रोल्पामा नेकपाका जिल्ला इन्चार्जसहित ८ जना प्रहरी नियन्त्रणमै

रोल्पा समाचारदाता
असार ७ रोल्पा


नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको ने.क.पा. रोल्पाको गंगादेव गाउपालिका इन्चार्च र माडी गाउपालिका इन्चार्च सहित ४ जना प्रहरी द्वारा गिरफ्तार परेका छन् । उनीहरु घर्तिगाउँको पेदिखोला ढाडबासबाट पक्राउ परेको सुरक्षा श्रोतले बताएको छ ।
उनीहरु सुतिरहेको बेला बिहान करिब १ बजे (राती) पक्राउ परेको आफन्तले बताएका छन् । पक्राउ पर्नेहरुमा गंगादेब गाउँपालिका इन्चार्ज कुशल वली ‘सन्दिप’, माडी गाउँपालिका इन्चार्ज देब बहादुर ओली ‘दिनेश’ र नेकपा कार्यकर्ता गणबहादुर घर्ती र र गणेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपनिरीक्षक दिपक खड्काले बताउनुभएको हो । उनीहरुलाई म्याद थप गरी मुद्धा चलाउने गरी अगाडि बढेको सुरक्षा श्रोतले बताएको छ ।
त्यसैगरी रोल्पा नगरपालिका लिबाङ टुडिखेलमा चिया पसल गर्दै आएका ‘जलजला टी एण्ड कफी पसल’का ब्यबसायी देउराम सुनार‘गद्वाफी’ लाई पनि प्रहरीले प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार सुनार हिरासतमा बसेका व्यक्तिहरुलाई चिया पुर्याउन गएको बेला भित्रबाट लेखिएको पत्र र बाहिरबाट लेखिएको पत्र पु¥याएको आरोपमा बुधबार दिउसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छप ।
रोल्पा जिल्ला प्रहरी हिरासतमा नेकपा रोल्पा जिल्ला इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’, नेता लालबहादुर वली, अखिल (क्रान्तिकारी) का उपाध्यक्ष प्रदिप कुवर समेत पनि रहेका छन् । यस विषयमा नेकपा रोल्पाले आफ्नो नेता कार्यकर्ताहरुलाई गिरिफतारी गर्ने अनाश्यक दुख दिने काम गरिरहेकोले त्यसलाई प्रतिरोध गर्ने गरी तयारी गरिएको बताएको छ । रोल्पा जिल्लामा नै बढी दमन तथा उत्पीडन गरिरहेको समेत नेकपा रोल्पाको टिप्पनी रहेको छ ।

You may also like