नव आगन्तुक प्र.जि.अ. ढकाललाई कर्मचारी मिलन केन्द्रद्धारा स्वागत

जेठ ३१ गते
लिबाङ–रोल्पा


जिल्लामा कार्यरहत राष्ट्र सेवक कर्मचारीहरुको संगठन कर्मचारी मिलन केन्द्र रोल्पाद्धारा रोल्पा जिल्लाका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी लक्ष्णम ढकाललाई शुक्रबार स्वागत गरिएको छ ।
उक्त कार्यक्रममा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई कर्मचारी मलिन केन्द्र रोल्पाका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्मा लगायतका राष्ट्र सेवक कर्मचारीहरुले फूल माला र दोसल्ला ओढाई स्वागत गरिएको थियो । नव आगन्तुक प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत राष्ट्र सेवक कर्मचारी लगायत सरोकारवाला निकायहरुसँग सहकार्य समन्वय गरी अगाडि बढ्ने कुरामा जोड दिनुभयो । उहाँले जनताको काम छितो छरिता सम्पदान गर्नपर्ने राष्ट्र सेव कर्मचारीहरुको दायित्व भएको हँुदा सोही अनुसार कार्यसम्पादन गर्नु जिल्लामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा कर्मचारी मिलन केन्द्र रोल्पाको सल्लाहकार एवं सशस्त्र प्रहरी बल गुल्मपति प्रहरी नायव उपरीक्षक सुशिल सुवेदी लगायतका अतिथिहरुले स्वागत मनतव्य राख्नुभएको थियो ।

कोष तथा लेखा नियन्त्रक प्रमुख मात्रिका भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा, रोल्पा नगरपालिका कार्यालय रोल्पाको प्रशाकीय अधिकृत सावित्रा पुन थापा, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाको अनुसन्धान कार्यालय प्रमुख कुलचन्द्र नेपाल, खद्कदल गण रोल्पाको प्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरु लगायत सरोकारवाला निकायहरुको आतिथ्यता थियो । जिल्लाबाट अन्य जिल्लामा सरुवा हुने राष्ट्र सेवक कर्मचारीलाई विदाई तथा सरुवाभई जिल्लामा नव आगन्तुक राष्ट्र सेवक कर्मचारीहरुलाई स्वागत कार्यक्रम कर्मचारी मिलन केन्द्रको नियमित कार्यक्रम नै हो । कर्मचारी मिलन केन्द्र रोल्पाको अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष इन्दिरा आचार्यले गर्नुभएको थियो ।

You may also like