ऊर्जामन्त्री पुनद्वारा रोल्पामा कोरोना विरुद्धको स्वास्थ्य सामाग्री प्रदान

मानसिंह विश्वकर्मा

चैत्र २१ रोल्पा

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले रोल्पामा कोरोना विरुद्धको अभियानलाई सघाउ पु¥याउनका लागि व्यक्तिगत रुपमा स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । शुक्रबार स्वास्थ्य सामाग्री प्रमुुख जिल्ला अधिकारी मार्फत सबै गाउँपालिकामा पठाई दिने गरी प्रदान गर्नुभएको हो ।

विश्वमै महामारी एवं संकटको अवस्थामा रोल्पा जिल्लामा सामग्रीको अभाव भइरहेको समयमा मन्त्री पुनमगरले व्यवस्था गर्नुभएको हो । उर्जामन्त्रीका स्वकीय सचिव सन्तोष पुनमगरले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण गर्नुभएको हो । रोल्पा जिल्लामा स्वास्थ्य सामाग्री खड्की रहेको बेलामा ४० सेट पि.पी.ए. सेट, १० सेट इन्फाइरेटर थर्ममिटर १० सेट र ४ हजार वटा माक्स प्रदान गर्नुभएको हो । यो रोल्पाका स्थानीयतहका लागि निकै राहत हुने भएको छ ।

मन्त्री पुनमगरले रोल्पा जिल्लामा उपचार गर्ने स्वास्थ्यकर्मीहरुका लागि सामाग्री नै नभएपछि आफूले पहल गरेर नै पठाइ दिएको बताउनुभयो । उहाँले आफूले रोल्पा जिल्लामा हुन सक्न सम्भावति घटनालाई मध्यनजर गर्दै अझै अन्य सामाग्रीहरुको व्यवस्था पनि गर्ने प्रतिवद्धता जनतानउभएको छ ।

हस्तातरण गर्दै स्वकीय सचिव सन्तोष पुनमगरले मन्त्रीको पहलमा नै आफूले कठीन अवस्थामा सामानको जोहो गरेर लिएको त्यसलाई रोल्पा जिल्लाका स्वास्थ्यकर्मीले प्रयोग गरेर आम रोल्पालीलाई खतरामुक्त गर्नका लागि अनुरोध गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मन्त्री वर्षमान पुनमगरले जिल्लालाई प्रदान गर्नुभएकोमा धन्यवाद दिर्दै आगामी दिनमा पनि सहयोग गर्नुहुने विश्वावस व्यक्त गर्नुभयो । साथै सो सामग्रीहरु तत्काल स्थनीय निकायमा पठाउने गरीसमेत व्यवस्था गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ढकालले प्रत्येक स्थानीयतहलाई १ वटा इन्फाइरेटर थर्ममिटर, ४ सेट पि.पी.ए. सेट र माक्स आवश्यकताका आधारमा पठाई दिने गरी व्यवस्था गरिएको बताउनुभयो ।

यस्तै जिल्ला अस्पतालमा भने उपचारमा खतिने स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री नै अभाव भएको प्रमुख डा. धनमायाँ घर्तीमगरले बताउनुभयो । हालसम्म २१ सेट पि.पि.ए सेट २ सेट इन्फाइरेटर थर्ममिटर र ३००० पीस माक्स रहेको बताउनुभयो ।

 

You may also like