“राजतन्त्रको अन्त्य युवाहरुको सहभागितामा भएको हो । ”

–आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी
मानसिंह विश्वकर्मा
असोज २५
लुंग्री ४ नम्जा रोल्पा


मन्त्री केसी नेपालको राजतन्त्र र एकात्मक राज्य व्यवस्था परिवर्तनका निम्ति युवाहरुको सक्रिय सहभागिताबाट अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउँदै युवाहरु जहिले पनि परिर्वनको पक्षमा रहुनु पर्ने बताउनुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्री केसीले यस्तो विचार जनसेवा गणतान्त्रिक युवा क्लव लुंग्री ४ नम्जाको १२ औँ वार्षिकोत्सव उत्सवको उद्घाटन गर्दै शनिबार बताउनुभएको छ ।
मन्त्री केसीले युवा क्लवहरु पनि सकरात्मक क्रियाकलापबाट समाज परिवर्तनमा टेवा पुग्ने धारणा उहाँले व्यक्त गर्नुभयो । साथै समाजमा रहेका विकृति विसंगतिहरु अन्त्य गर्दै सभ्य समाज निर्माणका लागि पनि युवा क्लवको सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रमुख अतिथि के.सी.ले बताउनुभयो । उहाँले ५ नं. प्रदेश सरकार नेपाल आर्थिक वृद्धि गर्ने र धेरै कानुनी निर्माण गरी उत्कृष्ट प्रदेश बनेको उद्घोष समेत गर्नुभयो ।
रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित केसी २ वर्षमा पहिलो पटक सोही गाउँमा पुगेका मन्त्री केसीले प्रदेश सरकार प्रदेशबासीहरुको समृद्धि र विकासको निम्ति सक्रिय बन्ने समेत प्रमुख अतिथि के.सी.ले बताउनुभयो । प्रदेश सरकारले प्रदेशको समृद्ध विकसको निम्ति यातायात, स्वास्थ्य, शिक्षा, व्यवसायीहरुलाई नै विशेष प्राथमिकता दिएकोे बताउनुभयो । यस जिल्लामा नौ ओटा स्थानीयतहहरुमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरी कार्यक्रममा विनियोजिट वजेट शिक्षा क्षेत्रमा कार्यन्वयनका लागि विशेष पहल गर्ने उद्घोष गर्नुभयो । प्रमुख अतिथि के.सी.ले प्रदेश सरकार प्रदेशको समृद्ध र विकासको दिशामा आगाडि बढ्दै गर्दा प्रदेशबासीहरुको समेत सक्रिय सहभागिता बन्नु पर्ने आवश्यकता औल्याउनुभयो । समाज परिवर्तनमा युवा क्लवहरुलाई सक्रिय बन्न अनुरोध गर्दै आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिवद्वता समेत उहाँले कार्यक्रमम व्यक्त गर्नुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले गाउँपालिको विकास र समृद्धिमा युवा र युवा क्लवहरुलाई लाग्नका लागि आग्रह गर्नुभयो । साथै उहाँले गाउँपालिकाले सञ्चालन गरिरहेको जातीय छुवाछुतमुक्त गाउँपालिका निर्माण, बाल विबाहमुक्त, जाडरक्सी विहीन गाउँपालिका निर्माण गर्ने कार्यमा हातेमालो गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले गाउँपालिकाको उत्पादन बृद्धि भएमा मात्रै गाउँपालिका आत्मनिर्भर बन्ने बताउँदै त्यसका लागि अगाडि बढ्ने बताउनुभयो । उहाँले निधक्क भएर कार्य गर्नका लागि अनुरोध गर्दै आफूले गाउँपालिकाबाट कुनै काम बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै केन्द्र र प्रदेशको योजनामा गाउँपालिकासँग नजिकबाट सहकार्य गर्न समेत अपिल गर्नुभयो ।
कार्यक्रमा कार्यक्रम विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार बाबुलाल पुनमगर, नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुंग्री गाउँपालिका अध्यक्ष पर्शुराम घर्तीमगर, लुंग्री ५ का अध्यक्ष भरत थापा लगायतले शुभकामना मनतव्य दिनुभएको थियो ।


साथै उद्घाटन कार्यक्रम इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाका प्रमुख प्रहरी निरीक्षक सुुरेन्द्र धमला, लुंग्री ३ का वडा अध्यक्ष नेमलाल खड्का, ४ का वडा अध्यक्ष शिवप्रसाद खड्का, ५ का वडा अध्यक्ष भरत थापा, ६ का वडा अध्यक्ष श्यामलाल विष्ट, ७ का कर्णबहादुर रोका, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सदस्य एवं समाजसेवी तुलाराम खड्का, रत्न महरा, वाइसिएल रोल्पाका अध्यक्ष रितमान पुनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, मासामुदायिक रेडियो मालाश्रीका लोकेन्द्र चन्द, गैर सरकारी सँस्था महासंघ ५ नं. प्रदेश सदस्य अर्जुन डाँगी, वराह क्षेत्र मा.वि वडाचौरका प्र.अ.का पूर्णचन्द्र खड्का, गौरी शंकर मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निराजन खड्का, सर्पा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर खड्का लगायतका आतिथ्यता रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रममो अवसरमा महिला पुरुष भलिबल, महिला पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता, खुल्ला गजल प्रतियोगिता, ८ सय मिटर पुरुषको दौड, महिलाको ४ सय दौड, भाले छोपाई, रस्साकसी लगायतको प्रतियोगिता रहेको छ ।


कार्यक्रम युवा क्लवका अध्यक्ष रामबहादुर रोकाको अध्यक्षामा भएको सञ्चालन तुलबहादुर खड्काले गर्नुभएको थियो । क्लवका उपाध्यक्ष हिरालाल विष्टले स्वागत गर्नुभएको थियो ।

You may also like