उर्जामन्त्री पुनमगर रोल्पाको स्वास्थ्य भवन शिलेन्यास, लाकुरीको सवस्टेशन उद्घाटन गर्न आउँदै


मंसिर १५ रोल्पा लिबाङ

This image has an empty alt attribute; its file name is barsaman-pun.jpg


ऊर्जा जलस्रोत एवं सिचाइ मन्त्री वर्षमान पुनमगर आज रोल्पा जिल्लाका विभिन्न स्थानीयतहमा निर्माण गरिने स्वास्थ्य भवन र लाकुरीको सव स्टेशन उद्घाटन गर्नका लागि रोल्पाका विभिन्न स्थानमा हेलीमा आउनु हुनु भएको छ । रोल्पा जिल्लाको विभिन्न स्थानीयतहमा जानुपर्ने भएकोले हेलीमा आएर उद्घाटन गर्ने कार्यक्रम रहेको उर्जामन्त्रीको सचिवालयले बताएको छ ।
आज विहान करिव ९ बजे रोल्पाको खुमेल सात्दोवाटो नजिकै लाकुरीमा रहेको सवस्टेशन उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख श्यामकुमार शर्माले बताउनुभयो । यसैगरी उहाँ सात्दोवाटो खाना खाने कार्यक्रम रहेको छ । त्यस पछि परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा स्वास्थ्य भवनको शिलेन्यास ११ बजे , माडी गाउँपालिका घर्तीगाउँमा स्वास्थ्य भवनको शिलेन्यास १ बजे, त्रिवेणी गाउँपालिकामा स्वास्थ्य भवनको शिलेन्यास कार्यक्रम २ बजे रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले बताउनुभयो ।
रोल्पा जिल्लामा संघीय सरकारले ३९६ वटा स्वास्थ्य भवन निर्माणको लागि आजै शिलेन्यास गर्ने भएपछि रोल्पा जिल्लामा आज परिवर्तन गाउँपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका र परिवर्तन गाउँपालिकामा भवन निर्माणका लागि आजै शिलेन्यास गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सुनछहरी गाउँपालिकाको स्वास्थ्य भवनको शिलेन्यास लुम्बनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले गर्नुहुने भएको छ । यसै थबाङको प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले गर्ने कार्यक्रम समेत रहेको छ । यो भवनहरु निर्माण भएर स्वास्थ्य सेवा दिन थालेपछि जनतालाई सहज हुने भएको छ ।

You may also like