पार्टी एकता भाषणमा होइन अब व्यवहारमा देखाऊ ं ।

२०७३ साल जेठ १ गते
सर्वहारा वर्ग मुक्तिका लागि जनयुद्धको संषघोष गरेको २० वर्ष पूराभएको छ । नेपाली कम्युनिष्ट पार्टी गठन भएको अव ७ दशक पुग्न थालेको छ । नेपाली कम्युनिष्टहरु यति छोटै समयमा धेरै तुक्रामा विभाजित भएका छन् । भाषणमा मात्रै एकताको कुरा गर्दै नेपाली कम्युनिष्ट आन्दोलन तुक्रा तुक्रा हुने रोगले कम्युनिष्ट पार्टी छिन्न भिन्न मात्रै बनेका छैनन् आन्दोलनको बेलामा उठाएको मुद्धाहरु पनि ओझेल परेका छन् । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि बामपन्थीहरु फुट्दै कमजोर हुने दिशामा मात्रै बढी केन्द्रीत भएको इतिहास नै छ । एमालेको झापा आन्दोलन पछि र माओवादीको जनयुद्धपछि शान्ति प्रक्रियामा विभाजननै बढी भएको छ । यतिबेला माओवादी जनयुद्धको नेतृत्वकर्ता नै विभाजनको नेतृत्वकर्ता बनेको छन् । माओवादी आन्दोलन नै कमजोर भएको छ । यसमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । माओवादी आन्दोलन नै कमजोर बनेको छ । यो अवस्थालाई दृष्टिगत गरी अब एकीकृत (माओवादी) पार्टीको नेतृत्वमा एक धिक्का हुने कुरा गर्न थालेको धेरै भइसकेको छ । अब कहिले एकता हुन्छ त्यो हेर्नका लागि नेपाली माओवादीका शुभचिन्तकहरु आतुर मात्रै होइन कि पर्खाइको समय सकिएको छ । यो समय अब धेरै कुर्न सक्दैनन् ।
जनवाद, समाजवाद र साम्यवादी समाज स्थापनार्थका लागि २०५२ साल फागुन १ गते रोल्पाको होलेरी लगायत देशैभरीमा सैन्य आक्रमण गरी जनयुद्ध शुरुवात गरिएको थियो । २०५२ सालदेखि २०६२ सालसम्म जनयुद्धको भिषण मोर्चाबाट अगाडि बढेको थियो । पराजय, विजयी, हार जितको संघारबाट अगाडि बढेको थियो । २०६२ सालदेखि २०७२ सालसम्म संविधधान निर्माण लागि समय खर्चिएको छ । जनवादी क्रान्ति सम्पन्न पूर्ण रुपले भएको छैन । तै पनि राजतन्त्र ढलेको छ, गणतन्त्र नेपाल, धर्म निरपेक्ष, संघीय संरचना, समानुपातिक र समावेशी लगायतको विषयहरू सँस्थागत भएका छन् । यो नेपाली जनताले गरेको त्याग तपस्याको उपलब्धी हो । यो खुसी सँगै दशवर्षको सशस्त्र जनयुद्धका नायकहरू पनि विभाजित भएका छन् । शहीद, पार्टी कार्यकर्ताहरुको जीवन र सपना अधुरो भएको छ । क्रान्तिको यात्रा अझै बाँकी छन् । नेपाली जनतालाई माओवादीहरूको फुटले निकै सताएको छ । यही फुटको बीचबाट क्रान्तिका नायक प्रचण्ड र किरणको नेतृत्वमा रहेको माओवादी बीचमै एकता हुने कुराले सबैलाई खुसी बनाएको छ । तै पनि हुन सकेको छैन । फुट्न जति सजिलो छ । जुत्न निकै कठीन छ । तर अझै धेरै भइसकेको छ माओवादी पार्टी एकताको बहसमा मात्रै सीमित हुनु हुनुदैन । अब त्यसलाई लक्ष्यमा पु¥याउनु पर्दछ । अब धेरै बहस बहसमात्रै केन्द्रीत हुनु हुन्दैन । एकता, सहमति गरी एक भएर अगाडि बढ् । यो बहुसंख्य आस्थावान जनताको भावनालाई कदर गर । एकतालाई भजाएर भाषणमा मात्रै होइन कार्यन्वयन गरी नेपाली चमत्कार देखाउनु पर्दछ । त्यो सम्भव छ । एकता प्रक्रिया ढिलाई गरेमा फेरी समयप्रतिकुल हुनसक्छ ।
यति बेला द्वन्द्वकालीन मुद्धाहरु लगाएर सबैलाई जेलमा पठाउनको योजना बुनिदैछ । यसको सामना गर्न पनि सबै एक हुन जरुरी छ । यस्तै माओवादी आन्दोलन र अभियान नै कम्जोर हुने अवस्थामा छ । यसमा सबै माओवादीका नेतृत्वहरु बसेर पार्टी एकतालाई छिटो भन्दा छिटो निष्कर्षमा पु¥याउन नसकेमा कुनै अर्थ छैन । काठमानण्डौको विभिन्न होटेलमा अन्तरक्रिया गर्नुको कुनै अर्थ हुँदैन । अनि कमिटी ठूला बनाएर फेरी पनि भद्रगोल बनाउनु हुँदैन । नेपाली जनता अनि शहीदका सपना पूरा गर्नका लागि सबै माओवादी अभियानताहरुले बुझन जरुरी छ । एक भएर शहीदका सपना पूरा गर्ने, जनयुद्धका उपलब्धीको रक्षा गर्दै अगाडि समाजवादी क्रान्तिलाई निरन्तता दिनका लागि सबै एक हुनुपर्दछ । यो अब कुरो होइन व्यवहारमा देखाउन सक्नुपर्दछ । यो हिम्मत नेतृत्वले गर्नुपर्दछ ।

You may also like