गुराँस साहित्य सकियो – रोल्पालाई साहित्यक क्षेत्रबाट माथि उठाउनु पर्दछ

–प्रमुख, राजबहादुर बुढामगर
रोल्पा समाचारदाता
साउन ६ गते लिबाङ


जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले रोल्पा जिल्लालाई साहित्यक क्षेत्रको उर्वरभूमी बनिरहेको बताउँदै साहित्यक क्षेत्रबाट नै रोल्पा जिल्लालाई माथि उठाउनु पर्ने बताउनभयो ।
यस्तो विचार प्रमुख राजबहादुर बुढामगरले ‘पर्यटन विकासका लागि साहित्य’ भन्ने मुल नाराका साथ सम्पन्न भएको रोल्पा गुरासे साहित्यक मेला २०७६ को धन्यवाद कार्यक्रमसहित समापन कार्यक्रममा बोल्दै बताउनुभयो ।


प्रमुख अतिथि रोल्पा जिल्लाको सदरमुकाम लिबाङको पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु बनाउनको लागि जलजला पदयात्रालाई जोड्न आवश्यक रहेको बताउनुभयो । यसमा साहित्यक भूमिका निर्वाह गर्नु पर्ने बताउनुभएको थियो । साथै रोल्पा जिल्लालाई सकरात्मक, शान्ति, मिलन र निर्माणको जिल्लाको रुपमा चिनाउनको लागि अनुरोध गर्नुभयो । उहाँले रोल्पा जिल्लालाई सबैको सहयोगमा नयाँ स्तरमा उठाउनु पर्ने बताउनुभो ।

जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा सोमबार विहान भएको धन्यवाद कार्यक्रमममा सम्पन्न गरिएको हो । रोल्पा गुराँसे मेला २०७६ बैशाख १५ देखि १७ गते सम्म सम्पन्न भएको थियो । लिबाङमा औपचारिक उद्घाटन कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । सो टोली नै रोल्पा नगरपालिकाको धबाङको ओखरनी हुँदै जलजला, थबाङ, परिवर्तन गाउँपालिकामा विभिन्न साहित्यक कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

c
यसैगरी धन्यवाद कार्यक्रममा रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसीले साहित्यक विकासका लागि रोल्पा नगरपालिकाले क्रमागत रुपमा योजना निर्माण तथा कार्यन्यन गरेको बताउनुभएको छ । रोल्पा जिल्लामा सम्पन्न गरिएको कार्यक्रमले रोल्पालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चामा पु¥याएको बताउदैँ आगामी दिनमा समेत कार्यक्रम आयोजना गरिएको बताउनुभयो । आफूहरुले गर्दछौँ भन्दा पनि गरि सकेपछि सबैलाई देखाउने गरिरहेको बताउँदै यस्ता कार्यक्रम अझै गरिदै जाने बताउनुभयो । साथै उहाँले साहित्यक क्षेत्रका विकासले पनि जिल्लालाई मथि उठाई रहेको बताउनुभयो । कार्यक्रम सम्पन्न गर्ने मूल आयोजक समिति लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गुराँस साहित्य मेलाका आर्थिक उपसमितिका संयोजक ओम केसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो रोल्पा नगरपालिकाबाट ७ लाख ३६ हजार ३५८ र सहयोगबाट ३ लाख ७ हजार ५३० गरी १० लाख ४३ हजार ८८८ खर्च भएको जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहयोग गर्ने विभिन्न निकायहरुलाई सम्मान गरिएको थियो । आगामी दिनमा समेत गर्न सकिने कुरा बताउनुभयो ।
रोल्पा गुराँसे साहित्यक मेला २०७६ को मूल आयोजक समितिका संयोजक डी.वी. टुहुरोले रोल्पा जिल्लामा हुने साहित्यक गतिविधिहरुले रोल्पा जिल्लाको विकासमा योगदान पु¥याएको बताउँदै आगामी दिनमा पनि अन्य स्थाथानीयतहहरुले पनि यसबाट अनुशरण गर्नका लागि अनुरोध गर्नुभयो ।
अथाह मेतहनतले मात्रै सम्भवन भएको सहसंयोजक दिप दर्पणले भने रोल्पामा हुने साहित्यक कार्यक्रमले नेपालको साहित्यक क्षेत्रलाई योगदान गरेको सदस् सचिव नविन लोचनले बताउनुभयो । रोल्पामा सञ्चालित साहित्यक कार्यक्रमले रोल्पा जिल्लालाई निकै माथि उठाउन सफल भएको छ ।

रोल्पा समाचार साप्ताहिक र रोल्पा अफसेट प्रेसमा यहाँहरुले थोपा थोपा जम्मा गरेकोबाट रोल्पामा हुने हरेक कार्यक्रमलाई सहयोग गर्दै आई रहेका छाँै । गतशालको रोल्पा बृहत साहित्य सम्मेलनमा पत्रकार महासंघको तर्फबाट साझेदारी गरेका थियौँ । गुराँसे साहित्यसम्मेलनमा पनि यो मेलामा साझेदारी गर्ने जिम्मेवारी प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिदैँ आगामी दिनमा प्रदान सहकार्य जारी रहनेछ । हाम्रो समाचारको तर्फबाट सम्मान गर्नुभएकोमा फेरी आभारी छौँ । आयोजक प्रति ।

You may also like