१४ औँ वार्षिकोत्सब र हाम्रा संकल्पहरु

रोल्पा समाचार साप्ताहिक माघ ५ गते
रोल्पा समाचार साप्ताहिकको १३ औँ वर्ष पूरा गरी १४ वर्षमा अगाडि बढीरहेको छ । रोल्पा समाचार साप्ताहिकको १४ आँै वार्षिकोत्सव तथा रोल्पा समाचार साप्ताहिकको भवन उद्घाटन कार्यक्रम माघ २ गते हुने भएको छ । वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम भव्यतामा सम्पन्न भएको छ । हाम्रो सफलताको यात्रालाई अझै हात दिदै हरेक पाइलामा इट्टा थप्नका लागि सबै सरोधारवाले प्रतिवबद्धता व्यक्त गर्नुभएको छ । यो हाम्रो लागि निकै खुशीको विषय हो । विगतदेखि सबैको सहयोगबाट अगाडि बढेको हाम्रो यात्रा आगामी दिनमा पनि अझै प्रघात एवं घनिष्टता हुने भन्ने कुरामा हामी अझ बढी विश्वास बढेको छ । हाम्रो यात्रा रोकिने छैन ।
रोल्पा जिल्ला प्रशासन कार्यालयमा २०६३ साल कात्तिक २३ गते पहिलो अंक प्रकाशित भएको थियो । २०६८ सालमा पत्रिकाको जिम्मेवारी मानसिंह विश्वकर्माले लिनुभएको थियो । १३ वर्षका निकै कष्ठकर दिनहरुसँग पनि हामी सबैको सामूहिक प्रयासबाट सामाना गरेका थियौँ । रोल्पा समाचार साप्ताहिकको १४ आँै वार्षिकोत्सव माघ २ गते मनायौँ । समाचार साप्ताहिकको १४ आँै अवसरमा ‘पुरुस्कार वितरण तथा सम्मान एवं रोल्पा समाचार साप्ताहिको भवन उद्घाटन’ समारोह संघीय सरकारका ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री माननीय वर्षमान पुनमगर ज्यूको प्रमुख आतिथ्यता, संघीय प्रतिनिधी सभा सदस्य एवं पूर्व सभामुख ओसरी घर्तीमगर, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी., प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठ लगायतका विशिष्ट, व्यक्तिहरुको समउपस्थितिमा सम्पन्न गरियो । मौसमको चुनौतिका बीचमा पनि सान्दारढंगले आफ्नै भवनमा बार्षिकोत्सव ऐतिहासिक र गरिमायम कार्यक्रम गर्दा निकै राम्रो भयो । यसमा सबै आउनुभएका अतिथिहरुले सकरात्मक सन्देश बोकेर फर्किनुभयो । हाम्रो सफलतामा सबैले मन एवं चित्त प्रशन्नताका साथ कामको चापको बेलामा पनि समय व्यवस्थापन गरेर आउनु हुने सबैलाई धन्यवाद छ । हामी सबैका लागि तपाईहरुप्रति आभार व्यक्त गर्दछौँ । हामीलाई आशा छ की दुर्गम जिल्लाबाट पत्रिका प्रकाशन गर्नु आफैमा धेरै चुनौतिपूर्ण कुरा हो । तर पनि सबैको सामूहिक प्रयासबाट सम्भव भएको छ । वार्षिकोत्सवको अवससरमा सम्मानित हुने पत्रिकाका खम्बाहरु, सहयोगदाता, भवन निर्माणमा व्यावहारिक रुपमा सहयोग गर्ने सबैैलाई धन्यवाद छ । साथै हाम्रो त्यस दिनको आगामी दिनमा पनि हाम्रो यात्रामा अन्तिमसम्म साथ दिनु हुनेछ । भन्ने पूर्ण विश्वास लिएका छाँै । साथै रोल्पा समाचार साप्ताहिक पत्रिकालाई व्यवस्थित गर्नका लागि हाम्रो भूमिकालाई निरन्तर रुपमा अगाडि बढाउने छौँ।
हामी यतिकैमा सन्तोष भएका छैनाँै, हाम्रो वार्षिकोत्सवमा हाम्रो कार्यालय लगायत त्यस टोलसम्म जानका लागि बाटो कालोपत्रे, नयाँ ठूलो साइजको चेक मेसिन, आफ्नै सवारी साधनबाट ढुवानी सेवा, पत्रिका दैनिक बनाउने लगायतका संकल्प गरेका छौँ । यसका लागि सबैले सहयोग गर्नुहुनेछ । किन कि हाम्रो सफलता नै तपाईहरुको सफलता हो । हामीले हात दिन सिक्नु पर्दछ तव अर्काेले पनि हात दिन्छ । हामी तपाईहरुको हरेक कदममा हात दिनेछौँ । तपाइहरुले पनि हात दिनुभयो भने हाम्रो उदेश्य लक्ष्य मिल्दछ । हामी र तपाईहरु सबै सफल हुनेछौँ । त्यसैले हाम्रो कार्यक्रम सफल पारि दिनुहुने प्रमुख अतिथि उर्जा मन्त्री वर्षमान पुनमगर लगायत सबै अतिथि, कलाकार, पत्रकार, सुरक्षाकर्मी।, व्यवस्थापनमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । तपाईहरुको प्रगतिको कामना गर्दछाँै ।

You may also like