घाटीको क्यान्सर पीडित ‘मनिराम बचाऔं’ अभियान सञ्चालन

घाटीको क्यान्सर पीडित ‘मनिराम बचाऔं’ अभियान सञ्चालन
२६ गते असार

This image has an empty alt attribute; its file name is 1.jpg

माडी गाउँपालिका ५ भाबाङ निबासी घाटीको क्यान्सर पीडित मनिराम बस्नेतको उपचार्थ आर्थिक संकलनका लागि समिति गठन भएको छ । समिति मार्फत संकलित रकमले क्यान्सर पीडित बस्नेतको उपचारमा थप सहयोग पुग्ने भएको छ ।
क्यान्सर पीडित बस्नेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ तर, उहाँको आर्थिक अवस्था कम्जोर भएको हुँदा ‘मनिराम बचाऔं’अभियान सञ्चालन समिति गठन गरेर क्यान्सर पीडित बस्नेतको उपचार भइरहेको अभियान समितिको संयोजक राम प्रसाद रोकाले बताउनुभयो । ‘मनिराम बचाऔं’ अभियान समितिको सदस्यहरु तिलक बहादुर बस्नेत, झक्कु प्रसाद बस्नेत, घम बहादुर डाँगी, लालबहादुर रोका, खिमा बुढामगर, आइतराम पुनमगर रहनु भएको छ । क्यान्सर पीडित बस्नेतको उपचारमा आर्थिक सहयोग गर्न सहयोगी मनकारी मनहरुलाई समितिको निर्णय अनुसार १६५०१००६७३५२६५०००००१ खातामा जम्मा गर्नका लागि समितिको संयोजक राम प्रसाद रोकामगरले अनुरोध गर्नुभयो ।

You may also like