नेपाल तरुण दल रोल्पाको विशेष पहलमा वेपत्ता पत्रकार रोकामगरका परिवालाई जस्तापाटा हस्तान्तरण

नेपाल तरुण दल रोल्पाको विशेष पहलमा वेपत्ता पत्रकार रोकामगरका परिवालाई  जस्तापाटा हस्तान्तरण
१५ वैशाख, लिबाङ–रोल्पा ।


थबाङ गाउँपालिका–३ मिरुल रोल्पा निबासी सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षबाट वेपत्ता पारिएका रेडियो नेपाल क्षेत्रीय प्रशारण विरेन्द्रनगर सुर्खेतमा मगर खाम भाषाको समाचार प्रस्तोता धनबहादुर रोकामगरका परिवारलाई नेपाल तरुण दल रोल्पाको पहलमा  र जस्तापाटा प्रदान गरिएको छ । यस सहयोगबाट जिर्ण भवनको छाना पुनः निर्माणको लागि थप सहयोग पुग्ने भएको छ ।
नेपाली काँग्रेस रोल्पाका महा समिति सदस्य पूर्व पार्टी सचिव युवा नेता झक्कुप्रसाद घर्तीमगरले वेपत्ता पारिएका पत्रकार रोकामगरका परिवारलाई रु ७१ हजार प्रदान गर्नुभएको छ । पत्रकार रोकालाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षयबाट २०५८ असार महिनामा वेपत्ता पारिएको थियो । वेपत्ता पारिएका पत्रकार रोका मगरको परिवारमा आर्थिक अभावको कारण घरको छानो जिर्ण बनेको छ ।

तत्कालीन राज्य र विद्रोही पक्ष बीचको विस्तृत शान्ति सम्झौता अनुसार महत्वपूर्ण कार्यहरु संविधान निर्माण, सेना समायोजना र सत्य निरुपन तथा मेलमिलाप आयोगमध्ये संविधान निर्माण र सेना समायोजना कार्य सम्पन्न भएको छन् । तर, सत्य निरुपन तथा मेलमिलाप आयोगले आफ्नो कार्य समयमा नै सम्पन्न नगर्दा विशेष गरी सशस्त्र द्वन्द्वको पीडितहरुले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । वेपत्ता परिएका व्यक्तिहरुको पत्रकार धनबहादुर रोका मगरको पीडासँग धेरै परिवारमा मिल्छ । यति बेला बेपत्ता परिवारहरु आर्थिक र भावनात्मक रुपमा पीडित बन्नुपर्ने बाध्यता छ । ति परिवारहरुले हालसम्म राज्य भएको महशुस नै गर्न पाएका छैन ।

यो समयमा नेपाल तरुण दल रोल्पाको विशेष पहलमा सोही घरको छानो छाउनेका लागि आर्थिक संकलन अभियान शुरुवात गरिएको थियो । अभियान अन्तर्गत शनिबार टुटुमा एक अनौपचारिक कार्यक्रमबाट रोकाका छोराहरु बसन्त रोकामगर र रामचन्द्र रोकामगरलाई नगद र जस्तापाटा हस्तारण गरिएको थियो । यस सहयोगले वेपत्ता पत्रकार रोकामगरका परिवारलाई घरको छानो फर्नेमा थप सहयोग पुग्ने भएको छ । आर्थिक अभावको कारण घर नै जिर्ण अवस्थामा छ । तर, आर्थिको अभावले रोकामगरका परिवारले नयाँ भवन निर्माण गर्न सकेको छैन ।
उक्त कार्यक्रममा नेपाल तरुण दल रोल्पाको सभापति तिलबहादुर बुढाथोकी, नेपाली काँग्रेस रोल्पा जिल्ला महा समिति सदस्य झक्कुप्रसाद घर्तीमगर, नेपाली काँग्रेस रोल्पा प्रदेश (ख) क्षेत्रीय सभापति गोपाल घर्तीमगर, नेपाल तरुण दल रोल्पाको वरिस्ठ उपाध्यक्ष पशुपति घर्तीमगर, नेपाल तरुण दल रोल्पाको सह– कोषाध्यक्ष प्रताप बुढामगर तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । नोबेल कोरना भाइरस (कोभिड–१९)को विश्व नै लक डाउनको समयमा मानवीय भावनाले नगद र जस्तापाटा हस्तारण भएपनि मौसम प्रतिकुलको कारण घरको छानो छाउनमा समस्या भएको नेपाल तरुण दल रोल्पा जिल्ला वरिष्ठ उपाध्याक्ष पशुपति घर्तीमगरले बताउनुभयो । यो अभियानलाई सफल बनाउन सहयोग गरेर साथ दिनु हुने नेपाली काँग्रेस पार्टी रोल्पालाई विशेष धन्यवाद सहित देश तथा विदेशको विभिन्न ठाउँबाट सहयोग निकायहरुलाई उच्च सम्मान व्यक्त गर्दै विशेष ध्यन्यावद नेपाल तरुण दल रोल्पाले व्यक्त गरेको छ । नेपाली काँग्रेस पार्टीभित्र सहिद परिवार सम्बन्ध अझै नजिक बनाउने लक्ष्यका साथ सबैको जिम्मेवारीले आज अभियानको सुरुवाती चरणमै सफलताको अनुभूति अभियान्ताहरुले गरेका छन् । यो लक डाउनको समयमा अभियानको प्रचार प्रसारमा प्रभावित भएको थियो । तर, सहयोगी मनहरुको सहयोगबाट अभियान्ताले सार्थकता पाएको नेपाल तरुण दल रोल्पा जिल्ला वरीष्ठ उपाध्यक्ष पशुपति घर्तीमगरले जानकारी दिनुभयो । आगामी दिनमा यस्ता कार्यक्रमलाई नेपाल तरुण दल रोल्पाले निरन्तरता दिने कुरामा प्रतिवद्ध व्यक्त गरेको उहाँले बताउनुभयो ।

You may also like