रोल्पामा वर्षमान पुनमगर सहित माओवादीका नेता दोब्बरमतले अगाडि परिणाम माओवादीको पोल्टामा पर्ने निश्चित

 


मानसिंह बिक
मंसिर २२ गते रोल्पा
प्रतिनिधि सभा सदस्यका लागि ८ वटा राजनीतिक दलबाट ८ जनाले उमेद्वारी दिएपनि अब रोल्पामा संयुक्त वाम गठन्धनका उमेद्वार एवं नेकपा (माओवादी केन्द्र) का प्रभावशली एवं बरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगर ‘अनन्त’ ले सिचाई राज्य मन्त्री एवं नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरलाई दोब्बर मतले पछाडि पार्नुभएको छ ।
हालसम्मको मत गणना अनुसार रोल्पामा संयुक्त वाम गठन्धनका उमेद्वार एवं नेकपा (माओवादी केन्द्र) का प्रभावशली एवं बरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगर ‘अनन्त’ ले ७ हजार ७०९ मत प्राप्त गरी अग्रता कामय गर्नुभएको छ । सिचाई राज्य मन्त्री एवं नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले ३ हजार ८७६ मत प्राप्त गर्नुभएको छ । वर्षमान पुनमगरले अमरसिंह पुनमगरलाई ३ हजार ८३३ मतले पछी पार्नभएको छ ।
माओवादी नेता वर्षमान पुनमगर नेकपा (माओवादी केन्द्र) का प्रभावशली नेताको रुपमा मानिन्छन् । संगठनबाट क्षेत्रबाट जनमुक्ति सेनाको कमिसारको रुपमा काम गर्दै शान्तिकालमा जनमुक्ति सेना संमायोजन हुँदा डेपुटी कमाण्डरको भूमिका निर्वाह गर्नुभएको थियो । पार्टी भित्रको राजनीतिमा इमान्दार पूर्व भूमिका निर्वाह गर्दै सचिव बन्नुभयो भने वाह्य मोर्चामा पूर्व अर्थमन्त्री भएर राम्रै प्रभाव छोड्नु भएको छ । हाल पुन संगठनभित्र र बाहिर युवा तथा अन्य वर्गलाई व्यवस्थापन गर्ने र परेको बेलामा नेता कार्यकर्ताहरुलाई सहयोग गर्दै कार्यकर्ताहरुको भावना पनि जित्नु भएको छ । अर्थमन्त्री हुँदा रोल्पा जिल्लामा सडक, युवा क्वल, महिला समूह लगायतलाई साना तथा ठूला योजना प्रदान गरेर अधिकाँश रोल्पालीको नजरमा विकास प्रेमी नेताको रुपमा चिनिनु भएको छ ।
वर्षमान पुनमगरका प्रतिषपर्धी अमरसिंह पुनमगर पनि नेपाली कांग्रेस रोल्पाको सभापति हुनुहन्छ । समानुपातिक सभाषद्को जिम्मेवारी बहन गर्दै हाल सिचाई राज्यमन्त्री भइ सक्नुभएको छ । उहाँ पनि रोल्पा जिल्लाको विकास गरेको दावी गर्नुहुन्छ । उहाँले रोल्पा जिल्लाको विकास निर्माणको लागि आफू अहोरात्र खटेको बताउनुभएको छ ।
प्रदेश सभाको निर्वाचनको लागि रोल्पा क्षेत्र नं. १ मा पनि ८ वटा राजनीतिक दलबाट ८ जना उमेद्वारले दर्ता गरेका छन् । तर त्यसमा पनि माओवादी केन्द्रका नेता एवं संयुक्त वाम गठबन्धनका नेता कुलप्रसाद केसीले ३ हजार ७७४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराले २ हजार ८०४ मत प्राप्त गर्नुभएको छ । केसीले महराभन्दा ९७० मत बढी प्राप्त गर्नुभएको छ ।


कुलप्रसाद केसी युवाकालदेखि राजनीतिमा लागेर हालसम्म सार्वजनिक पदमा नगई पार्टीको आन्तरिक संगठन परिचालनमै समय खर्चिएका नेता मानिनु हुन्छ । तर पनि पार्टी भित्र र बाहिर युवा परिचालन तथा युवार्गको नेताको रुपमा परिचित हुनुहुन्छ । रोल्पा जिल्लाको पूर्वी क्षेत्रमा पहिलो पटक उमेद्वार बन्नु भएका केसीले आफूलाई प्रदेशको मुख्य मन्त्रीको दावेदारको रुपमा प्रस्तुत गर्नुभएको छ । जेल जीवन र हिसासत एवं ए अन्य कारणबाट चर्चा पाउनु भएको नेता केसी हाल निर्वाचनमा खरोरुपमा आफू र कार्यकर्ताहरुलाई परिचालन गरी निकै विवेकपूर्ण तरिकाले योजना निर्माणका साथ लागेको बताउनुहुन्छ । प्रदेश मुख्य मन्त्रीको चर्चामा रहनुभएका केसीले अब ढोका खुलेर मुख्यमन्त्रीको यात्रा तय भएको बताउनभयो ।

 


यस्तै रोल्पा क्षेत्र नं. २ मा प्रदेश सभाका लागि नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले ५ हजार ९१२ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनका खगेन्द्र प्रकाश हमालले १ हजार ७५५ मत प्राप्त गर्नुभएको छ । हमालाई पुनमगरले ४ हजार १५४ मतले पछी पार्नुभएको छ ।
रोल्पा क्षेत्र नं. २ मा मात्रै नभएर रोल्पा जिल्लामै कुटनैतिक तथा पहलकर्ताको रुपमा परिचित छन् । नेता पुनमगरले रोल्पा जिल्लामा माओवादी केन्द्रको बलियो आधार र त्यसैमा पनि नेकपा एमालेले पनि संयुक्त वाम गठबन्धनका उमेद्वावारको तर्फबाट अगाडि सारेकोले गर्दा आफू विजयी हुने बताउनुभयो । पुनमगरले हमालको सहकार्यलाई पनि निरन्तरता दिने बताउनुभयो
चुनावी प्रतिषप्रर्धा भएपनि रोल्पा जिल्लामा हालको निर्वाचन परिणाम बाम गठबन्धनको पोल्टामा पर्ने निश्चित भइसकोको छ ।
प्रतिनिधि सभाका उमेद्वार वर्षमान पुनमगर र रोल्पा १ मा कुलप्रसाद केसी, २ मा दिपेन्द्र पुनमगर विजय शुनिश्चत भएको दावी गर्नुभएको छ ।

You may also like