कोराना भाइरस सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको समीक्षा

१८ गते चैत्र
सुलिचौर–रोल्पा


कोरोना नोभेल कोराना (कोभिड–१९) को विषयमा सुनिल स्मृति गाउँपालिकाले आज सरोकारवालाहरुसँग यस भाइरस सम्बन्धि हालसम्म गरेको कामहरु बारे छलफल रिपोटिङ तथा समीक्षा गरेको छ ।
गाउँपालिका अध्यक्ष घर्तीले नोभेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानलाई अझ प्रभाकारी र नतिजामुखि भएर अघि बढ्ने निर्णय पारित गरेको बताउनुभयो । गाउँपालिका अध्इक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख, साहस नेपालको निमित्त प्रमुख र गाउँपालिकाका कर्मचारहिरुको उपस्थितीमा समिक्षा बैठक सम्पन्न भएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिनुभयाे ।

You may also like