कृषि र पशुपालनबाट मात्रै सम्बृद्धीको सपना साकार पर्न सकिन्छ’ –आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी


मानसिंह विश्वकर्मा÷जुनिष्ट कुमार विष्ट
मंसिर १४ जेलबाङ,

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्राविधिक शिक्षाको अध्यापनबाट कृषि र पशुपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै नेपालको कृषि र पशुपालन क्षेत्रमा कायपलट एवं सम्बृद्धीको सपना साकार गर्न सकिने बताउनुभयो । उहाँले यस्तो विचार सुनछहरी गाउँपालिका–७ जेलबाङ स्थित रोलबाङ माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) द्वारा मान्यता प्राप्त विद्यालयतहको प्राविधिक शिक्षा अन्तर्गत पशु विज्ञान विद्यालयको उद्घाटन कार्यक्रममा बताउनुभएको हो ।
मन्त्री केसीले विगतमा जनताको छोरा छोरीले अध्यापनका लागि धेरै कष्ट गर्नुपर्ने भएको स्मरण गराउँदै १० वर्षको जनयुद्धपछि जनताको छोरा छोरीले पनि प्राविधिक बिषय अध्ययन गर्नका लागि सहज भएको बताउनुभयो । नेपालको सम्बृद्धिका लागि कृषि क्षेत्र र पशुपालनको क्षेत्रलाई नै प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । रोल्पा र जेलबाङको भूमिका स्मरण गर्दै भन्नुभयोः‘हामीले जनयुद्धकालमा धेरै बलिदान ग¥याँै, जो १० वर्षे जनयुद्धकालमा एउटै गा.वि.स.बाट ७३ जना शहीद बनेको गा.वि.स हो त्यसैले बलिदानको तुलनामा अझै विकास हुनु पर्दछ । जेलबाङ एउटा इतिहासको यो युग निर्माणका लागि जेलबाङ र जेलबाङबासीको ठूलो योगदान रहेको छ ।


रोल्पा क्षेत्र नं. क बाट निर्वाचित एवं मन्त्री केसीले आफूले पनि रोल्पा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको किवाकसा लागि लागि परेको बताउँदै उहाँले ल्ुम्बिनी प्रदेशमै नमूनामय बन्दै गएको बताउनुभयो । कृषि र पशु पालनमा पनि प्रदेशले पहिलो प्राथमिकतका साथ नीति तथा कार्यक्रमहरु मन्त्रालय मार्फत जिल्लामा कार्यक्रम पठाई सकिएके बताउनुभो । उहाँले भन्नुभयोः‘पाल्पादेखि रोल्पासम्मको रोड करिडोर कार्यक्रम, मिसन कार्यक्रम, पकेक कार्यक्रम, ब्लक कार्यक्रम लगायतले किसानको जीवनलाई आमूल परिवर्तन गर्न सकिने बताउनुभयो ।
मन्त्री केसीले सुनछहरी गाउँ पालिकाको शिक्षा क्षेत्रमा यस विद्यालयले नयाँ अध्याय थपेको बताउँदै अब परिणाम मुखी काम गर्नका लागि अनुरोध गर्नुभयो ।
यसै कार्यक्रमका विशिष्ट अतिथि उपराष्ट्रपतिका नन्दबहादुर पुनमगर ‘पासाङ’का स्वकीय सचिव शुकबहादुर रोकामगर ‘शरद’ले सुनछहरी गाउँपालिका पशु विज्ञानमा अध्यायन हुनुले गाउँपालिकाको शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताउँदै यस विद्यालयलाई नमूना योग्य बनाउको लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले व्यावहारिक रुपमा नै सबै विद्यार्थीलाई विज्ञको रुपमा निर्माण गरी स्वरोजगार बनाउनको लागि लागि शिक्षक एवं विद्यार्थी अभिभावक एक भएर लाग्नु पर्ने बताउनुभो ।
यस्तै सुनछहरी गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगर ‘रक्तिम’ले विगतमा र वर्तनमाको सबै क्षेत्रमा सुनछहरी गाउँपालिका पछाडि परेको स्मरण गराउँदै त्यसलाई टोड्नका लागि अगाडि बढेको बताउनुभो । उहाँले सुनछहरी र सुनछहरीबासीका लागि यो विद्यालयले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।
कार्यक्रममा प्राविधिक शिक्षाका प्रमुख विशेष केसीले आफूले सकेसम्म आफ्नो ज्ञान र सीपलाई प्रयोग गरी यस विद्यालय र विद्यार्थीहरुलाई नमूना योग्य बनानको लाग्ने बतायनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगर, नेकपा रोल्पाका सचिव हरीप्रसाद घर्तीमगर, सुनछहरी गाउँपालिका वडा नं. ४ स्यूरीका अध्यक्ष खडक घतीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, सुनछहरी गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती भण्डारी, जनता मा.वि. गामका प्रअ बागवीर घर्तीमगर लगायतले शुभकामना मनतव्य दिनुभएको थियो ।

This image has an empty alt attribute; its file name is stdun-1024x473.jpg

यस विषयको अध्ययनका लागि ४० जना विद्यार्थीको कोटा प्राप्त अनुसार पहिलो वर्ष अध्ययनमा प्यूठान जिल्लाबाट ३ जना, थबाङ गाउँपालिकाबाट २ जना र बाँकी ३५ जना विद्यार्थी सुनछहरी गाउँपालिकाबाट नै अध्ययनका लागि भर्ना भएको विद्यालयको प्रधानाध्यापक लोकनाथ पन्थीले बताउनुभयो । यस विद्यालयमा पशु विज्ञानको पढाई सञ्चालन नभएको यस गाउँपालिकाका धेरै विद्यार्थी अध्ययनका लागि गाउँपालिका बाहिर जानुपर्ने बाध्यता थियो । तर, पशु विज्ञानको पढाई सञ्चालन हुँदा यस गाउँपालिकाको विद्यार्थीहरु आफ्नै गाउँमा अध्ययनको वातावरण सिर्जना भएको उहाँको भनाइ छ । यस विषयको अध्ययनका लागि मुख्य प्रशिक्षक एक जना र सहायक प्रशिक्षक दुई जना गरि तीन जना प्रशिक्षकहरु छनौट भइसकेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा पढाईको लागि विद्यालय भवन निर्माधिन रहेकोले तत्कालको लागि पठनपाठन विद्यालय भवनमा पढाई सञ्चालन गर्न लागेको विद्यालयको प्रधानाध्यापक पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै, पशु विज्ञानको अध्ययनका तयारीमा रहेकी स्वर्गद्वारी नगरपालिका खमी घर्तीमगरले आफूले छिमेकी गाउँ जेलबाङमा नै अध्ययन गर्न पाएकोमा धेरै खुशी भएको बताउनुभयो । अहिले आफ्नै गाउँमा प्राविधिक तहको पढाइ सुरु हुने भएपछि गाउँमै पढ्न लागेको बताउनुभयो । उहाँले आफ्नै गाउँमा प्राविधिक तहको सञ्चालनले विशेष गरी आर्थिक भार घटेको धारणा व्यक्त गर्नुभयो । विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्ययनको लागि गाउँ बाहिर वा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । अब गाउँमै प्राविधिक शिक्षाको पढाइ हुने भएपछि आफू अत्यन्तै खुसी भएको जेलबाङका समाजसेवी चन्द्रबहादुर बुढामगरले बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापनन समितिका अध्यको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन शिक्षक हिमलाल पोख्रेलले गर्नुभएको थियो ।
रोल्पा जिल्लाको पूर्वी रोल्पाको कृषि र पशुपालनको क्षेत्रमा उर्वर मानिएको जेलबाङमा प्राविधिक विद्यालय सञ्चालन हुनुले निकै खुशी भएका छन् । अब त्यस क्षेत्रको कृषि तथा पशुपालनको क्षेत्रमा सहज एवं आधुनिकीकरणका लागि यसले सहयोग गर्ने अनुमगन गरिएको छ । यो विद्यालय सञ्चालन भएपछि स्थानीयबावीहरु, विद्यार्थी एवं अभिभावक मात्रै होइन आम नागरिक नै खुशी देखिएका छन् । पूर्वी रोल्पा त्यही मध्ये पनि विगतको जनयुद्धमा करिव ७३ जनाको बलिदान भएको शान्ति वडाका नागरिकहरुको थोरैभएपनि खुशी भएका छन् त्यसलाई अझ धेरै खुशी दिनतिर सरकार र राज्य लाग्नुपर्नेदेखिन्छ ।

You may also like