वाइ सि एल रोल्पाले जनतासँग माओवादी अभियानका लागि जिम्मेवारी विभाजन


समाचारदाता
भाद्र ८ रोल्पा लिबाङ


नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानका लागि योङ कम्यूनिष्ट लिग थ्ऋी नेपाल रोल्पा जिल्ला समन्वय समितिले कार्य विभाजन गरेको छ । शुक्रबार राल्पाको लिबाङमा बसेको बैठकबाट जिम्मेवारी बाडफाड गरेको हो ।
नेपाल कम्यूनिष्ट पाटी माओवादी केन्द्र रोल्या जिल्ला संयोजन पुरण के.सी क.(करेन्ट) को प्रमुख आतिथ्यता र थ्ऋी नेपाल केन्द्रीय सदस्यहरु मनोज बुढा (क.बिशाल ), दिपक रोका, सरिता झाँक्री, रोल्पा नगरपालिका वडा नम्बर २ वडा अध्यक्ष प्रकाश डाँगी, अखिल नेपाल खेलकुद महासंघ रोल्पाका इन्चार्ज हिमाल डाँगीको बैठकमा आतिथ्यता रहेको थियो । थ्ऋी नेपाल रोल्पा जिल्ला संयोजक राजेन्द्र प्रकाश वली क.सूर्यको अध्यक्षतामा र सचिव गोविन्द पुनले सञ्चालन गरेको गर्नुभएको थियो ।
बैठकले अयिभानको क्रममा कम्युनिष्ट लिग थ्ऋी नेपालले पार्टीको अभियानमा जोडीएर कम्तिमा १ वडा १०० सदस्य निर्माण गर्ने लक्ष्य लिएर सदस्यता वितरण तथा नविकरण गर्ने र उक्त कार्य हार्डकपी र डिजिटल माध्यमबाट सुचिकृत गर्ने निर्णय गगरेको छ ।
बैठकले ३ महिने अभियानका लागि रोल्पा न.पा. प्रकाश विष्ट, सुनिलस्मृति गा.पा. अविनाश वि.क., लुङ्ग्री गा.पा. दलबहादुर गुरुङ, सुनछहरी गा.पा.निराजन खड्का, थबाङ गा.पा. गोविन्द वली, परिवर्तन गा.पा.व्यापक बुढा, माडी गा.पा भरत के.सी. प्रदेश सदस्य, गंगादेव गा.पा कपिल पुनमगर, त्रिवेणी गा.पा. निराजन घर्ती, रुन्टीगडी गा.पा हिमाल घर्ती, राजेन्द्र प्रकाश वली गंगादेव, सुनछहरी गा.पा.गोविन्द पुन थबाङ गा.पा., परिर्वतन र माडि गा.पा दिपेन्द्र घर्ती, त्रिवेणी र रुन्टीगडी, हिमाल रसाईली
कमान ईन्चार्जको जिमेवारी प्रदान गरेको हो ।
बैठकले केन्द्रीय सदस्य मनोज बुढा (क. बिशाल) र दिपक रोकालाई रोल्पा जिल्ला कमान इन्चार्जको जिम्मेवारी दिएको छ भने रोल्पा न.पा. प्रतिमान वि.क संयोजक, अविनाश वि.क –इन्चार्ज, थबाङ गा.पा. रामकिलाल झाँक्री संयोजक, व्यापक बुढा इन्चार्ज, माडि गा.पा. कपिल पुनमगर इन्चार्जको जिम्मेवारी दिएको केन्द्रीय सदस्य मनोज बुढामगरले जानकारी दिनुभएको छ ।
अभियानकै क्रममा जेष्ठ नागरिक, शहीद परिवार, घाईते अपांग तथा विपन्न परिवारलाई अभिनन्दन गर्ने समेत निर्णय गरेको छ ।

You may also like