तीन जनाले गरे आत्म हत्या

तीन जनाले गरे आत्म हत्या
असोज २२ गते
लिबाङ–रोल्पा

रोल्पाको विभिन्न स्थानहरुमा ३ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा आत्म हत्याको संख्या बढ्दो क्रममा छ ।
यस जिल्लाको सुनछहरी गाउँपालिका–६ भिउरीबाङ निबासी सन्तोष पुन मगरको श्रीमती वर्ष २१ कि ममता घर्ती पुनले सोहि ठाउँको खालु स्थित माईति घरमा नाम नखुलेको विषादी सेवनपछि थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याउँदै गर्दा आज सुनिल स्मृति गाउँपालिका–५ क्वालि गाउँमा मृत्यु भएको हो । साथै लुङ्ग्री गाउपालिका–४ ठूलोनाम्जा निबासी ऋषिराम खड्काको छोरी वर्ष १७ कि पार्वति खड्काले आफ्नो घरमा आफु सुत्ने कोठामा सलको पासो लगाई झुण्डिएर आत्म हत्या गरेको जनाइएको छ । त्यस्तै, यस जिल्लाको रोल्पा नगरपालीका–१० धबाङ लिजा निबासी सुकविर पुनको २२ वर्षिया छोरी आशा पुनले बुधबार आफ्नै घरको बराण्डामा सलको पासो लगाई झुण्डि आत्म हत्या गरेका हुन् । तीन जनाको आत्म हत्याको आवश्यक अनुसन्धानको भईरहेको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो ।

You may also like