शैक्षिक विकासका लागि सेभ द चिल्डेनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रोल्पा समचारदाता
लिबाङ रोल्पा
जेष्ठ २९ गते


रोल्पा नगरपालिका वडा नं. २ का ६ वटा विद्यालयका १६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेभ द चिल्डेनको आर्थिक सहयोगमा विपन्न समुदायका १६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले हस्तातरण गर्नुभएको हो ।

सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको साझेदारीमा करिव ४ हजार वरावरको शैक्षिक सामग्री वितरण गरिएको थियो । रोल्पा नगरपालिकाका वडा नं. २ पिताराज आधारभूत विद्यालयका विरवल परियार, दीपा केसी र सुवास खड्का रहेका छन् । यसैगरी गरी ज्ञान चेतना प्रा.वि. धनबुढाका सुनिल बुढा, पूर्णिमा परियार, दिपक भण्डारी रहेका छन् । त्यस्तै बाल विकास प्रा.वि. हुम्जा खोलाका सध्या घर्तीमगर, नानु घर्तीमगर, विकास थापा रहेका छन् । सरस्वस्ती प्रा.वि. देउरालीका हिमकुमारी वली, सर्मिला केसी, खड्का विष्ट, बाल कल्याणका सीता डाँगी, सुनसरी बुढा, मनिसा घर्तीमगर, बालकुमारी विष्टलाई प्रदान गरिएको थियो ।

                                                        शैक्षिक सामाग्री हस्तातरण गर्दै वडा अध्यक्ष खिमबहादुर घर्तीमगर र

                                                          हुरेक रोल्पालीकी   सामाजिक परिचालक सामाना आचार्य

शैक्षिक सहयोगले पनि विद्यालयमा अध्ययन गरीरहेका बालबालिकालाई थप सहयोग पुग्ने वडा अध्यक्ष खिमबहादुर घर्तीले बताउँदै सेभ द चिल्ड्रेन र हुरेक रोल्पालाई धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी आफूहरुले विपन्न समुदायका विद्यार्थीहरु पोशाक, तथा स्टेशनरीको अभावमा विद्यालय छोड्ने, विद्यालयमा अध्ययनभन्दा श्रममा जोडिनु पर्ने समस्यालाई हल गरेको हुरेक रोल्पाका सामाजिक परिचालक सामाना आचार्यले बताउनुभयो ।
रोल्पा जिल्लाको गुणस्तर शिक्षा प्रदानका लागि सरकारी निकायसँग निरन्तर हातेमालो गर्दै सेभ्द चिल्डे«ेन र हुरेक रोल्पा पनि लागिरहेका छन् । शिक्षामा यी सँस्थाहरुको योगदान रहेको रोल्पाका शिक्षा विषयका जाकारहरु बताउँछन् । आगामी दिनमा पनि अझै यस्ता कार्यलाई निरन्तरता दिन आवश्यक छ ।

You may also like