महासंघको स्थापना दिवस र मेरो अनुभूति पत्रकारितामा गुणात्मक विकासको खाँचो

 

 

खेम बुढामगर
पुर्व अध्यक्ष

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको वाह्रौ स्थापना दिवसका अवसरमा रोल्पाका सबै सहकर्मी पत्रकार, रोल्पाली नागरिक र समस्त नेपालीमा शुभकामना छ । नेपाली पत्रकारिताको संस्थागत इतिहासमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थागत विकास पनि अव किशोर वन्दै गएकोछ । २०७४ मंसिर १६ गते महासंघ शाखा रोल्पा बाह्रौं वर्षमा प्रवेश गरेको छ ।
नेपाल पत्रकार महासंघको संस्थागत विकास भएको आधा सताब्दिपछि रोल्पामा महासंघको स्थापना भएको हो । विधिवत रुपमा २०६३ मंसिर १६ गते महासंघ रोल्पाको जन्म भयो । महासंघको स्थापनाको छोटो अवधिमा पनि यसको विकास कम छैन । रोल्पाको पत्रकारिता र संस्थागत विकासको चर्चा गर्दैगर्दा जिल्लाको निर्माणको सवाल पनि सान्दर्भिक होला नै ।
नेपालकै इतिहासमा रोल्पा पछिल्लो समय निर्माण भएको जिल्ला हो । २०१८ सालमा रोल्पा जिल्ला स्थापना भयो । रोल्पा जिल्ला वनाईएपछिको भुगोल भित्र वस्ने रोल्पालीको मानविय विकासका सूचकमा कमजोर छ । भौतिक पुर्वाधार, पछौटेपन, सामाजिक उत्पीडन लगायतका कोणबाट निकै पछाडि देखिन्छ । राज्यबाट उचित ध्यान पुग्न नसकेको कारण यहाँको समग्र विकास पनि यथोचित रुपमा हुन सकेको छैन । पञ्चायतकालमा यो जिल्लाको जन्म भयो । जुनवेला यहाँ विकासका खास काम हुन सकेनन् । उसताका देशकै न्यून वजेट, राजनीतिक र प्रशासनिक पहँुच नहुँदा विकासले गतिलिन पाएन् ।
वहुदल पश्चात यहीं जिल्लाबाट सशस्त्र युद्ध थालनी भयो । युद्ध अवधिभर सरकारका कुनै विकासे योजना गाउँ पुग्न सकेनन् । यहाँका नागरिकको जवानी र लालीमय जोवन भीरपहरा, कालापहाड र खाडीलाई भयो । युद्धमा हजारौं मारिए, दर्जनौ वेपत्ता भए । निर्वाहमुखि कृषि, पशुपालन र रेमिटेन्सबाट जिवन चलाईरहेका यहाँका नागरिकका लागि सूचना, सञ्चार र भौतिक विकास कसैको निगाहले हुने सवाल जस्तै वने । नागरिकको अधिकारका सवाल वनेनन् । तसर्थ, जिल्लाको समग्र विकास ६० को दशकसम्म खासै भएको देखिदैन । २०६३ साल मंसिर ५ गते तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सरकारबीच शान्ति सम्झौता भएपछि रोल्पामा केही सुधार आएका छन । ति पर्याप्त भने पक्कै छैनन् । यहाँको मानविय विकासका विषय अहिले पनि सवाल वन्दैनन् र वनेका छैनन् । जे जस्तो भएपनि साठीको दशकयता यहाँ सञ्चार माध्यम र पत्रकारिताका विकास भने भरभराउँदो छ ।
साठीको दशक भन्दा अगाडिका पुस्ताले भोगेको सञ्चार माध्यमको अभाव, विरलै भेटिने पत्रकारहरु र उनीहरुले समाचार संप्रेषण गर्ने जटिलता लगायतका अनुभव अवको पुस्ताका लागि विरानो वनेको छ । विगतको पत्रकारिताबारे अवका पुस्तालाई सुनाउँदा हाम्रा हजुरबुबा र हजुर आमाहरुले कोईलाबासबाट २०÷२५ दिन लगाएर नुन वोकेर ल्याएको यथार्थता सुनउँदा हामीलाई सपना जस्तै लाग्नु सरह हुनेछ । महासंघको स्थापना दिवस मनाईरहँदा विगत अर्थात इतिहासको झल्को र याद एकैसाथ मडारिएर आउँदो रहेछ । २०७४ मंसिर १६ गते हामीले प्रभातफेरी सहित स्थापना दिवस भव्य रुपमा सम्पन्न ग¥यौं । हामीले विगतलाई सम्झना ग¥यौं र जिल्लाको आगामी पत्रकारिताको फराकिलो र आशलाग्दो क्षितिजको बारेमा प्रतिवद्धता जनायौं । यसले हामीमो गौरववोध गराएको छ ।
साँच्ची मानव समाजको विकासक्रमलाई हेर्ने हो भने पनि विगत अर्थात इतिहास अभाव र अविकासले भरिएको हुन्छ । जति समय वित्दै जान्छ, उति विकास, विज्ञान, प्रविधि, सुविधा, दर्शनले मानिस वैभवशाली वन्दै गएको पाउँछौं । यो क्रमबाट रोल्पाको पत्रकारिता पनि अछुटो छैन । आज भन्दा करिव पन्ध्र वर्ष अगाडि यहाँ कुनै पनि सञ्चार माध्यम थिएनन् । पत्रकारहरु औंलामा गणना गर्न सकिने थियौं । नेपाल पत्रकार महासंघको विधान वमोजिम एउटा जिल्लामा शाखा स्थापना गर्नका लागि न्यूनतम पन्ध्र जना क्रियाशिल पत्रकार आवश्यक हुन्छ । २०६० सालसम्म हाम्रो जिल्लामा यहीं संख्या पनि पुग्दैन थियो । अहिले हामीसँग महासंघको शाखा छ । करिव एकसय वढि साधारण सदस्य हुनुहुन्छ । क्रियशिल पत्रकार पनि कम छैनन् । वैचारिक आस्थाका हिसावले पत्रकार संघसंगठन समेत स्थापना भएका छन
उतिवेला हामीले छिमेकी जिल्ला प्यूठान र रोल्पाका पन्ध्र जना पत्रकार मिलाएर शाखा स्थापनाको प्रयास पनि गरेका थियौं । तर, भौगोलिक दूरी टाढाका कारण संभव भएन । २०६१ पुस १४ गते कान्तिपुरकर्मी काशीराम डाँगीको संयोजकत्वमा हामीले रोल्पामा पत्रकार महासंघको तदर्थ समितिको स्थापना गरेका हौं । सोही तदर्थ समितिलाई नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको २०६२ मंसिरि १५ र १६ गते धुलिखेल काभ्रेमा सम्पन्न वैठकबाट शाखाको मान्यतता प्रदान भयो । सोही दिनलाई हामीले स्थापना दिवसका रुपमा मनाउँदै आएका छौं । रोल्पामा पत्रकारिता क्षेत्रको संस्थागत विकासको इतिहास यहीं विन्दुबाट सुरु भएको हो । पहिलो अधिवेशनबाट संयोजक डाँगी पहिलो सभापति हुनु भएको हो । दोस्रो कार्याकालमा म स्वंय, तेस्रो कार्याकाल मौसम रोका र चौंथो कार्याकाल महेश न्यौपानेबाट नेतृत्व भईसकेको छ । हाल दुईजना अध्यक्ष मानसिंह विक र महेश न्यौपाने बराबर मत ल्याएर विजयी हुनु भएको छ । र, पहिलो कार्याकालको अध्यक्षता मानसिंह विकले गर्दै आउनु भएको छ । दोस्रो कार्याकाल महेश न्यौपानेले गर्नुहुनेछ ।
महासंघ किशोरावस्थामा पुग्दै गर्दा जिल्लामा यो एउटा अकाट्य जुझारु संगठनका रुपमा विकास भएको छ । यसले पत्रकारिता क्षेत्रमा रहेका पत्रकारको सवालमा, वृत्ति विकासका पक्षमा र संस्थागत विकासमा पनि दर्विलो वनाउँदै लग्न आवश्यक छ । महासंघको आफ्नै भवन निर्माण भएको छ । तला थप गर्ने योजनामा छ । पत्रकारहरुको क्षमता अभिवृद्धि, श्रमजिवि पत्रकार ऐन, आवाज विहिनहरुको आवाज उठानमा पत्रकारहरुलाई हौसला र प्रोत्साहन प्रदान गर्नमा महासंघ अभैm जिम्मेवार वन्दै जानेछ ।
महासंघको स्थापनासँगै नेपालमा शान्ति प्रक्रिया सुरु भएको हो । शान्ति प्रक्रियासँगै रोल्पामा सञ्चारमाध्यम र पत्रकारिता फराकिलो वन्न गयो । यो गौरवको विषय हो । २०६३ साल पुस २१ गते रोल्पा आवाज पाक्षिक पत्रिका प्रकाशन भएको हो । समाचारमुलक पत्रिकाको इतिहासमा यो नै पहिलो हो । त्यस लगत्तै रोल्पा समाचार साप्ताहिक पत्रिका प्रकाशनमा आयो । छापा पत्रिकाको इतिहासमा यि दुई पत्रिका जग हुन । रोल्पा आवाज पाक्षिक अहिले वन्द अवस्थामा छ भने रोल्पा समाचार प्रकाशन भईरहेको छ । छापा पत्रिका प्रकाशनको लहर एक दशकमा आशलाग्दो रुपमा विकास भयो । अहिले दर्जन वढि साप्ताहिक पत्रिका दर्ता भएर प्रकाशन हुँदै आएका छन, एकाध निरन्तर प्रकाशन हुन नसकेपनि । यिनै छापा पत्रिकामा काम गर्ने पत्रकारको संख्या आशलाग्दो छ ।
त्यसो त, २०६५ साउन ९ गते रोल्पामा सामुदायिक रेडियो रोल्पा स्थापना भयो । २०६५ फागुन १ गते रेडियो जलजला स्थापना भयो । यि मितिमा नै वैधानिक रुपमा रेडियो स्थापना भएको भन्न सकिन्छ । यद्यपी, त्यसभन्दा अगाडि सशस्त्र युद्धको समयमा रोल्पाबाट जनगणतन्त्र रेडियो वजेको थियो । सामुदायिक रेडियो स्थापनामा पनि जिल्ला अव्वल वन्दै गएको छ । सदरमुकाममा मात्र अहिले तीन वटा, होलेरीमा दुईवटा र माडीगाउँपालिका घर्तीगाउँमा एकवटा रेडियो स्थापना भईसंचालनमा छन । यिनै संचारमाध्यममा काम गर्ने पत्रकारको संख्या दिनानुदिन वढिरहेको छ ।
सञ्चारमाध्यमका विकास सँगसँगै पत्रकारिताको विकास हुँदोरैछ । संख्यात्मक रुपमा सञ्चारमाध्यम र पत्रकारहरुको विकास हुनु सुखद पक्ष नै हो । सञ्चार माध्यमहरु साधन मात्र हुन्, त्यहाँ काम गर्ने पत्रकारहरु साध्य हुन् । तसर्थ, पत्रकारहरुको गुणात्मक विकास नभईकन रोल्पाको पत्रकारिता अव्वल वन्न सक्दैन । अवको हाम्रो दायित्व पत्रकारितामा गुणात्मक विकास गर्ने हुनुपर्छ । यसैमा महासंघको ध्यान जान जरुरी छ । छाता संगठनको नाताले यहाँका पत्रकारको हकहितको सवालमा जुझारु वनाउने र पत्रकारहरुको क्षमता विकासमा जोड दिने योजना र कार्यक्रमका साथ अघि वढ्नैपर्छ ।
प्रेस स्वतन्त्रतासहितको उत्तरदायी पत्रकारिता समाजको आवश्यकता हो । वदलिईरहने राजनीति र नेताको जिवनशैलीका सवाल होईन, जुनै व्यवस्था आएपनि नवदलिने आवाजविहिन जनताको जिवनशैलीका सवालमा केन्द्रित पत्रकारिताको खाँचो छ । विगतका कुनै क्षणमा व्यवस्था परिवर्तनमा महासंघ पनि होमिएको थियो । आज ति दिन छैनन् । अहिले पनि समाजमा बालविवाह छ, वहुविवाह छ, लैंगिक हिंसा छ, सामाजिक विकृति विसंगति छ, उत्पीडन छ, अभाव छ, अशिक्षा छ, हिंसा छ, अविकास छ । स्वास्थ्य सेवा प्रभावकारी छैनन् । विद्यालय दरबन्दि विहिन छन । रोजगारी छैन । युवाहरु खाडीमुलुक पुग्नु पर्ने अवस्था छ । समाज निर्वाहमुखि कृषि र पुशपालन युगमै गुज्रीरहेको छ । यि यावत सवालमा टिखो रुपमा कलम चलाउनुको विकल्प छैन । यि सबै समस्यको मूल कारकतत्व के हो ? नागरिकले जान्न पाउने र नागरिकलाई सूचित गर्ने विषयमा अग्रसर हुनेगरी अवको पत्रकारिता अघि वढ्न आवश्यक छ । स्थापना दिवसको अवसरमा पुनः सबैमा शुभकामना ।

(२०६२ साल मंसिर १६ गते स्थापना भएको नेपाल पत्रकार महासंघ रोल्पाको १२ आँै स्थपानाको सन्दर्भमा लेखिएको लेख रोल्पा समाचार साप्ताहिकमा २०७४ साल मंसिर १७ गते प्रकाशित)

You may also like