पूर्व सभामुख घर्तीमगरका स्वकीय सचिव रोकाबाट थबाङ गा.पा.मा १ हजार ५ वटा माक्स प्रदान

रोल्पा समाचारदाता
बैशाख १२ लिबाङ


पूर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य ओनसरी घर्तीमगरका स्वकीय सचिव एवं समाजसेवी जीवन रोकामगरले आफ्नो तलबबाट खर्च व्यवस्थान गरी थबाङ गाँपालिकालमा १ हजार ५ वटा माक्स प्रदान गर्नुभएको छ ।

थबाङ गाउँपालिकामा स्वास्थ्यकर्मी माक्सको अभाव रहेको खवर पाएपछि आफ्नो तलबबाट खर्च व्यवस्थापन गरी सर्जिकल माक्स ५ सय वटा, कपडाको माक्स ५ सय र प(ढछ माक्स ५ वटा गरि जम्मा १ हजार ५ वटा माक्स रोल्पा थबाङ गाउँपालिकामा पठाउनुभएको जानकारी गराउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा भन्नुभयोः– प्रर्याप्त नहोला तर, आशा छ, थोरै भएपनि हाम्रा दाजुभाई तथा दिदिबहिनीह लाई (कोभिड–१९) कोरोना भाईरसको महामारिबाट बचाउनका लागी मैदानमा खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वयम्सेवकहरु लाई महामारी सङ्ग लड्न थप हौसला मिलोस भनी, आबश्यकता अनुसार गाउँपालिकाका ५ वटै वडामा बितरण गर्ने गरि स्थानीय सरकार थबाङ गाउँपालिका लाई यो सामग्री पठाएको जानकारी गर्न चाहान्छु ।”
थबाङ गाउँपालिका वडा नं. ३ मिरुल निवासी जीवन रोकामगरले आगामी दिनमा पनि अझै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । सबै थबाङ गाउँपालिकाबासीरुलाई कोरोना विरुद्धको लडाईमा एकताबद्ध भएर लड्नक लागि समेत आह्वान गर्नुभएको छ ।
आपतको बेलामा माक्स प्रदान गरेकोमा थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई धन्यवाद दिदँै आगामी दिनमा सहयोग एवं समन्वय गरी दिनका लागि हार्दिक अनुरोध समेत गर्नुभयो ।

 

You may also like