समितिहरु मिर्माण गरिरहेका छांै ।
 जिल्लामा अभियान कसरी सञ्चालन गर्दै आउनुभएको छ ?
 हामीले जिल्लामा भएका विभिन्न निकायहरुमा भएका भ्रष्टाचार विरुद्व आवाज उठाई रहेका छांै र खबरदारी पनि गरिरहेका छौं हाम्रो स्वतन्त्र राष्ट्रिय अभियानले ।
 यस जिल्लाको विकासलाई कसरी नियाल्नु भएको छ ?
 यस जिल्लाको विकासमा व्यापक रुपमा भ्रष्टाचार भइरहेको छ । जिल्लामा आईरहेका विकास बजेटमा धेरै जसो अनियमित भइरहेको छ । अब विकास र बजेट आउँदा सार्वजनिक गरेर जनतालाई जानकारी गराउनु पर्छ र भ्रष्टहरुलाई छान बिन गरि कार्वाहीको कठघेरामा ल्याउनुपर्छ । जनताको करको दुरुपयोग गर्नु हँुदैन । नितान्त रुपमा विकास गर्नुपर्छ ।
 हालसम्म यस जिल्लाको दश वटा स्थानीय सरकारको भूमिकालाई समितिले कसरी अध्ययन गरेको छ ?
 जिल्लाको दश वटा स्थानीय सरकारले जुन किसिमको विकासको नाममा धेरै रकम हिनामिना गरेको अवस्था छ । हाम्रो स्वतन्त्र राष्ट्रिय अभियानले किन र कसरी खर्च भयो भनेर प्रश्न चिह्न खडा गरेको अवस्था छ । रोल्पालीले विकासमा कहाँ कति खर्च भयो भनेर बुझ्न पाउने र चित्त नबुझेको खण्डमा विरोध गर्न पाउने नागरिकको अधिकार छ । हामीले यस जिल्लाबासीहरुलाई अब चुप लागेर बस्नु हुँदैन । आवाज निकाल्नुस् विकासमा भित्रि नजरले नियालेर हेर्नुस् । अनिमियता र जघन्य अपराध भएको खण्डमा चुप लागेर नबस्नुस् भनी भनिरहेको र अभियान नै चलाएको अवस्था छ ।
 संघीय राज्य व्यवस्था नै भ्रष्टाचारको आधार हो, र ?
 गाउँ÷गाउँमा सिंहदरबार भन्दै संघीय राज्य भने । तर, गाउँ÷गाउँमा भ्रष्टाचार प¥याए । तसर्थ हामीले भने जस्तो संघीय व्यवस्था हुनु प¥यो । जस्तो अहिले भएको प्रादेशिक सरकारलाई राजनीतिक हैन कि प्रशासनिक विभाजन गर्नु प¥यो ।
 जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको यस अभियानबाट कसरी पुष्टि गर्न हुन्छ ?
 भ्रष्टाचार गरेको छ छैन भनेर हाम्रो अभियानले लेखा विभागमाग् भएको बेरुजु रकम हेर्छ । उक्त बेरुजु रकम नै कागजी रुपमा मिलाएर मिलेमतो गरि खाएका हुन्छन् । त्यसलाई नै हामीले पुष्टि गर्छाै र हामीले भ्रष्टाचार गरेको भनेर भन्छौं ।
 भ्रष्टाचार गरेको कारण समितिले हालसम्म अख्तियारमा कति वटा मुद्वा दर्ता गरेको छ ?
  भ्रष्टाचार गरेको भनेर खबरदारी र आवाज उठाएका छौं । अहिलेसम्म यस जिल्लाबाट अख्तियारमा मुद्वा दर्ता त भएको छैन । अन्य जिल्ला र केन्द्रका भ्रष्टाचार भएको भनेर धेरै मुद्वाहरु दर्ता भएको अवस्था छ । अब यस जिल्लाका जनप्रतिनिधि र सम्बन्धित निकायले ध्यान दिएनन् भने पक्कै पनि अख्तियारमा मुद्वा हाल्नेछौं ।
भ्रष्टाचार र आर्थिक अनिमितताका लागि समितिले कस्ता गतिविधिहरु सञ्चालन गर्दै आएको छ ?
 हाम्रो स्वतन्त्र राष्ट्रिय अभियानले भ्रष्टाचार र आर्थिक अनिमियता लागि हाम्रो अभियानले फेसबुक स्टाटसबाट पर्दाफास र हरेक निकायमा भएको अनिमियता भएको खबर र प्रमाण आएमा फोनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँछौं । अब लगतै कोरोनाको कहरपछि हामी स्थलगत अभियानमा खबरदारी गर्दै हिड्ने छौं र जिल्लाका सबै स्थानीय तहलाई खबरदारी गर्नेछौं ।
 भ्रष्टाचार र आर्थिक अनिमितताको कारण के–के हुन् ?
 चुनावमा धेरै रकम खर्च गरेर चुनाव जित्नु, दल र पार्टीका व्यक्तिहरु तभन्दा म के कम भनेर पार्टीको टिकटमा आर्थिक चलखेल हुनु, स्थानीय भोटरलाई पैसाले किन्ने प्रविधि बढ्नु, चुनाव जितेपछि धेरै रकम खर्च गरि भोजलगायत उत्सव मनाउनु, कार्यकर्ता शुभ चिन्तक धेरै राख्नु आदि ।
 अब भ्रष्टाचार शुन्यताका लागि कुन–कुन कुरामा ध्यान आवश्यक छ ?
 भ्रष्टाचार शुन्यताका लागि निम्न कुरामा ध्यान जान आवश्यक छ, जसमा पार्टी वा व्यक्ति चुनावमा भाग लिँदा पावर र पैसाले भोट किन्ने र पैसाको चलखेल बन्द गर्नुपर्छ, सामाज सेवामा लागेपछि अर्काको मोह र लोभ लालचमा पर्नु हँुदैन, नितान्त सामाजिक काम र जनताको भोटको कदर गर्नुपर्छ, विकासको बजेटमा पारदर्शी हुनुपर्छ, व्यक्ति र ठेकेदार कुनै संस्यालाई टेण्डर आह्वान गर्दा नियम कानुन अनुसार टेन्डर दिनुपर्छ, योजना सम्पन्न भएपछि स्थलगत अनुगमन प्रभावकारी गर्नुपर्छ, अनुगमनको मापदण्ड अनुसार काम गरेको छैन भने भुक्तानी नगर्ने, पूर्ण रुपमा मापदण्ड अनुसार काम गर्ने र गराउने, नातावाद र कृपावाद हुनु हुँदैन, नितान्त मनले विकास पारदर्शी बनाउनुपर्छ, कमिसन दिन्छु र लिन्छु भन्ने व्यक्तिलाई जनप्रतिनिधिलगायत सम्बन्धित निकायले कानुनी दायरामा ल्याई तुरुन्त कार्वाही गर्नुपर्ने जस्ता कुराहरुमा ध्यान जान जरुरी छ ।
 निर्वाचित दश वटा स्थानीय सरकारहरुको प्रमुख÷अध्यक्षहरुको चुनावी घोषणा पत्र पनि अध्ययन गर्नुभएको छ ?
 निर्वाचित दश वटा स्थानीय सरकार प्रमुख अध्यक्षको घोषणा पत्र धेरै जसो अध्यन गरेको छु । त्यो उहाँहरुले जनतालाई भ्रम पारि चुनाव जित्न गरेको एउटा नाटक थियो । त्यो चुनावी नारामा मात्र सीमित छ । त्यसलाई कार्यान्वयन गर्ने हो भने यस जिल्लाबासी जनतालाई धेरै राहत हुन्छ । अहिले सत्तामा पुगेपछि हरेक विकासको नाममा अनिमिता भएको छ । सजिलै जनताले सेवा सुविधा पाएको अवस्था छैन ।
 भ्रष्टाचार बढ्नुमा नागरिकको पनि महत्वपूर्ण भूमिका छ भन्ने कुराप्रति तपाईको धारणा के हो ?
 हो, भ्रष्टाचार हुनुमा नागरिकको पनि केही भूमिका छ किनकि विकास निकासको नाममा धेरै रकम आउँछ । कहाँ कति बजेट आयो ? कहाँ कति खर्च भयो ? भनेर सोध खोज गर्नुपर्छ । तर, विडम्वना के छ ? भने सोध खोज गर्दा केही व्यक्तिले धम्काउँछ कि केही भन्छ कि भनेर चुप लागेर बस्नाले पनि भ्रष्टाचार हुन्छ । त्यसैले यस जिल्लाबासीहरुलाई के भन्छु भने प्रत्येक व्यक्तिको हातमा स्माट मोवाइल हुन्छ । त्यसैले हामी चुप लागेर बस्नु हुँदैन । जतिको स्माट मोवाइल छ त्यतिकै जनता पनि स्माट बन्नुपर्छ भ्रष्टाचार पक्कै पनि हँुदैन ।
 समितिलाई कुनै शक्तिबाट परिचालित गरेको भन्ने छ, नि खासमा के हो ?
 हाम्रो स्वतन्त्र राष्ट्रिय अभियान कुनै शक्ति र कुनै निकायबाट परिचालित छैन । हामीले दश वर्षदेखि यस अभियान सञ्चालन गर्दै आएका छौं । सामाजिक सञ्जालको पहुँच नभएकाले हाम्रो यस स्वतन्त्र राष्ट्रिय अभियान चर्चामा नआएको मात्र हो । हाम्रो स्वतन्त्र राष्ट्रिय अभियानले देश र नागरिकको हक र हितको आवाज उठाउँदै अगाडि बढेको छ ।
 समितिको सदस्यताका लागि कुन–कुन मापदण्डको व्यवस्था छ ?
 हाम्रो स्वतन्त्र राष्ट्रिय अभियानका संयोजकदेखि सदस्यसम्म निम्न मापदण्डको व्यवस्था छ, जसमा सदस्य भैसकेपछि सम्पत्ति सार्वजनिक गर्नुपर्ने छ, यस अभियानको सदस्य भैसकेपछि अरु कुनै पनि दल पार्टी र अभियानको सदस्य बन्न पाउने छैन, कमिसन र भ्रष्टाचार गरेको पाएमा स्वतन्त्र राष्ट्रिय अभियानले साधारण सदस्य नरहने गरि कार्वाही गर्नेछ, कुनै पनि समयमा कल रेकड सार्वजनिक गर्न सक्नु पर्नेछ, परिवारिक सम्बन्ध समधुर माया प्रगाढ हुनु पर्नेछ, आफ्नो माता पितालाई बिहान उठ्न बितिकै र साँझ सुत्ने बेला प्रणाम गर्नु पर्नेछ, फेसबुक स्टाटस र भ्रष्टाचारको विषयमा बोल्दा र खबरदारी गर्दा तुच्छ र छाडा शब्द प्रयोग गर्न पाईने छैन । आदि ..।
. अभियान सञ्चालनको लागि समितिले आर्थिक कसरी व्यवस्थापन गर्दै आएको छ ?
 अभियान सञ्चालन गर्न अहिलेसम्म संगठनका सदस्यहरुले नितान्त मनले सहयोग गर्नु हुन्छ र हाम्रो स्वतन्त्र राष्ट्रिय अभियान ७७ वटै जिल्लामा सञ्चालन छ । उहाँहरुले भ्रष्टाचार र बेथिति कम होस् भनेर डोनेट गर्ने व्यवस्था छ । तर, कुनै पनि सदस्यलाई डोनेट गर्नुस् भनेर भन्दैनौं ।
अभियान सञ्चालनको प्रमुख चुनौतीहरु के–के हुन् ?
 अभियान सञ्चालनका धेरै चुनौती छन् । राज्य नै हामी विरुद्व लाग्ने हामीले देश र जनताका लागि आवाजहरु उठाउँदा हामीलाई दबाउने प्रवृति हुन्छ । त्यसले यस बारे हामी दुःखी छौं ।
 जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला निकायसहित नागरिकप्रति समितिको अपेक्षा के हुन् ?
 जनप्रतिनिधि राजनीतीक दल र सरोकारवाला निकायसहित नागरिकप्रति समितिका अपेक्षा भनेको अब सम्बन्धित जनप्रतिनिधि र सरकारले यस जिल्ला जनयुद्वको चपेटाबाट अझै पनि उठ्न सकेका छैनन् । द्वन्द्वकालमा घाइते र अङ्ग भङ्ग भएका छन् गरिब दुःखी पहिचान गरि राहात र रोजगारको व्यवस्था गर्नु प¥यो । यस जिल्लामा एउटा नमूना बस्ती निर्माण गर्नु प¥यो, थबाङका जनताले के चाहेका छन् बुज्नु प¥यो र जनहितको काम गर्नु प¥योे, जिल्लामा सञ्चार माध्यमको पहँुच बढाउनु प¥यो, धेरै ठाउँमा मोबाइल टावर र नेटले काम नगर्ने ठाउँमा नेपाल टेलिकम वा NCELL सँग समन्वय गरि सञ्चारको पहँुच बढाउनु प¥यो । अझै पनि कयौं जनता स्वास्थ र शिक्षाबाट बञ्चित छन् । त्यस्तो ठाउँमा स्वास्थ चौकी, विद्यालय, मठ मन्दिर निर्माण गर्नु प¥यो र प्रत्येक रोल्पाली जनताको गुनोसो पोख्ने गुनासो केन्द्र बनाई गुनासाका कुरा तत्कालै हल गर्ने निकाय खडा गरि समस्याको हल गर्नु प¥यो । भ्रष्टाचार गर्नेलाई तुरुन्तै छानबिन गरि जेल हाल्ने व्यवस्था भएको खण्डमा रोल्पाली जनतालाई धेरै राहात हुनेछ । त्यसैले स्वतन्त्र राष्ट्रिय अभियानले जनप्रतिनिधि र सरकारवालासँग यहि अपेक्षा राखेका छौं ।
 समितिले कोरोना भाइरस नियन्त्रणमा कस्तो भूमिका निर्वाह गर्दै आएको छ, नि ?
 यस अभियानले कोरोना भाइरस नियन्त्रणमा हाम्रो आह्वान कुनै पनि ठाउँमा भिडभाड नगर्न र नगराउन भनी सामाजिक सञ्जाल मार्फत सचेत गराइरहका छांै । अझै पनि हामीले भिड र अभियान गरेको अवस्था छैन । राजावादि र केही अभियान्ता हौं भन्नेहरुले भिडभाड गरि कोरोना जस्तो संवेदनशिल रोगको ख्याल नगरि देशमा महामारि फैलाउन लागि परेका छन् । त्यसमा सरकारको ध्यान जान जरुर छ ।
 समितिको आगामी योजनाहरु बताइदिनुहोस्, न ?
 समितिले निरन्तर भ्रष्टाचार विरोध र आवाजहरु उठाई रहनेछ जिल्लाका सबै माझ हाम्रा अवधारणाहरु बुझाउने हामी संगठित हुने काम तथा समितिले केन्द्रबाट आएका निर्धारित कार्यक्रमहरु जिल्लामा गर्दै संगठन विस्तारलाई अगाडि बढाउनेछ ।
अन्तिममा केही कुराहरु छुटेका छन्, कि ?
 हाम्रो स्वतन्त्र राष्ट्रिय अभियानले कोरोना महामारिपछि जिल्लाका सबै स्थानीय तहसम्म यात्रा तय गरेका छांै । अब रोल्पाली जनता मोवाइल जतिकै स्माट बन्नु पर्ने छ । हामी अभियानको पनि अभियानको नारा हुनेछ । रोल्पाली स्माट यो अभियानको उद्वेश्य भनेको गाउँ घर र हरेक स्थान र ठाउँमा जघन्य अपराध र भ्रष्टाचार भयको खण्डमा मोबाइलमा फोटो, भिडियो, अडियो खिचि सम्बन्धित निकायसम्म पु¥याउने र सामाजिक सञ्जालमा भण्डाफोर गर्न यस अभियानको पनि अभियान भएकाले यो काम अब सबैले गर्न जरुरी छ । अब यस जिल्लाका प्रत्येक व्यक्ति अरु जिल्ला र अरु व्यक्तिभन्दा एक कदम अगाडि हुनुपर्छ । सबै जना यस अभियानलाई सफल बनाउनमा सहयोगका मेरो विनम्र अनुरोध छ । एक जना व्यक्तिको कारण देश र जिल्ला काया पलट हुन सक्छ ।

You may also like