२०७ औं भानु जयन्तीकोमा रोल्पाका दुई जना साहित्यकार पुरस्कृत

२०७ औं भानु जयन्तीकोमा रोल्पाका दुई जना साहित्यकार पुरस्कृत
असार २९
लिबाङ–रोल्पा

२०७ औं भानु जयन्तीको अवसरमा रोल्पा जिल्लाका दुई जना सहित्यकारहरु पुरस्कृत हुनुभएको छ । यसले साहित्य रचनामा थप सहयोग पुग्ने भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाको उप प्रमुख विमला थापा मगर, विशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, नेपाल काँग्रेस रोल्पा जिल्लाको कार्यबाहक सभापति किशोर कुमार आचार्य, नेपाली लेखक संघ केन्द्रीय सदस्य दामु मर्सिपूmल, राप्ती साहित्य परिषद् केन्द्रीय सदस्य एवं जिल्ला शाखाको संस्थापक अध्यक्ष डी.वी. टुहुरो, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको निवर्तमान जिल्ला सभापति एवं समाज सेवी कृष्ण बहादुर घर्ती, बार रोल्पा जिल्ला अध्यक्ष टेकम प्रसाद घर्ती, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले मनतव्य राख्नुभएको थियो ।

साहित्यिक उन्नयमा सक्रिय रहेनुभएको माडी गाउँपालिका–५ भाबाङ रोल्पा निबासी गीगा निर्दाेशिद्वारा स्थापना ‘सरुपाचित्र नारी प्रतिभा पुरस्कार २०७७’बाट सुनछहरी गाउँपालिका–७ जेल्बाङ रोल्पा निबासी विपना मगर ‘काफिया’लाई पुरस्कृत हुनुभएको छ । त्यसैगरी ‘देविकी दामोदर बाल प्रतिभा पुरस्कार २०७७’ बागेश्वरी माध्यमिक विद्यालय रोल्पा नगरपालिका–९ रोल्पामा कक्षा ८ मा अध्ययनरत निशा पुमगर पुरस्कृत हुनुभएको हो । कार्यक्रमको प्रमुख अतिथि विमला बुढा थापा र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर सहित अन्य अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको थियो । भानु जयन्तीको अवसरमा सहभागि साहित्यकारहरुले रचना समेत बाचन गर्नुभएको थियो ।
आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको थियो । १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । वधुशिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो भने प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना सहितका कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भोलिवादका कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै गर्नुभएको थियो । भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली । भानुभक्तका विषयका अध्येता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले भानुभक्तको भोलिवादको विरोधमा रचना भएको कवितालाई आजका शासक तथा प्रशासकले बुझेर व्यवहारमा उतार्न सकेमात्र सुशासन र समृद्धि सम्भव हुने बताए । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान पु¥याउनुभएको छ । ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । उहाँभन्दाअघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । अध्येता ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले उहाँलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँदै आएका छन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँयुग निर्माण गरेको छ । उहाँको निधन १९२५ असोजमा भएको थियो । उहाँको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम सहित नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य तिलक संघर्ष मगरले गर्नुभएको थियो भने स्वागत सल्लाकार ओम के.सी.ले गर्नुभएको थियो ।

You may also like