रोल्पाका गैर सरकारी सँस्था कहाँ, के गर्देनन् छन्  कोरोना विरुद्धको लडाइमा?

रोल्पा समाचारदाता
२५ चैत्र, लिबाङ–रोल्पा


विश्वव्यापी महामारी रुपमा फैलिएको कोराना भाइरस रोकथाम एवं सचेतना सम्मन्धी काममा नेपालका विभिन्न गैर सरकारी सँस्थाहरु निस्क्रीय रहेको बेलामा रोल्पामा पनि त्यति जनअपेक्षा अनुसार काम हुन नसकेको विभिन्न सरोकारवाला निकायले गुनासो गर्न थालेका छन् । लक डाउनको समय लामो हुँदा जनताको विकास एवं सचेतनाको लागि हातेमाले गर्ने भनेका रोल्पा जिल्ला स्थिति गैर सरकारी सँस्थाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बेला आएको छ । तर त्यसतर्फ कम ध्यान दिएको जनगुनासोहरु बढ्न चालेको छ ।


जिल्लाका बजेट तथा कार्यक्रम चलाउने कतिपय सँस्थाहरु निस्क्रिय देखिएका छन् ।’
–लक्ष्मण ढकाल– प्र.जि.अ., जिल्ला प्रशासन कार्यालय रोल्पा

रोल्पा जिल्लामा भौतिक पूर्वाधार एवं मानवीय विकासका लागि काम गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय रोल्पामा ३४१ वटा दर्ता भएको जिल्ला प्रशासन कार्यालय रोल्पाका यामबहादुर वलीले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गैर सरकारी संस्थाहरुले हाल जिल्ला प्रशासन कार्यालय रोल्पामा ४७ वटा नविकरण भएको बताउँदै ति नबिकरण भएका सँस्थाहरु जिल्लामा रहेर विभिन्न कार्यक्रम तथा बजेट परिचालन गर्ने सँस्थाहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले रोल्पा समचार तथा अनलाईनसँग भन्नुभयोः–‘ जिल्लामा बजेट तथा नीति र कार्यक्रमका हिसावले अलि बढी परिचालन गर्दछन् ती सँस्थाहरुले यस बेलामा निस्क्रिय झै देखिएका छन् । बरु गाउँमा युवाक्वलले सचेतना तथा सहजीकरणमा भूमिका खेलकोछन् । ’ उहाँले ती सामाजिसंघ सँस्थाहरुले पनि काम गरेमा राम्रो हुन विचार व्यक्त गर्नुभयो ।

‘ सामान्य गतिविध गरेका छौँ, तर सरकारको नीति होम क्वारेन्टाइनमै बस्नु पर्ने अबस्था छ’
–घनश्याम आचार्य, अध्यक्ष गैर सरकारी सँस्था महासंघ रोल्पा

यस विषयमा गैर सरकारी संघ–संस्थाहरुको छाता संगठन गैर सरकारी महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्यले संघीय सरकारको नीति अनुसार नै लक डाउनको कार्यन्वयनको लागि हामी सबै सुरक्षित होम क्यारेन्टाइनमा बस्नु पर्ने अवस्था रहेको बताउनुभयो । यो संकटमा गैर सरकारी संस्था महासंघ सहितअन्य गैर सकारी संघ संस्थाहरुको भूमिका न्यून देखिनु स्वाभाविकै भएको उहाँले बताउनुभयो । आचार्यले भन्नुभयोः–‘गैर सकारी सँस्था महासंघ रोल्पामा वजेटको व्यवस्था नभएको हुँदा कोरोना सम्बन्धि जनचेतना कार्यक्रमहरु प्रचार प्रसारमा समस्या त छै नै । तर, संस्थाहरुले आ–आफ्नो ठाउँबाट यस भाइरसबाट बच्न र बच्नका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छौँ, जिल्ला स्थित विभिन्न संघ संस्थाहरुले कोरोना भाइरस सम्बन्धि कार्यक्रम सञ्चालनको लागि सम्बन्धित सहयोगी निकायमा पस्ताव पेश गरेका छाँै ।’ प्रशासनले यस महासंघलाई कोरोना सम्बन्धि जुन ठाउँमा पठाउँछ सोही ठाउँमा पुग्न तयार भएको आचार्यले धारणा व्यक्त गर्नुभयो । उहाँले लक डाउनको कारण उहाँले प्रशासनसँग प्रयाप्त समन्वय पनि नभएको हुँदा आगामी दिनमा महासंघको आफ्नो भूमिका निर्वाह गर्ने आचार्यले बताउनुभयो । अहिले लक डाउनको कारण धेरै सामाजिक संघ संस्थाहरु पनि सुरक्षित होम क्वारेन्टाइनमा बसको अवस्था छ ।
गाउँका विभिन्न क्वल, समूह, सञ्जाल लगायतले विभिन्न कार्य गरिरहेका छन् । रोल्पा जिल्लामा बजेट तथा कार्यक्रम सञ्चालनका हिसावले अब्बल मानिएका विकास सरोकार समाज (डिकोस), ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाल, मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पा, दलित महिला सचेतन केन्द्र (ड्वाक) नेपाल लगायतको केही सँस्थाहरुले अन्य गतिविधि गर्ने एवं जनशक्ति रहेका सँस्थाहरु हुन् । यी सँस्थाहरुले गैर सरकारी सँस्थाहरुको समन्वयमा जनहितका काम गर्न जरुरी देखिन्छि । युवा क्लव, आमा समूहहरुले साबुन, माक्स, कोरोना भाइरसबाट बँच्न र बचाउनका लागि जनहितमा सूचना प्रचारप्रसार गर्दै आएका छन।‘जिल्ला कमाण्ड टिमले जिम्मा दिएको कार्य सम्पादन त गरेका छौ’
–डी.वी. घर्तीमगर–सभापति नेपाल रेडक्रस सोसाइटी रोल्पा
यस अभियानमा नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डिवी घर्तीमगरले एम्बुलेन्सलाई केही सामाग्री सहित २४ औैं घण्टा नै तयारी अबस्थामै रहेको, रोल्पा अस्पतालमा क्वारेन्टाइनका लागि टेन्ट २० कम्वल, १०० वटा माक्स, परिवर्तन गाउँपालिकाको केन्द्र पुत्लाचौर र रांकोट मौलाबोटमा क्वारेन्टाइन स्थापना गर्नकाकम्पल तथा पिफमहरु वितरण गरेको, सामुदायिक आँखा अस्पतालमा लगायतमा पि.पी.ए सेट प्रदान र जनचेतनाकामहरु उपशाखाबाट सञ्चार माध्यमबाट भइरहेको बतानुभयो । साथै जिल्लाका एम्बुलेन्स चालकहरुलाई परामर्श दिने, केन्द्रले पठाएको सामानहरु लिएर वितरण गर्ने बताउनुभयो ।


‘सनिलस्मृति गा.पा.मा सचेतना फैलाउनेकाम गा.पासंगको सहकार्यमा गरेका छौँ ।’

प्रताव श्रेष्ठ, निमित्त कार्यालय प्रमुख, सहयोगीहातहरुको समूह (सहास) नेपाल रोल्पा

यस्तै पूर्वी रोल्पा सुनिलस्मृति गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गरिरहेको सहयोगी हातहरुको समूह (सहास) नेपालका रोल्पाका निमित्त प्रमुख प्रताव श्रोष्ठले सम्वादसमूह, एमिनेटर लगायतको टिमले सावुन पानीले हातधुने, जनचेतनाबारे सचेतना फैलाएको बताउनुभयो । साथै उहाँले सुलिनस्मृति गाउँपालिकाको विभिन्न वडामा गाउँपालिकासँगको सहयकार्य गरी १० हजारप्रति पम्पलेटीङ, पोष्टरिङ वितरण गरिएको, जनसचेतनाका लागि माइकिङ गरिएको कुरा सहयोगी हातहरुको समूह सहास नेपालका रोल्पाकाको बताउनुभयो ।साथै १० वटा क्वारेन्टाई निर्माण एवं औषधिहरुको व्यास्थामा सहयोग गरेकोसमेत बताउनुभयो ।
गैर सरकारी सँस्थाहरु भनेका सरकारका साझेदारी निकाय हुन् । नेपालमा महामारी एवं राष्ट्रिय संकटको बेलामा आफ्नो नीति तथा कार्यक्रमलाई परिमार्जन गरेर भएर पनि यो संकटको विरुद्धमा एकजुत हुनु पर्नेछ । त्यस कार्यमा रोल्पा जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न गैर सकारी सँस्थाहरुको सकार्यमा काम गरेमा कोरोना विरुद्धको लडाई जित्न सकिने छ । त्यसैले कसैले हामीलाई खोज्छकी भन्दा पनि आफैले यो जोखिममा छाती चौडा र मन फराकीलो बनाएर काम गर्न आवश्यक छ । कोरोना भाइरसको संक्रमित रोक्नका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरु सहित अन्य सरोकारवाला निकायहरुको आ–आफ्नो ठाउँबाट जिम्मेवारी भूमिका निर्वाह गर्न आवश्यक छ ।

 

You may also like