रोल्पा जिल्ला सन् २०२२ मा पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्ने कार्य रणनीति पारित

रेशम वि.क
लिबाङ, रोल्पा
“एक घर एक चर्पी रोल्पा बासीको सान, पूर्ण सरसफाइयुक्त जिल्ला हाम्रो पहिचान” भन्ने मूल नराका साथ पूर्ण सरसफाइ रणनीतिक योजना तर्जुमा गोष्ठि जिल्ला खाने पानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी शुसील बैद्यको अध्यक्षतामा बिहिबार ६ गते उद्योग वाणिज्य संघ रोल्पाको हल लिबाङमा सम्पन्न भएको छ ।
रोल्पा जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्नका लागि आवश्यक योजना तया गर्नका लागि रोल्पा जिल्लाका सरकारकारी कार्यालय, गा.वि.स. कार्यालयका सचिव, गैरकारी सकारी संस्था महासंघ, जिल्लाका पत्रकारहरू लगायत सरकोवाला निकायहरूको व्यापक सहभागितामा आगामी सन् २०२२ मा रोल्पा जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्नका आगामी योजना तय गरको छ, उक्त गोष्ठि कार्यक्रमले । साथै जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्नका लागि “रोल्पा जिल्लाको विकास, सभ्यता, समृद्वि पूर्ण सरसफाइयुक्त हाम्रो जीवन पद्वति” भन्ने नारा समेत तय गरेको छ । सो गोष्ठि कार्यक्रमलाई सम्बोधन गर्दै गोष्ठिका प्रमुख अतिथिले रोल्पा जिल्ला आज दिनदेखि सरसफाइको क्षेत्रमा अगाडि बढ्नका लागि मार्गनिर्देशन गरेको बताउनु भएको छ । रोल्पा जिल्लालाई ७२ पुष ९ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नमा जिल्लाका राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी र सम्पूर्ण रोल्पा जनताको भूमिका सहरानीय रहेको छ । पुनः हामी सबैको प्रमुख जिम्मेवारी निर्धारित समयमा नै पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्नमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने पुनमगरले बताउनु भएको थियो । रोल्पा जिल्लामा पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्नका लागि जिल्लाका सरोकारवाला निकायहरूले साँझ अभियानको रूपमा ल्याएर अगाडि बढेको अवस्थामा हामी जिल्लालाई पूर्ण सरफाइयुक्त जिल्ला घोषणा हामी गररे नै जिल्लाको पहिचान समेत जोगाउनु पर्ने कुरा पनि औल्याउनु भएको थियो । साथै आफ नेपाली जनताको जन प्रतिनिधि भएकाले पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्नका लागि आवश्य सहयोग गर्ने पनि कार्यक्रममा बताउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले पनि रोल्पा जिल्लालाई निर्धारित समयमा नै पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गरी रोल्पा जिल्लामा विकास पाइलाहरू अगाडि बढानु पर्ने आवश्यक औल्याउनु भएको हो । यसै गरी गोष्ठिमा सहभागि राजनीतिक दलहरूको तर्फबाट बोल्दै नेकपा (एमाले) जिल्ला पुनः सरसफाइयुक्त जिल्ला घोषणा गर्नका लागि पनि आजको दिनबाट पराम्भिक चरणमा प्रवेश गरेको छ, यसलाई सबैको सहकार्य समन्वय गरी लक्ष्यमा नै पु¥याउनु पर्ने बताउनु भयो । उक्त पूर्ण सरफाइयुक्त अभियानलाइ लक्ष्यमा पु¥याउनका लागि जिल्ला विकास समिति एवं पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, एसयानभी नेपाल, पास–नेपाल र डिकोश पहल कार्यक्रमबाट पनि सक्रिय सहयोग गर्ने भएका छन् । त्यसैले हाल रोल्पा जिल्लामा सरकारी निकाय र गैर सरकारी संस्थाहरूले १९ ओटा गा.वि.स.मा पूर्ण सरसफाइयुक्त अभियान सञ्चालन गरिरहेको पनि गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्ण बहादुर बाठामगरले जानकारी दिनु भएको छ । रोल्पा जिल्लालाई जसरी खुल्ला दिसामुक्त जिल्ला घोषणा ग¥यौं । अब फेरी पनि रोल्पा जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्नमा पनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरी रोल्पा जिल्लाको दुरगमको जिल्ला भनेर नेपाल भरी परिचित भइरहेको समयमा रोल्पा जिल्लाको फरक पहिचान बनाउनमा सबैको भूमिका महत्वपूर्ण रहनेछ ।

You may also like