राेल्पा घरभई दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छाेराकाे हत्या गरि प्रहरीमा आत्मसमर्पण

दिनेश बि.क

माघ २१ लिबाङ रोल्पा,

रोल्पाका एक प्रहरी जवानले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन।

राेल्पाकाे रुन्टीगढी गाउँपालिका–९ घर भई हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आफ्नी २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

प्रहरी जवान नेपालीले श्रीमती र छाेरा आफुलाई भेटन घाेराही आएकाे भन्दैमा शनिबार बेलुका कार्यालयबाट बिदा मागेर गएकाेमा घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका उनिहरुकाे आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरि आफै जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले बताए।

उनी प्रहरी सेवामा प्रवेश गरेकाे दस वर्ष भएको र उनी दुई महिना अघिमात्रै दाङ सुरुवा भएर आएका थिए। यसअघि उनी नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।

You may also like