प्रदेश स्तरीय रेफ्री कोर्ष तालिम तथा टेक्निकल सेमिनार उट्घाटन कार्यक्रम सम्पन्न


मोहन गाउँले मगर
लिबाङ– रोल्पा
प्रदेश स्तरीय रेफ्री कोर्ष तालिम तथा टेक्निकल सेमिनार उट्घाटन कार्यक्रम मंगलबार रोल्पा उद्योग वाणिज्य संंघको हल लिबाङ, रोल्पामा सम्पन्न भएको छ । रोल्पा आई.टि.एफ तेक्वान्दो संघको आयोजना तथा रोल्पा नगरपालिकाको प्रायोजन र प्रवद्र्धक नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिकाका नगर प्रमुख पुरण क्षेत्री, विशिष्ट अतिथिमा रोल्पा खेलकुद विकास समितिका संस्थापक अध्यक्ष कृष्ण बहादुर घर्तिमगर र आई.टि.एफका केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय रेफ्री उमेश बास्टोला को रहेको थियो । साथै अन्य अतिथिहरुमा नेपाली काङ्ग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्य, खड्कदल गणका सेनानी नवराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रतिनिधि तिलक बहादुर शाही, खेलकुद विकास समितिका प्रमुख कैलाश रोका, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व कुमार चन्द, बक्सिङ प्रशिक्षक टंक बुढा, प्रेस युनियन रोल्पाका पूर्व अध्यक्ष कविता उपाध्याय, रेडियो मालश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द, पाण्डवेश्वरी यातायात प्रा.लिका केन्दीय इन्चार्ज तिरजपति बुढा लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

आई.टि.एफ रोल्पाका खेलाडी सुजन वलीको स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख कैलाश रोका, नेपाली काङ्ग्रेस रोल्पाका कार्यबाहक सभापति किशोर आचार्य, विशिष्ट अतिथि तथा प्रमुख अतिथिले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्र कै अवसरमा मलेसियामा सम्पन्न च्याम्पियनसिप प्रतियोगितामा सफल खेलाडी तथा प्रदेश नं.५ बाट सहभागी भई आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्य विभिन्न प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमा विशिष्ट अतिथि बास्टोलाले मन्तव्य दिदै भन्नुभयो “सिकाउनेले राम्रोसँग सिकाएमा र सिक्ने खेलाडीले राम्रोसँग सिकेमा आगामी च्याम्पियनसिपहरुमा सफलता पाउन सकिन्छ ।” त्यस्तै प्रमुख अतिथि के.सीले खेलकुद विकासको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता आई.टि.एफ तेक्वान्दो संघ रोल्पाका अध्याक्षता विक्रम वाँढाले गर्नुभएको थियो भने सञ्चालन गणेश के.सी ले गर्नुभएको थियो ।

You may also like