लिबाङ नगरपालिका बालमैत्री नगरपालिका बन्दै

याेगेन्दं अनुपम जी‍सी
लिबाङ, रोल्पा
जेठ १ गते २०७३
लिबाङ नगरपालिकालाई दुई वर्षभित्रमा स्थानीय स्वायत्त शासन लागु भएको बालमैत्री नगर घोषणा गरिने भएको छ । लिबाङ नगरपालिका कार्यालय, रोल्पाले आयोजना गरेको बाल अधिकार, बाल श्रम र बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिवसीय अभिमूखिकरणमा यस्तो योजनाको बारे जानकारी गराइएको हो । लिबाङ नगरपालिकाको आयोजनामा विहीबार र शुक्रबार भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
लिबाङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत निमबहादुर के.सी.को अध्यक्षता भएको कार्यक्रममा बाल शोषणको बारेमा नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने, बालमैत्री विद्यालयको बारेमा निमित्त जिल्ला शिक्षा अधिकारी कृष्णचन्द्र पोख्रेलले सहजिकरण गर्नुभएको थियो । यसैगरी बालमैत्री स्थानीय निकायको बारेमा जिल्ला विकास समिति रोल्पाका समामाजिक विकास अधिकृत रत्नज्योती हमाल, बाल अधिकारको बारेमा महिला तथा बालबालिका कार्यालय, रोल्पाकी निमित्त महिला विकास निरिक्षक तारा देवी सुनुवारले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण गर्दै निमित्त जिल्ला शिक्षा अधिकारी कृष्णचन्द्र पोख्रेलले विद्यालय ब्यवस्थापन समितिमा एक छात्र र एक छात्रा वालवालिका सहभागी गराए बालमैत्री विद्यालय निर्माणमा सहयोग पुग्ने बताउनु भयो । कार्यक्रमकी प्रमुख बाल संरक्षक निरीक्षक रुत्नज्योति हमालले बालबालिकाको क्षेत्रमा खर्च हुने गरि न्यूनतम १५ प्रतिशत बजेत छुटाउनु पर्नेमा जोड दिनुभयो । स्थानीथ संरचनामा बालबालिकाको न्यूनतम सहभागिता र बजेत व्यबस्था गर्न बालबालिकाले सरोकारवालासँग आग्रह गरेका छन् । समापन कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली काङ्गे्रसका लिबाङ नगर सभापति चन्द्रप्रकाश आचार्य र सहभागि बालबालिकाको तर्फबाट जिल्ला बाल संजालका कार्यबाहक अधक्ष्य योगेन्द्र अनुपम जि.सी.ले बोल्नुभएको थियो । कार्यक्रममा नगर स्तरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, महिला समूह र बालबालिकाको सहभागिता थियो ।

You may also like