हुरेक रोल्पाबाट रोल्पामा विस्फोटक पदार्थको अध्ययन अनुसन्धान सम्बन्धित निकायमा माग सहित प्रेस विज्ञप्ती

हुरेक रोल्पाबाट रोल्पामा विस्फोटक पदार्थको अध्ययन अनुसन्धान सम्बन्धित निकायमा माग सहित प्रेस विज्ञप्ती
२२ वैशाख, लिबाङ–रोल्पा


मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाबाट त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ डुम्ला रोल्पामा गत बिहीबार बम विस्फोटबाट मृतक बालबालिकाहरुप्रति श्रद्वाञ्जली सहित घटनाको थप अध्ययन अनुसन्धानको माग गर्दै आइतबार प्रेस विज्ञप्ती जारी गरेको छ । पछिल्लो समयमा यस जिल्लाको विभिन्न ठाउँमा विस्फोटक पदार्थ भेटिदै आएका छन् ।
यस संस्थाको अध्यक्ष घनश्याम आचार्यद्वारा हस्ताक्षर जारी प्रेस विज्ञप्ती जारी गर्दै मृतक बालबालिकाहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै पीडित परिवारमा यथोचित राहत उपलब्ध गराउन र आवश्यक असुन्धान गर्न सरकारसँग आग्रह गरिएको छ । यस घटनाले विगतको सशस्त्र युद्वपछि शान्ति प्रक्रिया स्थापना भएको करीव १५ वर्षसम्म र बारुदी सुरुङ र विस्फोटक पदार्थमुक्त मानिएको रोल्पा सहित अन्य क्षेत्रमा अझै जोखिम हुने सक्ने संकत गर्दछ । त्यस घटनाको नजिकै २०६२ सालमा भएको दुम्ला नजिक ताँपे लेकमा भीषण युद्व समेत भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै यस घटनामा मारिएका बालबालिकाहरुको पीडित परिवारका लागि उचित राहत उपलब्ध गराउनुका साथै त्यस क्षेत्रमा सहित यस जिल्लामा विगत सशस्त्र द्वन्द्वको बेलामा लडाई, युद्व, भिडन्त भएका र सम्भावित क्षेत्र आसपासमा बम तथा विस्फोटक पदार्थको खोजी गर्ने गरी निस्तेजिकरण गर्ने र सम्भावित जोखिमबाट बच्ने उपायका बारेमा आवश्यक सुरक्षा सचेतना सम्बन्धि कार्यक्रमहरु गर्न नेपाल सरकार तथा सम्बद्व सबैसँग जारी प्रेस विज्ञप्ती मार्फत हुरेक रोल्पाले अनुरोध गरेको छ ।

You may also like