रोल्पामा नेकपाको कोणसभाबाट कांग्रेसका क्षेत्रीयसभापति प्रहरीको नियन्त्रणमा

मानसिंह विश्वकर्मा
रोल्पा २५ साउन
नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले गरेको गिरिफ्तारीको विरुद्धमा पार्टीको आयोजनामा शुक्रबार देशैभरीे विरोधसभा आयोजना गर्ने कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाका घर्तीगाउँ आयोजित विरोध सभा गर्न खोज्दा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीमगर सहित २ जना नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थियो ।


घर्तीगाउँमा विरोध सभा गर्नका लागि जम्मा भएका कार्यकर्ताहरुलाई कार्यक्रम गर्न नदिनका लागि नेकपाका जिल्ला रोल्पा जिल्ला सदस्य एवं माडी गाउँपालिका इन्चार्ज देबहादुर वली ‘दिनेश’, माडी गाउँपालिका जनसरकार प्रमुख सुर्य खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । माडी गाउँपालिका स्तरीय सभा घर्तीगाउँ बजारमा गर्न लाग्दा प्रहरीले नियन्त्रण लिएको थियो । उहाँहरुलाई सामान्य सोधपुछ र केन्द्रीय निर्देशन अनुसार नियन्त्रणमा लिएको इलाका प्रशासन कार्यालयका प्रमुख राममणी काफ्लेले बताउनुभयो । नेकपा दाङ जिल्लाका सचिवालय सदस्य संन्दीप वलीले आफूहरुले शान्तिपूर्ण कार्यक्रम गर्नका लागि रहेको बेलामा प्रहरीले दमन गरेकोमा खेद प्रकट गर्नुभएको छ । यस्तै नेकपा रोल्पाका जिल्ला सेक्रटरी सन्तोष सुवेदीले आफ्ना कार्यकर्ताहरुले जनताको पक्ष र सरकारले गरेको विकृति, विसंगतिका विरुद्धमा साथै पार्टी प्रवक्ताकोलाई गरिएको गिरिफ्तारीको विरुद्धमा गर्न खोजिएको शान्तिपूर्ण विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको विरोध गर्नुभएको छ । सुवेदीद्वारा शुक्रबार जारी विज्ञप्तीमा सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न खोज्दा पनि हस्तक्षेप गर्दै जाने हो भने भ्रष्ट, ढलाल सरकारको विरुद्धमा जस्तो सुकै कडा संघर्ष पनि गर्न सक्ने चेतावनी दिनुभएको छ ।
यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीमगरले आफूहरुले पनि गाउँपालिकाले गरेको दोहोरोकर प्रणाली, परिचय पत्र, महंगी लगायतको विरुद्धमा आफ्ना धारणा लाग्नका लागि नेकपाले अनुरोध गरेपछि आफू पनि कार्यक्रममा सहभागि भएको बताउनुभयो । आफ्नो गिरिफ्तारीको बारेमा घर्ती भन्नुभयोः–“ हामीले पनि गाउँपालिका बृद्धी गरेको कर, महंगी लगायतको विरुद्धमा हाम्रो धारणा राख्ने कार्यक्रम हुँदा म पनि कार्यक्रम सहभागी भएको थिए मलाई पनि लग्यो ६ घण्टापछि छोड्यो ।” कार्यक्रम गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम गर्न सकेनन् ।

You may also like