त्रिवेणी गाउँपालिकाको प्रथम चौमासिक समीक्षा सम्पन्न


रोल्पा समाचारदाता
मंसिर २४ गते

This image has an empty alt attribute; its file name is tirbenti-1024x498.jpg


त्रिवेणी गाउँपालिका रोल्पाको प्रथम चौमासिक प्रगति समिक्षात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी ,वडा न ५ का वडा अध्यक्ष कृष्णबहादुर केसी ,वडा न ६ का वडा अध्यक्ष लेखमणि डाँगी, वडा न ४ का वडा अध्यक्ष भिम बहादुर खत्री ,वडा न ७ का वडा अध्यक्ष भानबहादुर घर्ती लगाएतको उपस्थिति रहेको थियो ।
गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले चालू आर्थिक बर्ष २०७७र०७८को श्रावण देखि कात्तिकसम्म यस गाउँपालिकामा भएका बिकासात्मक गतिविधिहरुको समीक्षा भएको छ भने बाँकी बिकासात्मक कार्यहरुलाई आगामि दिनहरुमा कार्ययोजना बनाएर कार्यहरु थालनी गरिने समेत बताउँनु भयो ।
चौमासिक प्रगति समीक्षा कार्यक्रमको प्रगति प्रतिवेदन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले प्रस्तुत गर्दै आर्थिक बर्ष शुरु भए देखिका कार्यहरु सम्पन्न भएको कार्य, सम्पन्न हुन बाँकी काम, प्रगति विवरण, प्रगति हुन वाँकी समस्या, चुनौतीका बारेमा छलफल गरिउको थियो ।
यस गाउँपालिकामा चौमासिक प्रगति समिक्षा कार्यक्रम राखिएको प्रमुख प्रशाशकीय निमबहादुर केसीले बताउनुभयो भने समिक्षात्मक कार्यक्रममा ७ वटै वडाका वडा सचिवहरु र गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुखहरुले चार महिना भित्रमा गरेको प्रगति विवरणहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कानुन शाखाका प्रमुख प्रेम प्रकाश पुनले गर्नु भएको थियोे । कार्यक्रमको सन्चालन प्रशासन अधिकृत हेमराज उपाध्यायले गर्नु भएको त्रिवेणी गाउँपालिकाका प्रेस संयोजक प्रतिज्ञा विएमले जानकारी दिनुभएको छ ।

You may also like