रोल्पा अस्पतालको आइसोलेशनमा राखिएकाे विरामीको अवस्था सामान्य

१४ गते, चैत्र
लिबाङ–रोल्पा ।


रोल्पा नगरपालिका–६ रोल्पा निबासी ५८ वर्षीय गुमान बि.क. इट्टा भट्टामा मजदुरी गरी फर्किएका यस जिल्लाका एक जनालाई रोल्पा अस्पताल रेउघा रोल्पाको आइसोलेशनमा राखिएको छ । बि.क. काठमाण्डौबाट सोमबार आफ्नो घर पर्फिएका थिए ।
प्रमुख जिल्ला अधिकारी लक्षण ढकालले भन्नुभयो,‘बुटवलबाट दुईदिन रोल्पा अस्पतालमा राख्न भनिएको छ । भोलीसम्म सुधार भएन भने बाहिर पठाउने तयारी भएको छ । यस अस्पतालमा विरामीको आफन्त कोहि आएका छैनन् ।’ साथै ‘कोरोनासँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनलाई आईसोलेसनमा राखिएको छ,’ रोल्पा अस्पताल प्रमुख डाक्टर धनमाया घर्तीले भन्नुभयो । उहाँले बुटवल र दाङ अस्पतालमा कुरा गरेको हाल यस अस्पतालमा राखेर उपचार गरेको बताउनुभयो ।

विरामीको उपचारमा सुधार भएन भने विरामीको उपचारको लागि अन्य अस्पतालमा रिफर गर्ने उहाँले बताउनुभयो । साथै उहाँको अनुसार भिटिएम अर्थात कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाब संकलन गर्ने र संकलन गरिएको स्वाव पठाउनका लागि ट्रान्सपोर्ट मिडिया नभएपछि केहि दिन विरामिलाई रोल्पा अस्पतालमै आईसोलेसनमा राखेर उपचार गर्ने जानकारी दिनुभयो । वडा अध्यक्षका अनुसार विरामीका परिवारलाई घर मै आईसोलेसनमा राखिएको बताउनुभयो । स्थानीय स्वास्थ्य चौकीबाट बिहिबार रिफर गरेपछि रोल्पा अस्पताल रेउघा रोल्पाको आइसोलेशनमा राखिएको छ ।

आज बिहानको अस्पतालको रिपोर्ट अनुसार विरामीको अवस्था सामान्य छ । संघीय सरकारले कोरोना भाइरसको संक्रमित शुन्यतामा पु¥याउनको निम्ति देशभरि नै लक डाउन गरेको छ । लक डाउन हुनुभन्दा अगाडि विभिन्न अन्तर्राष्ट्रिय हवाई र यातायातका साधानबाट आ–आफ्नो गाउँमा फकिएका छन् । ति व्यक्तिहरु होम क्वारेटाइनमा बस्नु नै उपयुक्त उपाय हो । साथै सबैले आ–आफ्नो आनीबानीमा समेत विशेष ध्यान पु¥याउन आवश्यक छ ।

You may also like