जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा सार्वजनिक सुनवाई

जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा सार्वजनिक सुनवाई


This image has an empty alt attribute; its file name is p3.jpg

रेशम बि.क.
१ असोज, लिबाङ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले आज सार्वजनिक सुनवाइ कार्यक्रम लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगर, विशिष्ट अतिथि रोल्पा नगरपालिका र प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, ग्रामीण सडक सञ्जाल सुधार कार्यालय रोल्पाका प्रतिनिधि हेमन्त खत्री लगायतक अतिथिहरुले मनतव्य राख्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदिले जिल्ला प्रहरी कार्यालय रोल्पाबाट भए गरेका कार्य र सेवा प्रवाह सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले जिल्लामा पछिल्लो समय आत्महत्या, बालबिबाह, लागु पदार्थ ओसार पसार, सम्बन्ध बिच्छेद लगाएतका घट्ना डर लाग्दो अबस्थामा बढ्दै गएको हुदा यस्ता घट्नालाई न्युनिकरण गर्न प्रहरीले मात्रै नसक्ने भएको हुदा यसलाई न्युनिकरण गर्नको लागी सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is p2.jpg

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाकी पार्टी प्रवक्ता कविता उपाध्याय, राप्रपा रोल्पाका सल्लाहकार गोबिन्द बलामी, एकिकृत समाजवादी पर्टीका प्रतिनिधि टंक बुढा मगर, राष्ट्रिय जनमोर्चा रोल्पाका सल्लाहकार के.वी थापा, रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, निमार्ण व्यवसायी संघ रोल्पाका अध्यक्ष मान बहादुर खत्री, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष केशव कुमार आचार्य, होटल व्यवसायी रोल्पाका अध्यक्ष गन बहादुर घर्तीमगर लगाएको आतिथ्यता रहेको थियो ।
साथै कार्यक्रममा सहभागिहरुले रोल्पा जिल्लामा चुनौतिको रुपमा रहेको आत्महत्या, बालबिबाह, लागु पदार्थ दुव्र्यसन, लागू औषध ओसार पसार, सम्बन्ध विच्छेद, विकास निमार्ण, कार्यालयबाट हुने सेवा प्रवाह, यातायात क्षेत्रलाई व्यवस्थित विषयमा धारणा व्यक्त गरेका थिए । बोल्ने व्यक्ताहरुले जिल्लामा पछिल्लो सयय आत्महत्या, बालबिबाह, लागू पदार्थ दुव्र्यसन, लागू औषध ओसार पसार, सम्बन्ध विच्छेद लगायतका समस्या जिल्लाको समस्याको रुपमा भएकोले यस्ता विकृतिहरुलाई न्युनिकरण गर्न सबै एक भएर लाग्नु पर्नेमा आवश्यकता औल्याएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले गर्नुभएकोथियो भने स्वागत प्रहरी निरीक्षक कृष्ण रानाले गर्नुभएको थियो ।

You may also like