‘माओवादीले भ्रष्टचार नियन्त्रमा पहल लिएको छ ” —स्थायी समिति सदस्य जोखबहादुर महरा


समाचारादाता

असाेज ७ घापा राेल्पा


नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश नेकपा (माओवादी संसदीय दलका नेता जोखबहादुर महराले नेपालको राजनैतिक आमूल परिवर्तनका लागि माओवादीकेनद्र नै भएकाले गर्दा आगामी दिनमा जनताको अवस्था परिवर्तनक लागि पनि माओवादी केन्द्रकै नेतृत्वमा हुनुपर्ने बताउनुभयो । माओवादी केन्द्र भ्रष्टचार, सुसासन, सामाजिक न्याय स्थापित गर्न लागिएको बताउनुभएको थिया ।
उहाँले नेपाली जनताको मुक्तिका लागि गरिएको नेपाली क्रान्तिलाई लक्ष्यमा पु¥याउनको लागि आगामी लिनमा फेरी नेपाली जनताकै साथ आवश्यक रहेको बताउँदै फेरी जनताको माझबाट जनतालाई एकताबद्ध गरी आगामी दिनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले माओवादीले नेपाली जनताको मुक्तिका लागि एउटा कोशेढुगा नै भएको बताउँदै नेपाली जनतालाई गोलबन्द गर्दै मिसन ८४ मा आफ्नो पार्टीलाई फेरी मतबाट विजयी बनाउने पार्टी बनाउने बताउनुभयो ।
प्रदेश साँसद समेत रहनुभएको महराले नेपालमा माओवादी केन्द्रको नेतृत्वमामा मात्रै समाजबादमा जाने बताउदै समाजबादको आधार तयार गर्नु पर्ने बताउनु भयो । नेकपा माओवादि केन्द्र हालसम्म पनि जनताको सेवा गरि रहेको बताउँदै आगामि दिनमा पनि माओवादीलाई जनताको पार्टी बनाउनको लागि सबै जनताको बिचमा आएको बताउनुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेकपा (माओवादी केन्द) का बैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्तीमगरले रोल्पा जिल्लाको विकासका लागि माओवादीले नै नेतृत्वमा भएको बताउँदै विकास केही पनि भएन भनेर प्रचार गर्नेहरुले २०६२ भन्दा अगाडिको रोल्पा र अहिलेको रोल्पालाई हेर्नका लागि अनुरोध गर्नुभयो । माओवादीको विकल्पमा अन्य कुनै राजनीतिक शक्तिले विचार राजनीति नै नरहेको कुरा बताउँदै आमूल परिवर्तनमा माओवादीको प्रमुख श्रेय रहेको बताउनुभयो । रोल्पा नगरपालिका नगरप्रमुख समेत रहनुभएको सुरेन्द्र थापा घर्तीमगरले राजनीतिक हिसावले चेतना माथी उठेका पनि आत्मनिर्भर बन्नका लागि धेरै मेहनत गर्नुपर्ने बतायनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिकाका अभियान संयोजक रेशम पुनमगर, अभियानका कार्यालय तथा सञ्चार विभाग प्रमुख एवं प्रेस सेन्टरका प्रदेस समिति अध्यक्ष मानसिह बिक, नेकपा माओवादिका केन्द्रका प्रदेश समिति सदस्य लालसरी पुन, रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्य, लगायतले माओवादीलाई जनताको पार्टी बनाउनको लागि सबै लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।


यसैगरी नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश परिषद सदस्य भानबहादुर घर्तीमगर (सम्वाद), प्रदेश सल्लाहकार गणसिंह पुनमगर, नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिकाका सचिव मोलङ घर्तीमगर, अखिल नेपाल महिला संघका रोल्पा नगरपाकिला अध्यक्ष देउकला घर्तीमगर, रोल्पा नगरपालिका वडा नं. ६ का अध्यक्ष तुलबहादुर घर्तीमगर, नगरपालिका वडा नं. ६ का इन्चार्ज सोमा घर्ती, शहीद परिवार समाजका प्रतिनिधी सारदा, वडा नं. ७ का वडा सदस्य चुमानसिह पुन, वडा सदस्य धनबहादुर बाठामगर, वडा सदस्य नन्दकुमारी बुढा, १ नं. टोल इन्चार्ज प्रशान्त पुन, २ नं. वडा इन्चार्ज कृष्णराज घर्ती, ३ नं. इन्चार्ज चन्द्रबहादुर पुनमगर, ४ नं. वडा इन्चार्ज तुलबहादुर बिक, ५ नं. वडा इन्चार्ज प्रेम कुमारी चन्द, रोल्पा नगरपालिका वाइसिएलका अध्यक्ष प्रतिमन विक, ७ नं. वडा वाइसिएल अध्यक्ष सुजन घर्तीमगर, अखिल क्रान्तिका अध्यक्ष सुजन घर्ती लगायतको आतिथ्यता रहेको थियो ।


रोल्पा नगरपालिका वडा नं. का अभियान टोलीका संयोजक आइतराम विब पिपलको अध्यक्षतामा भएको कार्यक्रममो सञ्चालन खिमा घर्तीमगरले सञ्चालन गर्नुएको थियो भने स्वागत प्रशान्त पुनमगरले गर्नुभएको थियो । रोल्पा नगरपालिकाले आफ्नो नगरभित्र अभियान तिव्रतामा सञ्चालन गरेको जानकारी गराएको छ ।

े रोल्पाको आयोजनामा स्वागत तथा अन्तरक्रिया सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अनुगमन समितिका सदस्य नारायण अधिकारीले प्रदेश भरी नै अभियानया उत्साह जनक रुपमा सम्पन्न भएको जानकारी गर्दै अब माओवादी पार्टीलाई राजनीतिक, साँगठनिक र बैचारिक रुपमा एकता बद्ध गर्नका लागि अभियानले सफलता प्राप्त गर्ने आधार तयार भएको बताउनुभयो ।

You may also like