नव निर्मित भवन उद्घाटन

पुष ७ गते,
गर्पा रोल्पा     ।


गर्पा सामुदायिक वन उपभोक्ता समूह नगरपालिका ९ गर्पा रोल्पा नवनिर्मात भवनको आज डिभिजन वन कार्यालय रोल्पा डिभिजन वन अधिकृत दधिलाल कडेलले उद्घाटन गर्नुभएको हो । समूहको कार्य सम्पादनमा सहज बन्ने भएको छ ।

उहाँले समूहको नव निर्मित भवन उद्घाटन गर्दै भन्नुभयो,‘गर्पा सामुदायिक वन उपभोक्ता समूहको भवन निर्माण कार्य स्रोतको सदुपयोग र विकास हो ।’ नव निर्मित भवन निर्माण पश्चात् समूहको कार्य सम्पदानमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘विरुवाको हावापानी र ठाउँको पहिचना नगरी वृक्ष रोपन गर्दा धेरै विरुवा नउम्रिएको गुनाँसो छन् । त्यसैले हावापानी र ठाउँको पहिचनाबाट वृक्ष रोपन विरुवाहरु उम्रिन्छन्’ प्रमुख अतिथि कँडेलले भन्नुभयो । वृक्ष रोपन गरिएका विरुवाहरुको स्याहार नपुग्दा पनि धेरै विरुवाहरु उम्रिने हुँदा वृक्ष रोपनका विरुवाको हेरचाहामा ध्यान दिनुपर्ने उहाँले सझाव दिनुभयो । वन समूहको स्रोतको दीगो व्यवस्थापन, हावापानी र ठाउँ सहितका प्राविधिक सहयोगका लागि कार्यालयको तर्फबाट आवश्यक गर्ने डिभिजन वन अधिकृत कडेलले बताउनुभयो ।

उहाँले समूहलाई फाइदा नहुने गरी रुख कटानको कुनै अर्थ छैन, त्यसैले समूहको फाइदाका लागि किउफुट अनुसार रुख कटान गर्नुपर्ने जोड दिनुभयो । वन संरक्षमा धेरै समस्याहरु उत्पन्न भएका छन् । तर, डिभिजन वन कार्यालय, स्थानीयतह, वडा कार्यालय, विभिन्न सरोकारवाला संघ संस्थाहरुसँग समन्वय सहकार्यबाट वन संरक्षणमा देखिएका समस्याहरु अन्त्य हुने धारणा उहाँले व्यक्त गर्नुभयो । डिभिजन वन अधिकृत कडेलले भन्नुभयो,‘उपभोक्ता समूहले वन संरक्षण सहयोग पु¥याउने उपभोक्तालाई सम्मान गर्नुपर्ने र वन संरक्षण्मा अटेर गर्ने उपभोक्ताहरुलाई कारवाहीको विकल्प छैन । त्यसैले सामुदायिक वनको संरक्षणमा उपभोक्ताहरुको विशेष भूमिका रहने भएको हुँदा समूह बीच एकता, सक्रिय बन्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । समूहमा आवद्व उपभोक्ताहरुलाई घर निर्माणका लागि अव्यवस्थित कार्यन्वयनले वन संरक्षणमा चुनौति उत्पन्न भएको अवसथामा अब रुख कटानका समूहबाट गरिने सिफारिस प्रक्रियालाई प्रभावकारी कार्यन्यन गर्नुपर्ने आवश्यकता डिभिजन वन अधिकृत कडेलले औल्याउनुभयो ।
त्यसैगरी कार्यक्रमको अतिथि एवं इलाका स्तरीय सामुदायिक वन सञ्जाल कलष्टर नं. १ रोल्पाको अध्यक्ष खिमबहादुर के.सी.ले सामुदायिक वनको संरक्षणका लागि नै इलाका स्तरीय सामुदायिक वन सञ्जाल सक्रिय भएको बताउनुभयो । वन संक्षणमा प्रत्यक्ष सामुदायिक वन उपभोक्ता समूहहरुले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जोड दिनुभयो ।

सञ्जालमा कलष्टर नं. १ का ४० ओटा सामुदायिक वन उपभोक्ता समूहहरु संलग्न छन्, सञ्जालबाटको नियमिति घुम्ति बैठकबाट सामुदायिक वनको संरक्षणमा टेवा पुगेको समेत के.सी.ले बताउनुभयो । आगामी दिनमा पनि अग्नी नियन्त्रण, वन पैदावार, वन संरक्षण जस्ता विषयहरुमा डिभिजन वन कार्यालय, स्थानीयतह, वडा कार्यालय सहितका अन्य सरोकारवाला निकायहरुले विशेष ध्यान पु¥याउनु पर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा भवन ३ लाख ५० हजार लागनीमा निर्माण भएको समूहको कोषाध्यक्ष ज्ञानबहादुर के.सी.ले बताउनुभयो । हाल समूहको खातामा ४ लाख १९ हजार वचत छ । के.सी.का अनुसार कार्यक्रममा उपभोक्ता समुहको पदाधिकारी, उपभोक्ताहरुको सहभागिगता थियो । गर्पा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष शिवबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको कोषध्यक्ष ज्ञानबहादुर के.सी.ले गर्नुभएकाे थियाे । भने स्वागत समूहकाे सल्लाकार पहलसिङ बुढामगलरले गर्नुभएकाे थियाे ।

You may also like