“जनयुद्धका एजेण्डा नै आज राष्ट्रिय ऐजेण्डा बनेको छ” –ऊर्जा मन्त्री वर्षन पुनमगर ‘अनन्त’

“जनयुद्धका एजेण्डा नै आज राष्ट्रिय ऐजेण्डा बनेको छ”
–ऊर्जा मन्त्री वर्षन पुनमगर ‘अनन्त’
मानसिंह विश्वकर्मा
रोल्पा १ फागुन
ऊर्जा, जलश्रोत एवं सिचाई मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ ले नेपाली जनयुद्ध सर्वहारा वर्गको राज्यसत्ता निर्माण गर्नका लागि लडिएको न्यायपूर्ण आन्दोलन भएको बताउँदै जनयुद्धको बलमा नै आजको परिर्वन सम्भव भएको बताउँनुभयो । साथै उहाँले जनयुद्धको एजेण्डाहरु नै आज राष्ट्रिय एजेण्डा बनेको समेत दावी गर्नुभयो ।


यस्तो कुरा रुन्टीगढी गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ रोल्पाको सह आयोजनामा भएको राष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन गर्दै रोल्पाको होलेरीमा बताउनुभएको हो ।
उहाँले नेपालको जनयुद्ध नेपाली मौलिकतामा विकास गरी विकास गर्दै जनयुद्धले लिएको लक्ष्यहरु विस्तारै पुरा हुँने क्रममा रहेको बताउँदै भन्नुभयोः–“जनयुद्ध हाम्रो गौरवपूर्ण इतिहास हो, २०५२ सालमा शुरु गरिएको जनयुद्ध २४ वर्ष पुरा भएर २५ वर्षमा प्रवेश गरेको अवसरमा जनयुद्धको बेलामा उठाएको ऐजेण्डाहरु सफल हुँदै देशको साझा एजेण्डा बनेको दावी गर्दै उहाँले भन्नुभयोः–“जनयुद्धमा उठाएको वर्गिय, क्षेत्रीय, लिङ्गीय, जातीय, साँस्कृतिक उत्पीडनका विरुद्धमा उठाएको एजेण्डा आज देशको एजेण्डा बनेको छ त्यसले आज नेपाल समृद्ध दिशामा अगाडि बढेको छ । त्यो जनयुद्धको सकरात्मक मुद्धा र एजेण्डा हो । ”

२५ वर्षको कलिलो उमेरमै होलेरी आक्रमणको कमाण्डर भएको घट लाग्दो घटना सुनाउँदै मन्त्री पुनमगरले भन्नुभयो उहाँले आफ्नो कमाण्डमा नै होलेरी आक्रमण गरिएको बताउँदै भन्नुभयोः–“फागुन १ गते म करिव २५ वर्ष पुरा भइ सकेको थिए, म नै कमाण्ड थिए, सम्मानीय उपराष्ट्र नन्दबहादुर पुनमगर ‘पासाङ’ सहकमाण्डर हुनुहुन्थो, यसैगरी पूर्व सभामुख ओनसरी घर्तीमगर, आन्तरिक कानुन मन्त्री कुलप्रसाद केसी (सोनाम), प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर लगायत ३६ जनाको टोलीले आक्रमण गरेका थियाँै । त्यो इतिहासलाई भुल्न सकिदैन ।”
२०५२ साल फागुन १ गते रोल्पाको होलेरी आक्रमण गरी विद्रोहको शुरुवात गरिएको स्मरण गर्दै जनयुद्ध शुरु भएको रोल्पाको होलेरीमै आएर शान्तिको कुरा गर्नु सकरात्मक भएको चर्चा गर्दै भन्नुभयोः–“होलेरी विद्रोहको विम्ब एवं प्रतिक हो, होलेरीमै जनयुद्ध आक्रमणबाट शुरुवात भएको थियो, होलेरी शान्ति र समृद्धिको विम्ब हो, यसलाई अझै विकासित गर्नुपर्दछ । ” होलेरी जनयुद्धको केन्द्र, विद्रोहको केन्द्र भएको बताउँदै अब यसलाई आर्थिक केन्द्रको रुपमा विकास गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।
उहाँले होलेरीलाई धार्मिक तथा युद्ध पर्यटन एवं ऐतिहासिक विकास गर्न सकिने बताउँदै त्यसको विकासमा स्थानीयसरकार, प्रदेश सरकार र संघीय सरकाले लाग्ने बताउनुभयो ।
होलेरी क्षेत्रलाई विकास गर्न सकिने थुपै्र आधारहरु भएको बताउँदै यस गाउँपालिकालाई पर्यटन, कृषिको क्षेत्ररुपमा विकास गर्नका लागि अनुरोध गर्नुभयो ।


उर्जा तथा जलश्रोत एवं सिचाई मन्त्रीको रुपमा रहेका मन्त्री पुनमगरले विगत जनयुद्धकालमा खोला, नदी नालाहरु दुश्मनलाई एम्बुस गर्ने अनुकुल भूगोलका रुपमा उपयोग गरिएको बताउँदै अब विजुली उत्पादन गर्ने समेत बताउनुभयो ।
मन्त्री पुनमगरले आजको युगमा मिडिया क्षेत्र नै जनतालाई सन्देश दिन सक्ने सशक्त क्षेत्र भएको बताउँदै उहाँले रोल्पा र जनयुद्धका बारेमा आफ्नो क्षेत्रमा कलम चलाई दिनका लागि अनुरोध गर्नुभयो । मिडिया क्षेत्रले रोल्पाको विकासका लागि सकरात्मक भूमिका निर्वाह योगदानको चर्चा गर्दै आगामी दिनमा पनि भूमिका खेलिदिनका लागि अुनुरोध गर्नुभयो ।
कार्यक्रममा पूर्व संविधान सभा सदस्य गोकुल घर्तीमगर, पूर्व संविधान सभा सदस्य रिमा नेपाली, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायण शर्मा गुरु, जिल्लासमन्वय समिति रोल्पाका उपप्रमुख विमला थापा मगर, रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस्य कुमार दशौदी, नेकपा रोल्पाका जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल नेपाली कांग्रेसका रुन्टीगाउँपालिकाका सभापति गणेश पुनमगर, प्रमुख जिल्ला अ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रोल्पाको होलेरीमा जनयुद्धको शुरुवातमा आक्रमण भएको स्थान, स्वर्गद्वारी महाप्रभूको तपस्या गरेको स्थल, जन्म स्थल रुन्टी, पूर्व जनमुक्ति सेनाको पाँचौ डिडिभजको मुख्यालय रहेको दहवन क्षेत्र, शिव पार्ववती गुफा, गढी लेख, मुरुले लेख लगायतको यहाँको ऐतिहासिक स्थान हो ।
रुन्टी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सचिव रोल्पाका दिपक डिसीले सञ्चालन गर्नुभएको थियो भने प्रमुख प्रशाशकीय अधिकृत गाउँपालिका चिरणजिवी घर्तीमगरले गर्नुभएको थियो ।

ऊर्जामन्त्री वर्षमान पुनमगरले होलेरी आक्रमणको अन्तरकथा बारे सुनाउनुभएको थियो । त्यतिबेला जनताहरुले निकै उत्सुकताका साथ सुनेका थिए । यसैगरी होलेरी आक्रमण घटनाको चिनारी    शान्ति स्मारक समेत उद्घाटन गर्नुभएका थियो ।

You may also like