सरकार र पार्टीको नेतृत्व गर्न हामी युवा पुस्ता सक्षम छौंः उर्जा मन्त्री माननीय वर्षमान पुन

सरकार र पार्टीको नेतृत्व गर्न हामी युवा पुस्ता सक्षम छौंः उर्जा मन्त्री माननीय वर्षमान पुन
मङ्सिर १५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is लाकुरी-सव-स्टेशन-4-1024x768.jpg

संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुनले रोल्पा नगरपालिका–३ सातदो बाटो नजिक निर्मित लाकुरी सव स्टेशनको अाज उद्घाटन गर्नुभएको छ ।
साथै उहाँले परिवर्तन गाउँपालिका, माडी गाउँपालिका र त्रिवेणी गाउँपालिका नव निर्माधिन १५ शैयाको अस्पतालको शिलान्यास गर्नुभएको छ । ‘दुई वर्ष अगाडि यस जिल्लामा आठ हजार ५ सय ग्राहक संख्या थियो भने आज ३० हजार ग्राहक संख्या पुगेको छ’उहाँले भन्नुभयो,‘यसै वर्ष सञ्चालित योजना सम्पन्न हुँदा करीव ९५ प्रतिशत घर परिवार विद्युतको पहुँचमा पुग्ने छन् । बाँकी गाउँहरु बैकल्पिक उर्जा प्रर्वद्वन, समुदायको आफ्नै प्रयत्न वा अन्य योजनाबाट धेरै गाउँहरु उज्यालो छन् । अब गुणस्तरीय विद्युत सेवा ९० प्रतिशत पु¥याउने लक्ष्य छ ।’
संघीय सरकारले आगामी दुई वर्षसम्म विद्युतिकरणको लक्ष्य अनुसार आवश्यक वजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाएको मन्त्री पुनले बताउनुभयो । यस वर्ष लुम्बिनी प्रदेशको सबै वडाहरुमा विद्युत पु¥याउने गरी विस्तार कार्य अगाडि बढाएको उहाँको भनाइ छ ।
उहाँले यस वर्ष मिनिग्रेट कार्यक्रम अन्तर्गत ९७ वटा गाउँपालिकामा विद्युत पु¥याउने लक्ष्य सहित २५० किलोवाट क्षमताका हिमाली र पहाडी जिल्लामा ९७ योजनाबाट विद्युत पु¥याउने बताउनुभयो । यस जिल्लामा १९६ मेगवाटको माडी जलाश्ययुक्त जलविद्युत आयोजनाको अध्ययनको कार्य अन्तिम चरणमा घोराही वा खुंग्रीदेखि रुकुम जिल्लाको बाफेकोटसम्मका लागि पुगेको अवस्थामा १३२ के.भी.को प्रसारण लाइन स्थापनमा सहयोग पुग्ने उहाँले धारणा व्यक्त गर्नुभयो । यस जिल्ला झिमरुक र घोराही सव स्टेशनसँग जोडिए विद्युत सेवामा थप सहज बन्ने बताउनुभयो । यस जिल्लामा गुणस्तरीय विद्युतसँगै मदन भण्डारी राजमार्ग र पहाडी लोकमार्गसँग जोडिएका छौं । आगामी दिनमा यस जिल्लामा उद्योगिकीरणमा थप सहयोग पुग्ने उहाँको विश्वास व्यक्त गर्नुभयो । त्यसैले यस जिल्लामा विद्युत विस्तार, सडक विस्तार, स्वास्थ्य, शिक्षाको विकासमा वितगको तुलनामा धेरै विकास भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘पार्टीभित्रको बहसले राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने स्वाभाविककै हो । फरक–फरक धारका कम्युष्टि पार्टीहरु समयको आवश्यकता अनुसार एक भएका छौं ।’ पार्टी एकता बचाउ, पार्टीले नागरिकबाट प्राप्त विश्वास गुम्न नदिन, ७० वर्षको आन्दोलनबाट संघीयता, लोकतन्त्र, गणतन्त्र, सामानुपातिक, समाजिक न्याय सहितको संविधानमा संस्थागत भएका उपलब्धिहरुलाई गुम्न नदिन आफ्नो सक्रिय भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँले पार्टीको निर्णय अनुसार दोय अध्यक्षहरुले पदबाट राजिनामा दिएमा हामी युवा पुष्ता सरकार र पार्टी सञ्चालनमा सक्षम भएको बताउनुभयो । युवा नेतृत्वहरुले लामो समयसम्म सरकार र पार्टीमा अनुभवले पार्टी जीवन्त सञ्चालन गर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is लाकुरी-सव-स्टेशन-1-768x1024.jpg

यस सव स्टेशनले यस जिल्लाको सुनछहरी, लुङ्ग्री गाउँपालिका, सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका र रन्टीगढी गाउँपालिकामा गुणस्तरीय विद्युत सेवा प्रवाहको विश्वास व्यक्त गर्नुभयो । विगतमा अर्घखाचीको कुनै ठाउँमा विद्युत लाइनमा समस्या हुँदा यस जिल्लाको पूरै अध्यारो हुने अवस्था थियो । तर, जिल्लामा निर्माण भएका सव स्टेशनको सञ्चालनले जिल्ला अध्यारोको समस्याबाट यि क्षेत्रहरुमुक्त भएका छन् ।

This image has an empty alt attribute; its file name is लाकुरी-सव-स्टेशन-6.jpg

यस कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगर, विद्युत प्राधिकरण का.मु.कार्यकारी निर्देशक हितेंद्र देव शाक्य, विद्युत प्राधिकरण कार्यालय रोल्पा वितरण केन्द्रको प्रमुख श्याम कुमार शर्माले यस जिल्लाको समग्र विद्युतको वर्तमान स्थिति तथा आगामी योजना सहित मनतव्य राख्नुभएको थियो । साथै यस कार्यक्रममा पूर्व सभामुख एवम् प्रतिनिधि सभा सदस्य माननीय ओनसरी घर्ती, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्लाको अध्यक्ष सुरेन्द्र थापा घर्ती, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, रोल्पा नगरपालिका उप प्रमुख मन कुमारी पुन, नेपाल विद्युत प्राधिकरण लुिम्बनी प्रदेश डिभिजन कार्यालयका प्रमुख सुनिन्द्र ठाकुर, नेपाल विद्युत प्राधिकरणका प्रबन्धक एवम् वितरण प्रणाली सुधार तथा विस्तार आयोजनाका आयोजना प्रमुख बोधराज ढकाल, नेपाल विद्युत प्राधिकरणका उप प्रबन्धक एवम् आयोजना व्यवस्थान निर्देशनालय लुम्बिनी प्रदेश प्रमुख मनोज कुमार श्रेष्ठ सहितको आतिथ्यता थियो । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन धर्म पौडेलले गर्नुभएको थियो ।

You may also like