पूर्व प्रधामन्त्री प्रचण्डद्वारा राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशनको उद्घाटन

मानसिह विश्वकर्मा

फागुन २८ गते, बुटवल


राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको फागुन २७ र २८ गते बुटलमामा हुदैछ । सो प्रथम महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु हुने भएको छ । महाधिबेशनको सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताउनुभएको छ ।
दलित समुदायहरुका सञ्चारकर्मीलाई एउटै छातामुनि गोलबन्द गरी समुदायका विषय र समग्र पत्रकारितालाई क्षेत्रलाई योगदान पु¥याउनको लागि संगठन निर्माण गरी अगाडि बढेको राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशनमा देश भरीका जिल्ला शाखाबाट प्रतिनधी बुटवलमा आई सकेका छन् । आज विहान करिव ९ बजे ¥याली गरी उद्घाटन हुनेछ समेत संघका महासचिव लक्ष्मण दर्नालले बताउनुभयो । उहाँले उद्घाटन समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डौबाट ९ बजे बुटवल आई पुग्नु हुने बताउनुभएको छ । साथै महाविधेशनको उद्घाटन शत्रका लागि पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्यता समेत रहने आयोजकले बताएको छ । महाविधेशनले नयाँ केन्द्रीय समितिको निर्वाचन समेत गर्नेछ ।
राष्ट्रिय दलित पत्रकार संघको यो महाधिबेशनले उत्पीडित समुदायको आवाज र सिंगो पत्रकारिता क्षेत्रलाई योगदानका लागि महात्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।

You may also like